Easy Khoj Sagarmatha Group

Easy Khoj Sagarmatha Group Giver's Gain

आदरणीय Founder/CEO सर,तपाईंलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवनको यो विशेष दिनमा तपाईंको सुस्वास्थ्...
14/06/2026

आदरणीय Founder/CEO सर,

तपाईंलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवनको यो विशेष दिनमा तपाईंको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा निरन्तर प्रगतिको कामना गर्दछु।

तपाईंको दूरदर्शी नेतृत्व, सकारात्मक सोच र अथक मेहनतका कारण Easy Khoj आज सयौ सदस्यहरूको विश्वास र अवसरको साझा प्लेटफर्म बन्न सफल भएको छ। तपाईंले देखाउनुभएको मार्गदर्शन र प्रेरणाले हामी सबैलाई व्यक्तिगत तथा व्यावसायिक रूपमा अघि बढ्न ऊर्जा प्रदान गरेको छ।

आगामी दिनहरूमा पनि तपाईंको नेतृत्वमा Easy Khoj अझ उचाइमा पुग्दै जाओस्, नयाँ सफलता हासिल गरोस् र समाजमा अझ सकारात्मक प्रभाव सिर्जना गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।

जन्मदिनको यस शुभ अवसरमा पुनः हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।

Easy Khoj business group चितवन family

सगरमाथा ग्रुपका पदाधिकारीज्यू तथा सदस्य साथीहरूमा नमस्कार।डिस्ट्रिक कमिटीको आयोजनामा आगामी आइतबार संयुक्त (Combined) मिट...
12/06/2026

सगरमाथा ग्रुपका पदाधिकारीज्यू तथा सदस्य साथीहरूमा नमस्कार।

डिस्ट्रिक कमिटीको आयोजनामा आगामी आइतबार संयुक्त (Combined) मिटिङ सञ्चालन हुने जानकारी पहिला नै गराइको छ। कार्यक्रममा सम्पूर्ण साथीहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु र
सहभागी हुने सदस्यहरूको नामावली टिपाउनु हुन अनुरोध गर्दछु।

मिति: ३१/०२/२०८३ आइतबार
समय: बिहान ७:०० -१०.०बजे
स्थान: चितवन विजनेस
होटल(पारस बसपार्क)

धन्यबाद!!!

🌟 Easy Khoj Business Group Pvt. Ltd. 🌟को तेस्रो वार्षिकोत्सव समारोह, जिल्ला समिति निर्वाचन तथा नेतृत्व गठन कार्यक्रम वैश...
12/05/2026

🌟 Easy Khoj Business Group Pvt. Ltd. 🌟
को तेस्रो वार्षिकोत्सव समारोह, जिल्ला समिति निर्वाचन तथा नेतृत्व गठन कार्यक्रम वैशाख २८ गते भव्य रूपमा CMT Resort मा सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं ।

उक्त कार्यक्रममा सम्पूर्ण सदस्यहरूको उत्साहजनक सहभागिता तथा लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ जिल्ला समिति चयन गरिएको छ ।

🏆 सर्वाधिक मत प्राप्त गर्दै जिल्ला अध्यक्ष पदमा निर्वाचित हुनु भएका
🔹 श्री हरि राज पोखरेल Hari Raj Pokhrel
(सदाबहार UPVC उद्योग)

त्यसैगरी नवगठित कार्यसमितिमा निर्वाचित पदाधिकारीहरू:

🔹 उपाध्यक्ष – परशुराम आचार्य Parashuram Acharya
(नारायणी सप्लायर्स)

🔹 सचिव – मेघनाथ बराल Meghanath Baral
(जगदम्बा सेल्स पोइन्ट)

🔹 कोषाध्यक्ष – देवेन्द्र न्यौपाने
(KD Aluminium & UPVC)

🔹 सह-सचिव – पुजन कोइराला Pujan Koirala
(Shubham Hotel & Hospitality)

नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं । 🎉

साथै कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

🙏 Easy Khoj Business Group Pvt. Ltd. 🙏

“Top 5 Wins ✔️तपाईंको भोट, तपाईंको शक्ति!”
05/05/2026

“Top 5 Wins ✔️
तपाईंको भोट, तपाईंको शक्ति!”

🔥 Easy Khoj Networking & District Election Programme 🔥व्यवसायी मित्रहरूका लागि सुनौलो अवसर! 🌟आउनुहोस्—जोडिनुहोस्, सिक्नु...
05/05/2026

🔥 Easy Khoj Networking & District Election Programme 🔥
व्यवसायी मित्रहरूका लागि सुनौलो अवसर! 🌟
आउनुहोस्—जोडिनुहोस्, सिक्नुहोस्, नेतृत्व गर्नुहोस् र सँगै बढौँ।
🤝 नयाँ सम्बन्ध बनाउने
📈 व्यवसाय विस्तार गर्ने
🚀 नयाँ अवसरहरू खोज्ने
🏆 जिल्ला स्तरको नेतृत्वमा सहभागी हुने
📅 मिति: 28 बैशाख
📍 स्थान: CMT Resort
⏰ समय: दिउँसो 3:00 बजे देखि
💰 दर्ता शुल्क: Rs. 1000 (डिनर सहित 🍽️)
⚠️ सीमित सिट—आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्!
👉 तपाईंको उपस्थिति नै परिवर्तनको सुरुवात हो।
Be Present. Be Active. Be a Leader.
🔖 Hashtags:

02/05/2026

🔥 विशेष आह्वान तथा हार्दिक आमन्त्रण 🔥
Easy Khoj Businesses Group, चितवन जिल्ला समितिको आयोजनामा हुन गइरहेको
बृहत संयुक्त कार्यक्रम (चितवनका सबै समूहहरूको सहभागिता) मा
समूहका सम्पूर्ण सदस्य साथीहरूलाई हार्दिक आमन्त्रण 🙏
✨ आपसी चिनजान
🤝 सम्बन्ध विस्तार
🚀 सहकार्यको नयाँ अवसर
🗳️ निर्वाचनपूर्व भावी योजना प्रस्तुति
📊 हालसम्मका कार्यहरूको समीक्षा
👉 तपाईंको उपस्थितिले नै कार्यक्रम सफल हुन्छ!
📍 स्थान: होटल शुभम्
📅 मिति: २०/०१/२०८३, आइतबार
💥 एकता बल हो – हामी सबै एउटै परिवार!
🤝 Givers Gain | We Are One
🔖 Hashtags (viral boost)

यस ग्रुप बाट easykhoj Corporate group ma जानुभएका corporate member Janak Poudel sir लाई जन्मदिनको हार्दिक शुभकामना 🎂सदा ...
27/04/2026

यस ग्रुप बाट easykhoj Corporate group ma जानुभएका corporate member Janak Poudel sir लाई जन्मदिनको हार्दिक शुभकामना 🎂
सदा स्वास्थ्य, खुशी र सफलता प्राप्त होस्। Happy Birthday! 🎉

20/04/2026
🌸 प्रिय साथी,तपाईंहरूको पहिलो वैवाहिक वर्षगाँठको हार्दिक शुभकामना। 💐यो एक वर्षको साथ, माया, विश्वास र समझदारीले भरिएको य...
20/04/2026

🌸 प्रिय साथी,
तपाईंहरूको पहिलो वैवाहिक वर्षगाँठको हार्दिक शुभकामना। 💐
यो एक वर्षको साथ, माया, विश्वास र समझदारीले भरिएको यो सुन्दर यात्रा अझै उज्यालो बन्दै जाओस्।
आगामी दिनहरूमा जीवन सधैं खुशी, सफलता र प्रेमले भरिपूर्ण रहोस् भन्ने कामना गर्दछौँ।
सुखद, समृद्ध र दीर्घ दाम्पत्य जीवनको शुभकामना। ❤️
— EasyKhoj Business Group परिवार

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Easy Khoj Sagarmatha Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share