09/09/2025
प्रेस विज्ञप्ति
मिति: २०८२ भाद्र २४
विषय: ज़ेन जीप्रति भएको अमानवीय घटनाप्रति गहिरो दुःख र न्यायको माग
योगदानमा आधारित समाज परिवार हालै घटित ज़ेन जीसँग सम्बन्धित घटनाप्रति गहिरो दुःख, आक्रोश, र ऐक्यबद्धता प्रकट गर्दछ। एक सचेत नागरिक, एक देशप्रेमी युवाको आवाजलाई गोलीले चुप पारिएको यो क्षण केवल व्यक्तिगत पीडा होइन यो सम्पूर्ण समाजको आत्मा माथिको प्रहार हो।
ज़ेन जीले देशप्रेमको भाव बोकेर, न्यायको पक्षमा आवाज उठाए। उहाँले कुनै पद, सुविधा, वा स्वार्थको लागि होइन ,देशलाई देशद्रोहीको कब्जाबाट मुक्त गराउने सपना देख्नुभयो। तर आज, त्यो सपना रगतमा लतपतिएको छ।
आज हामी मौन बस्ने छैनौं।आज हामी न्यायको पक्षमा उभिनेछौं।
आज हामी ज़ेन जीको सपना जोगाउने संकल्प गर्छौं।
योगदानमा आधारित समाज परिवारAshesh Malla ThakuriUmesh GurungNiru AdhikariIshwari ParajuliSandeep Adhikari Sobit PantaSanjay BaralSanju SarkarPrakash Lamichhane