17/05/2026
प्रिय सहयोगी मनहरू, नमस्कार 🙏❤️
आर्थिक सहयोग संकलन रोकिदिनुहुन विनम्र अनुरोध
😥 मन भारी बनाउँदै एउटा अत्यन्त महत्वपूर्ण जानकारी गराउन चाहन्छौं।
नेपालका चिकित्सकहरूको सल्लाह–सुझाव अनुसार बोनम्यारो सम्बन्धी जटिल रोगको जतिसक्दो छिटो उपचार गर्नुपर्ने भएकाले बाबु सुमितलाई थप उपचारका लागि इन्डियाको नयाँ दिल्लीस्थित Sir Ganga Ram Hospital मा लगिएको थियो।
तर त्यहाँ पुगेर विभिन्न चेकजाँच तथा चिकित्सकहरूसँग परामर्श गर्दा बाबु सुमितको उमेर अझै धेरै सानो भएको कारण रोग जटिल अवस्थामा रहे पनि तत्काल ठूलो उपचार प्रक्रिया अगाडि बढाउन नमिल्ने जानकारी प्राप्त भएको छ।
यो खबरले परिवारलाई झनै गहिरो पीडा दिएको छ। समयमै उपचार गरेर बाबु सुमितलाई सञ्चो बनाउने हाम्रो सपना अझै केही वर्ष कुर्नुपर्ने अवस्था आएको छ। 😢
साथै आवश्यक विभिन्न जाँच तथा रिपोर्टहरू आउन अझै केही समय लाग्ने भएकाले हाललाई तत्कालका लागि आर्थिक सहयोग संकलन रोकिदिनुहुन सम्पूर्ण सहयोगी मनहरूमा हात जोडेर विनम्र अनुरोध गर्दछौं। 🙏
थप रिपोर्टहरूको अवस्थाबारे पुनः जानकारी गराइनेछ।
हालसम्म देश–विदेशबाट माया, विश्वास र सद्भावका साथ जुटेको सम्पूर्ण सहयोग रकम पछि बाबु सुमितकै उपचारमा खर्च गरिनेछ। तत्काल उपचार प्रक्रिया सुरु हुन नसकेको कारण हाललाई उक्त रकम बिरामीकै सहयोगी खातामा सुरक्षित रूपमा जम्मा राखिएको जानकारी गराउन चाहन्छाै ।
हामी दुःख र निराशाको घडीमा रहेका बेला चिनेर–नचिनेर साथ दिनुहुने प्रत्येक सहयोगी हात हाम्रो लागि भगवानसरह बन्नुभएको छ। तपाईंहरूले देखाउनुभएको माया, प्रार्थना, सहयोग र मानवता शब्दमा व्यक्त गर्न सकिनेभन्दा धेरै ठूलो छ। ❤️🙏
प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, प्रार्थना र हौसला प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरू प्रति हृदयदेखि धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं। 🙏❤️