13/04/2026
भोलि गरिब हुनु नै अ'पराध हो भन्न तपाईंलाई कति बेर लाग्ला र? गृहमन्त्रीज्यू: रक्षा बम 🤔
जेन्जी रक्षा बम लेख्छिन्, "फिल्मी लाइनहरू फिल्मका लागि लेखिएका हुन्छन्, यथार्थमा जीवन भनेकै सं*घर्ष हो। आर्थिक हैसियतका हिसाबले कसैले बाँचिरहेको जीवन नै ग*लत हो भन्न मिल्दैन।
आज हाम्रो देशका २०% भन्दा बढी जनता गरिबीको रेखामुनि छन्, र तपाईंको जस्तो आर्थिक हैसि*यत बनाउने अवसर राज्यले धेरै कम मा*निसलाई दिएको हुन्छ। गरिब देशका धेरै जनताका लागि उच्च आर्थिक हैसियत बनाउने कुरा सपना जस्तै हुन्छ। जनताको आर्थिक हैसियत आजै समृद्ध बनाउन न यो राज्यका स्रो*तको सीमितताका कारण सम्भव छ, न तपाईंहरूसँग यसको यथार्थपरक योजना नै छ।
जनतालाई नै ग*लत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर नै तपाईंहरूले यो अवसर पाउनुभएको हो। आज गरिब भएर म'र्नु गल्ती हो भन्ने हो भने, भोलि गरिब हुनु नै अ'पराध हो भन्न तपाईंलाई कति बेर लाग्ला र? आफ्नो आर्थिक हैसियत उच्च बनाउन नसक्नेहरूलाई ‘ग'लत’ को संज्ञा दिनु तपाईंको पदीय मर्यादावि'परीत हो। बेलैमा सचिनुस्।😲