17/08/2026
प्रधानमंत्री फसल बीमा योजना (PMFBY) २०१६ अन्तर्गत पश्चिम बंगालका किसानहरूका लागि खरीफ (Kharif) मौसमको बाली बीमा दर्ता प्रक्रिया सुरु भइसकेको छ।
इच्छुक किसानहरूले आफ्नो बाली नोक्सानीको जोखिमबाट बच्नका लागि ३१ अगस्ट २०२६ सम्ममा आवेदन दिइसक्नुपर्नेछ।
बाली बीमा सम्बन्धी महत्त्वपूर्ण सूचनादर्ता गर्ने अन्तिम मिति:३१ अगस्ट २०२६
आवश्यक कागजातहरू:आधार कार्ड (Aadhaar Card)मतदाता परिचय पत्र (Voter ID)जग्गाको कागज (खतियान/पर्चा) वा भागचियासी (Sharecropper) भए सम्झौता पत्रबैंक पासबुकको पहिलो पानाको प्रतिलिपि (जसमा खाता नम्बर र IFSC कोड स्पष्ट होस्)बाली रोपेको स्वघोषणा पत्र (Sowing Certificate)
आवेदन प्रक्रिया:१. अनलाइन माध्यम: किसानहरूले स्वयं वा नजिकैको साझा सेवा केन्द्र (CSC - Common Service Centre) मा गएर आधिकारिक पोर्टल मार्फत आवेदन दिन सक्नेछन्।
२. अफलाइन माध्यम: आफूसँग सम्बन्धित बैंक शाखा, कृषि सहकारी संस्था वा स्थानीय कृषि कार्यालय (Krishi Bikash Kendra) मा सम्पर्क गरेर आवेदन फारम बुझाउन सकिनेछ।
नोट: प्राकृतिक प्रकोप, खडेरी वा किराको प्रकोपबाट हुने नोक्सानीको उचित क्षतिपूर्ति पाउनका लागि सबै किसानहरूलाई समयमै आफ्नो बालीको बीमा गर्न अनुरोध गरिन्छ।
थप जानकारीका लागि सम्पर्क सूत्रसम्पर्क केन्द्र: साझा सेवा केन्द्र (CSC Centre)
सम्पर्क नम्बर: +91 (7908670374)
अन्तिम मिति: ३१ अगस्ट २०२६.