Plumber unity urlabari

Plumber unity urlabari Plumbing कार्य गर्दा हामिलाइ सम्जिनु होला?

29/03/2021

सानो भूगोल भएपनि उर्लाबारीमा साना ठूला गरी १३ वटा खेलमेदान रहेका छन्। तर, ती खेल मैदानको उचित संरक्षण र स्तरोन्नत....

14/02/2021

झापा प्राबिधिक शिक्षालय ले आयोजना गरेको शिपमुलक तालिम जुनियर पलम्बर को परिक्षा 2077-11-09 गते हुने जानकरी सम्पुर्ण विद्यार्थीहरु लाई गराउदै परिक्षाको अग्रिम शुभकामाना ।

18/01/2021
18/01/2021

बास्तोलाको शंकास्पद मृत्यु, प्रहरी नै शंकाको घेरामा

उर्लाबारी/ एक महिना अघि मृत भेटिएका उर्लाबारीका एक व्यक्तिको परिवारले किटानी जाहेरी दिंदापनि प्रहरीले छानबिनमा तादरुकता देखाएको छैन । उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोला गत पुष ४ गते शंकास्पद अवस्थामा मृत भेटिएका थिए । साथीहरुको डेरामा गएका व्यक्ति मृत भेटिएका र उनीसंगै रहेका तीन जना साथीहरुको भूमिका शंकास्पद देखिएपनि प्रहरीले कुनै छानविन अघि बढाएको छैन ।

बास्तोला परिवारले घटना भवितव्य नभइ हत्या नै भएको जनाएका छन् । घटनामा संलग्न भनिएका उर्लाबारी–६ बस्ने रिकेस सिवा भनिने राकेश दर्जी, दिपेश पौडेल, पप्पु भनिने राजेश रणपहेली पक्राउ परेपनि केहिदिन पछि नै थुनामुक्त भएका छन् ।

उनीहरु लाई मुद्धा चलाएर अदालती प्रकृयाबाट न्याय निरुपण गर्नुपर्नेमा त्यतिकै छोडिदिएपछि उर्लाबारी प्रहरी शंकाको घेरामा परेको हो । घटनाको बारेमा जानकारी माग्दा पीडित पक्षलाई प्रहरी निरीक्षक उद्धव पोखरेलले उल्टै थर्काउने गरेको मृतककी बहिनी दुर्गा बास्तोलले बताइन् ।

कसैको फोन आएर दिउसो १ बजे घरबाट उर्लाबारी चौक पूर्व गएको त्यसपछि आफ्नो छोरा सदाका लागि बिदा भएको मृतकका बुवा प्रेम बास्तोलाको भनाई छ । उनका अनुसार साथीहरु संगै बसेर मादक पदार्थ सेवन गरेको भनिएपनि परिवारलाई मृत्युको जानकारी नदिई शव अस्पताल पुर्याएका थिए ।

१२ घण्टापछि मात्रै परिवारले घटनाबारे जानकारी पाउनु, स्थानीय गोदावरी अस्पतालमामृतकको शव हुँदाहुदै मावा खोलामा लास छ भनेर ढाट्नेजस्ता कार्य भएकोले घटना शंकास्पद रहेको बुझाइ बास्तोला परिवारको छ ।

उनीहरूले घटनाको सत्यतथ्य छानबिन माग गरेका छन् । प्रहरीले आफन्त र स्थानीयलाई जानकारी नै नदिएर नियन्त्रणमा लिइएका चारजना आरोपितलाई छाडिसकेको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपनि मृत्युको कारण सामान्य भनेर प्रहरीले घटनालाई ढिसमिस गराएको पीडित परिवारको दाबी छ ।

Address

Urlabari/4
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Plumber unity urlabari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Plumber unity urlabari:

Share