Naya jankari

Website

Naya jankari News & Media

आन्तोन चेखभको लोकप्रिय एकाङ्की ‘द स्वान सङ’ को नेपाली रूपान्तरण ‘अन्तिम गीत’ महेश पौड्यालको अनुवाद र नवराज बुढाथोकीको नि...
12/10/2026

आन्तोन चेखभको लोकप्रिय एकाङ्की ‘द स्वान सङ’ को नेपाली रूपान्तरण ‘अन्तिम गीत’ महेश पौड्यालको अनुवाद र नवराज बुढाथोकीको निर्देशनमा काठमाडौँको मञ्चनपश्चात विराटनगरमा मञ्चन हुन गइरहेको छ। शैली थिएटरको प्रस्तुति र रुसी सदनको साझेदारी एवम् आरोहण गुरुकुल, विराटनगरको सहकार्यमा उक्त नाटक मञ्चन हुँदैछ।

मिति र समयः- २०८३ साल असोज २८ गते (अपरान्ह ५ः०० बजे) र २९ गते (अपरान्ह १ः०० र ५ः०० बजे)
स्थानः- सुशीला कोइराला नाटकघर, आरोहण गुरुकुल, विराटनगर ८, हाटखोला
टिकट दरः- रु.३००, ५०० र १,०००।

थप जानकारी तथा टिकट बुकिङ्का लागि सम्पर्क नं.: ९८४२०३११०७, ९८११०९०९२७, ९८४२०६९१२९

पर्यटन प्रवर्द्धनमा जुटे लेटाङका प्रहरी निरीक्षक सागर शाह, बजारमा राखिए पर्यटकीय होर्डिङ बोर्ड
12/10/2026

पर्यटन प्रवर्द्धनमा जुटे लेटाङका प्रहरी निरीक्षक सागर शाह, बजारमा राखिए पर्यटकीय होर्डिङ बोर्ड

11/10/2026

विराटनरमा रहेको कालीमन्दिरको रात्रिकालीन दृश्य🙏🏻🌺

फलाकु खोलामा सेनाले जडान गर्‍यो ४० टन क्षमताको पुलनुवाकोट र रसुवाको सिमानास्थित बेत्रावतीको फलाकु खोलामा नेपाली सेनाले ४...
11/10/2026

फलाकु खोलामा सेनाले जडान गर्‍यो ४० टन क्षमताको पुल
नुवाकोट र रसुवाको सिमानास्थित बेत्रावतीको फलाकु खोलामा नेपाली सेनाले ४० टन भारवहन क्षमताको एक्रो ब्रिज जडान गरेको छ। पुल सञ्चालनमा आएसँगै स्थानीयको आवतजावत र बाढी प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी सहज हुने भएको छ।

विभागीय टोली नेपाल पुलिस क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ...
11/10/2026

विभागीय टोली नेपाल पुलिस क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित प्रस्तावित रंगशालामा सम्पन्न फाइनलमा झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

🚨 **बुढीगण्डकी बाढीः शिशु र विदेशी नागरिकसहित ३६ जनाको उद्धार**गोरखाको बुढीगण्डकी नदीमा आएको ठूलो बाढीबाट प्रभावितहरूको ...
11/10/2026

🚨 **बुढीगण्डकी बाढीः शिशु र विदेशी नागरिकसहित ३६ जनाको उद्धार**

गोरखाको बुढीगण्डकी नदीमा आएको ठूलो बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका ४ वटा हेलिकोप्टर परिचालन गरिएको छ। हेलिकोप्टर र स्थलमार्गबाट खटिएको फौजले हालसम्म ३६ जनाको उद्धार गरेको छ। अन्य सुरक्षा निकायसँगको समन्वयमा खोज तथा उद्धार कार्य जारी छ।

#बुढीगण्डकी #गोरखा #बाढी #नेपालीसेना #उद्धारकार्य

साम्पाङले फेसबुकमा लेखेका छन्, “भोटेकोशीपछि बुढीगण्डकी यो प्रकोप अब प्राकृतिक जस्तो लाग्न छोड्यो ! यो षड्यन्त्र हुन सक्छ...
11/10/2026

साम्पाङले फेसबुकमा लेखेका छन्, “भोटेकोशीपछि बुढीगण्डकी यो प्रकोप अब प्राकृतिक जस्तो लाग्न छोड्यो ! यो षड्यन्त्र हुन सक्छ ! जियो.पोलेटिक्स बिग्रेर भएको हुन सक्छ !”

बुढीगण्डकीमा आएको अप्रत्याशित बाढीपछि हर्क साम्पाङको विवादित स्टाटस! सांसद महावीर पुनको कडा जवाफले सामाजिक सञ्जालमा चर्च...
11/10/2026

बुढीगण्डकीमा आएको अप्रत्याशित बाढीपछि हर्क साम्पाङको विवादित स्टाटस! सांसद महावीर पुनको कडा जवाफले सामाजिक सञ्जालमा चर्चा। प्राकृतिक विपत्तिका बेला अपुष्ट दाबी होइन, तथ्य र जिम्मेवार अभिव्यक्ति आवश्यक!

#हर्कसाम्पाङ #महावीरपुन #बुढीगण्डकी #प्राकृतिकविपत्ति #नेपालराजनीति

11/10/2026

बुढीगण्डकी नदीमा एक्कासि आएको भीषण बाढीले गोरखाको सोतीस्थित पुल बगाएको छ। उपल्लो क्षेत्रमा वर्षा नभए पनि आएको ठूलो बाढीले आसपासका गाउँबस्तीमा समेत क्षति पुर्‍याएको छ। बाढी आउनुको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

#बुढीगण्डकी #गोरखा #भीषणबाढी #सोतीपुल #बाढीपहिरो #नेपालसमाचार

इटहरीमा ब्राउन सुगरजस्तो पदार्थसहित १९ वर्षीय युवक पक्राउ
11/10/2026

इटहरीमा ब्राउन सुगरजस्तो पदार्थसहित १९ वर्षीय युवक पक्राउ

Address

Biratnagar Metropolitian City
Biratnagar

Alerts

Be the first to know and let us send you an email when Naya jankari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share