08/05/2024
मातृदेवो भव। हरेक सन्ततिलाई ९ महिना सम्म गर्भमा राखेर अनेक दुःखकष्ट सहँदै जन्माई, हुर्काई सक्षम बनाउने आमा साक्षात् सृष्टिकर्ता, ईश्वर हुन्, आमा ममताकी खानी, स्नेहकी सागर र वात्सल्यकी आकाश हुन्। सन्तानका लागि आमा धर्ती हुन्, माया र प्रेरणाकी प्रतिमूर्ति हुन्।
मातातीर्थ ओँषीको शुभकामना। आमालाई माया गरौं।