20/08/2026
हार्दिक बधाई तथा शुभकामना 🙏
आदरणीय किरण थापा ज्यु,
वडाध्यक्षबाट सुरु भएको हजुरको जनसेवाको यात्रा बागमती प्रदेशको स्वास्थ्य मन्त्री हुँदै मुख्यमन्त्रीको जिम्मेवारीसम्म आइपुग्नु सूर्यविनायक उद्योग वाणिज्य संघका लागि मात्र नभई सम्पूर्ण सूर्यविनायकवासी तथा बागमती प्रदेशवासीका लागि गर्वको विषय हो।
करिब ३० वर्षको सामाजिक तथा राजनीतिक संघर्ष, निरन्तर जनसेवा, समर्पण र अनुभवको प्रतिफलस्वरूप प्राप्त यस महत्वपूर्ण जिम्मेवारीका लागि हजुरलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
हजुरको नेतृत्वमा बागमती प्रदेशमा उद्योग, व्यापार, व्यवसाय, रोजगारी, लगानी, सुशासन र आर्थिक विकासले नयाँ गति प्राप्त गर्नेछ भन्ने हाम्रो विश्वास छ।
सूर्यविनायकको विकास र समृद्धिका लागि हजुरले देखाउनुभएको प्रतिबद्धता अब सम्पूर्ण बागमती प्रदेशको विकासमा अझ फराकिलो रूपमा प्रतिबिम्बित होस् भन्ने अपेक्षा गर्दछौँ।
हजुरको कार्यकाल सफल, उपलब्धिमूलक र ऐतिहासिक बनोस्।
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🙏🇳🇵
— सूर्यविनायक उद्योग वाणिज्य संघ