11/09/2024
सबै जना साथि हरुले तलको फोटो मा छोएर लाईक कमेन्ट अनि शेयर गरि सहयोग गरिदिनु होला धन्यवाद ।
CONTESTANT 214
असिम चोखाल
बे.न.पा.-९, म्याग्दी
म्याग्दी विभिन्न प्राकृतिक सौन्दर्य र पर्यटक स्थानहरुले भरिपुर्ण जिल्ला हो, त्यसमध्ये अन्नपुर्ण फर्स्ट नर्थ बेस क्याम्प(Annapurna First North Base Camp) पनि एक मनमोहक र लोभलाग्दो पर्यटक स्थान हो।
अन्नपूर्ण बेस क्याम्पसम्मको पदयात्रा छोटो र रोमाञ्चक पदयात्राको मार्ग हो।
समुन्द्री सतहबाट ८ सय २० मिटर उचाइमा रहेको पोखराबाट सुरू गर्न सकिने यो पदयात्रा ४ हजार १ सय ३० मिटर उचाइको अन्नपूर्ण बेस क्याम्प पुगेर टुंगिन्छ।
जहाँबाट ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल, ६ हजार ९ सय ९३ मिटर अग्लो माछापुच्छ्रे हिमालका साथै ७ हजार २ सय १९ मिटर अग्लो अन्नपूर्ण साउथ र ७ हजार ५ सय ५५ मिटर अग्लो अन्नपूर्ण थर्ड देख्न सकिन्छ।
तपाईंसँग यदि एक साताको समय छ भने यो पदयात्राका लागि प्रयाप्त हुन्छ। पहिलो दिन पोखराबाट तातोपानी सम्मको यात्रा गर्न सकिन्छ। बेलुका तातोपानी कुण्डमा डुब्दा विभिन्न किसिमको रोगहरु निको हुने गर्द्छ। बिहान ABC को यात्रामा निस्किदा हुमखोला सम्म गाडिको यात्रा गर्न सकिन्छ । हुमखोलानै अन्तिम होटेल रहेको छ। हुमखोलाबाट करिब 1.5 घण्टा माथि लोकप्रिय फुतफुते झरना छ। त्यहाबाट बिचबिछ मा Camp छन। खोलाको छ्याङ्छ्याङ आवाज, पहाडको सुस्केरा,चराहरुको सुमधुर आवज संगै ABC को यात्रा गर्न सकिन्छ