Rastra Darpan Network

Rastra Darpan Network विश्वसनीय समाचार, ताजा अपडेट र सत्य तथ्य प्रस्तुत गर्ने तपाईंको आफ्नै मञ्च।राष्ट्र दर्पण नेटवर्क – सत्यको प्रतिबिम्ब।

श्रीमान्को हत्या आरोपमा श्रीमतीसहित तीन जना पक्राउढोरपाटन (बागलुङ) । बागलुङको जैमिनी नगरपालिकामा मजदुरी गर्दै आएका एक पु...
03/06/2026

श्रीमान्को हत्या आरोपमा श्रीमतीसहित तीन जना पक्राउ

ढोरपाटन (बागलुङ) । बागलुङको जैमिनी नगरपालिकामा मजदुरी गर्दै आएका एक पुरुषको हत्या गरेको आरोपमा उनकी श्रीमतीसहित तीन जना पक्राउ परेका छन्। लमजुङको क्व्होलासोथार गाउँपालिका–६ निवासी ६२ वर्षीय देउबहादुर सार्कीको हत्या भएको घटनामा प्रहरीले २६ वर्षीया लक्ष्मी नेपाली, ३८ वर्षीय रामआकाश विश्वकर्मा र ५६ वर्षीय आसपुरे कामीलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृतकसहित चारै जना जैमिनी नगरपालिका–१० राङखानी हाडीकोट क्षेत्रमा मजदुरी गर्दै आएका थिए। सोमबार बिहान मदिरा सेवनपछि सामान्य विवाद चर्किँदा सार्कीमाथि ढुङ्गा प्रहार गरिएको र घटनास्थलमै उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले जंगलमा शव फेला परेको सूचना पाएलगत्तै अनुसन्धान थालेको थियो। घटनामा संलग्न रहेको आरोपमा तीनै जनालाई सोही रात गाउँबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। जिल्ला अदालत बागलुङबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा मृतक र उनकी श्रीमतीबीच पहिलेदेखि नै बेला–बेलामा विवाद हुने गरेको तथ्य पनि खुलेको बताइएको छ।

सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउसर्लाही । सर्लाहीको बागमती नगरपालिका–८ गान्धीचोकबाट प्रहरीले ब्राउन सुगरसहित दुई...
03/06/2026

सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–८ गान्धीचोकबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अस्थायी प्रहरी पोस्ट सोल्टीबजार र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा मंगलबार बागमती नगरपालिका–८ निवासी ३० वर्षीय अरुण लामाको घरमा छापा मारेको थियो ।

सोहि क्रममा अरुण लामा र धनुषाको धनुषाधाम नगरपालिका–७ निवासी ३० वर्षीय सनम लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट करिब १० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद गरिएको छ ।

यसैगरी, प्रहरीले तीन थान एन्ड्रोइड मोबाइल, नेपाली रुपैयाँ २३ हजार ७७० तथा भारतीय रुपैयाँ ९०० समेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।

रौतहटमा करेन्ट लागेर १२ वर्षीया कुमारी पटेलको मृत्यु भएको छ।
03/06/2026

रौतहटमा करेन्ट लागेर १२ वर्षीया कुमारी पटेलको मृत्यु भएको छ।

अमेरिका–इरान तनाव बढ्दै, होर्मुज क्षेत्रमा ट्यांकरमा अमेरिकी क्षेप्यास्त्र प्रहार भएको रिपोर्ट।
03/06/2026

अमेरिका–इरान तनाव बढ्दै, होर्मुज क्षेत्रमा ट्यांकरमा अमेरिकी क्षेप्यास्त्र प्रहार भएको रिपोर्ट।

भारत–नेपाल सम्बन्ध सुदृढ बनाउन सहकार्य गर्ने अमित शाह–रवि लामिछाने सहमतिकाठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्...
03/06/2026

भारत–नेपाल सम्बन्ध सुदृढ बनाउन सहकार्य गर्ने अमित शाह–रवि लामिछाने सहमति

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलबार भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकर सँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा भएको भेटमा गृहमन्त्री शाहले लामिछानेलाई रास्वपाको निर्वाचन सफलताप्रति बधाई दिँदै नेपालको नयाँ सरकारको सफलताका लागि भारतको शुभकामना व्यक्त गरेका छन् ।

भारतीय गृहमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार भेटमा भारत र नेपालबीचको विशेष सम्बन्धलाई अझ सुदृढ बनाउन दुवै पक्षले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटपछि लामिछानेले पनि सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्री जयशंकरसँग नेपाल–भारत सम्बन्ध सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको बताएका छन् । उनले विकास साझेदारी तथा दुई देशबीचका बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको उल्लेख गरेका छन् ।

विदेशमन्त्री जयशंकरले पनि लामिछाने र उनको प्रतिनिधिमण्डलसँगको भेट सुखद रहेको बताउँदै भारत–नेपाल विकास साझेदारी र जनस्तरको सम्बन्धबारे केन्द्रित छलफल भएको जानकारी दिएका छन् । उनले यी सम्बन्धहरूले दुवै देशको विकास र समृद्धिलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले लामिछानेको भारत भ्रमणलाई दुई देशका राजनीतिक दलहरूबीच हुने नियमित सम्पर्कको निरन्तरताका रूपमा व्याख्या गरेका छन् । उनले भारत र नेपालबीच सरकार–सरकार, जनता–जनता तथा सांस्कृतिक तहमा बहुआयामिक साझेदारी रहेको उल्लेख गर्दै यस्ता सम्पर्कहरूले द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप गहिरो बनाउन मद्दत गर्ने बताएका छन् । एएनआई

02/06/2026

सरकारलाई गल्ती गर्ने छुट हुँदैन : हर्क साम्पाङ

02/06/2026

रास्वपा निर्वाचन विभाग प्रमुखमा भुवन केसी
समाचार कमेन्टमा

सफ्टवेयर इन्जिनियरद्वारा ७२ लाख भारुको जागिर अस्वीकार, सामाजिक सञ्जालमा बहसकाठमाडौं । कर्पोरेट कार्यशैली र मानसिक स्वास्...
02/06/2026

सफ्टवेयर इन्जिनियरद्वारा ७२ लाख भारुको जागिर अस्वीकार, सामाजिक सञ्जालमा बहस

काठमाडौं । कर्पोरेट कार्यशैली र मानसिक स्वास्थ्यको विषयलाई लिएर यतिबेला सामाजिक सञ्जालमा एउटा नयाँ र चाखलाग्दो बहस सुरु भएको छ।

एकजना सफ्टवेयर इन्जिनियर (टेक प्रोफेसनल) ले वार्षिक ७२ लाख भारतीय रुपैयाँ (करिब १ करोड १५ लाख नेपाली रुपैयाँ) को आकर्षक पारिश्रमिकसहितको जागिरको प्रस्तावलाई ‘कार्य-जीवन सन्तुलन’ (वर्क-लाइफ ब्यालेन्स) र मानसिक शान्तिका लागि भन्दै अस्वीकार गरेपछि यस विषयले व्यापक चर्चा पाएको हो।

यो रकम नेपाली मुद्रामा र नेपालको मासिक पारिश्रमिक प्रणालीअनुसार मासिक १० लाख रूपैयाँको हाराहारीमा हुन आउँछ । पछिल्लो समय प्रविधि क्षेत्रका युवा पुस्तामा बढ्दो कार्यबोझ र पैसाभन्दा स्वास्थ्यलाई प्राथमिकता दिने प्रवृत्तिको उदाहरणका रूपमा यस घटनालाई हेरिएको छ।

सम्बन्धित प्राविधिकका अनुसार उक्त कम्पनीले प्रस्ताव गरेको पारिश्रमिक आकर्षक भए तापनि कामको सर्त र मागहरू अव्यावहारिक एवं अत्यधिक तनावपूर्ण थिए। कम्पनीले हप्तामा ६ दिन काम गर्नुपर्ने, निर्धारित समयभन्दा पछि पनि अबेर रात्रिसम्म उपलब्ध भइरहनुपर्ने र कार्यसमय अनिश्चित हुने सर्तहरू राखेको थियो।

आफ्नो व्यक्तिगत जीवन, पारिवारिक समय र स्वास्थ्यको तुलनामा सो मोटो रकम निकै न्यून महसुस भएकाले आफूले उक्त सम्झौता अस्वीकार गरेको ती इन्जिनियरले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले आफ्नो मानसिक स्वास्थ्यलाई दाउमा राखेर गरिने कामको कुनै औचित्य नहुने तर्क समेत प्रस्तुत गरेका छन्।

यो घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जाल प्लेटफर्म लिङ्क्डइन र एक्समा प्रयोगकर्ताहरू दुई धारमा विभाजित भएका छन्। कार्य-जीवन सन्तुलनका समर्थकहरूले युवा इन्जिनियरको कदमको स्वागत गर्दै पैसाभन्दा जीवनको गुणस्तर र स्वास्थ्य महत्त्वपूर्ण हुने धारणा राखेका छन् भने यसअघि स्थापित उद्योगीहरूले अघि सारेको हप्तामा ७० घण्टा काम गर्नुपर्ने अवधारणाको आलोचना गरेका छन्।

अर्कोतर्फ, केही पुराना र अनुभवी प्रबन्धकहरूले भने करियरको सुरुवाती वा महत्त्वपूर्ण वर्षहरूमा यति ठूलो आर्थिक अवसर गुमाउनु बुद्धिमानी नहुने तर्क गरेका छन्। केही वर्ष कडा मिहिनेत गरेर आर्थिक स्वतन्त्रता हासिल गरेपछि मात्र सन्तुलित जीवनतर्फ लाग्नु व्यावहारिक हुने उनीहरूको भनाइ छ। समग्रमा, यस घटनाले आधुनिक श्रम बजारमा रोजगारदाता र कर्मचारीको प्राथमिकता परिवर्तन हुँदै गइरहेको प्रष्ट पारेको छ।

सरकारले फेरि भन्यो-सीमा विवादका विषयमा प्रधानमन्त्रीले संसदमा बोलेको नै सत्य होकाठमाडौं। नेपाल–भारत सीमा विवाद र प्रधानम...
02/06/2026

सरकारले फेरि भन्यो-सीमा विवादका विषयमा प्रधानमन्त्रीले संसदमा बोलेको नै सत्य हो

काठमाडौं। नेपाल–भारत सीमा विवाद र प्रधानमन्त्री बालेन शाहको हालैको संसदको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका बीच सरकारले प्रधानमन्त्री पुनः संसदमा जवाफ दिन तयार रहेको प्रस्ट पारेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री शाह सदनप्रति पूर्ण रूपमा उत्तरदायी रहेको र आवश्यक परेमा फेरि पनि संसद्‍मा उपस्थित भएर उत्तर दिने बताएका हुन्।

प्रवक्ता पोखरेलले सीमा विवादका विषयमा प्रधानमन्त्रीले यसअघि संसद्‍मा राखेको विषय नै वस्तुपरक र सत्य तथ्यमा आधारित रहेको दाबी समेत गरे।

गत जेठ १७ गतेको संसद् बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना र विरोध भइरहेको छ।

राजनीतिक वृत्त र आम नागरिक स्तरबाट प्रधानमन्त्रीको यस्तो संवेदनशील कूटनीतिक अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट भइरहेका बेला सरकारले भने यसको बचाउ गरेको हो।

प्रवक्ता पोखरेलले कतिपय सीमावर्ती क्षेत्रमा भारतले उपभोग गरिरहेको भूमि प्राविधिक रूपमा नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरिरहेको केही भूमि भारततर्फ पर्न सक्ने यथार्थलाई नै प्रधानमन्त्रीले संसद्‍मा बाेलेकाे जिकिर गरे।

दुई देशबीचको सीमा विवाद मिलाउन क्रियाशील कूटनीतिक एवं प्राविधिक संयन्त्रको अध्ययनबाटै यो तथ्य आएको र पहिलो पटक सुन्दा स्वयम् प्रधानमन्त्री समेत अचम्ममा परेको प्रवक्ताको भनाइ थियो।

संसद्‍मा भएको विरोध र कूटनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले नेपाल-भारतबीचको सीमा समस्या स्थापित संयन्त्र र कूटनीतिक संवादकै माध्यमबाट समाधान गरिने स्पष्ट पारेको छ।

दुई देशबीच सीमा विवाद सल्टाउन लामो समयदेखि विभिन्न तहका संयन्त्रहरू क्रियाशील रहेको स्मरण गराउँदै प्रवक्ता पोखरेलले यस विषयमा नेपाल र भारत दुवैतर्फबाट ‘डिप्लोमेटिक नोट’ (कूटनीतिक पत्र) आदानप्रदान भइसकेको जानकारी दिए।

सरकारले सञ्चारमाध्यम र संसद्‍मा भइरहेको विरोधलाई मत्थर पार्ने प्रयास गर्दै दुवै देश आपसी संवादमा बसेर ऐतिहासिक दस्तावेजका आधारमा सम्पूर्ण सीमा विवाद टुङ्ग्याउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ।

घरबाटै हराएकी किशोरीको शव कालीगण्डकीमा भेटियोकाठमाडौं । घरबाट एकाएक हराएकी पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नम्बर -८ झ...
02/06/2026

घरबाटै हराएकी किशोरीको शव कालीगण्डकीमा भेटियो

काठमाडौं । घरबाट एकाएक हराएकी पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नम्बर -८ झेरुछाप बगनासी गाउँ निवासी वसन्त बहादुर सारुको छोरी अस्मिता सारुको शब फेला परेको छ । रामपुर न.पा -८ खैरेनी सामुदायिक वन नजिक कालीगण्डकी नदी किनारमा मृत अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।

आइतबार राती घरमा नै सुतेकी उनी सोमबार बिहान नउठेपछि उठाउन जादा कोठामा नभएकी परिवारले जनाएको थियो । खोजीको क्रममा निर्दिम झोलुङ्गेपुलमा उनको मोबाइल फेला परेको थियो । प्रहरी, आफन्ती स्थानीयले खोजी गर्ने क्रममा डेढ किलोमिटर तल कालीगण्डकी नदीमा शब फेला परेको हो ।

Address

Birtamode/Jhapa
Jhapa District
57200

Telephone

+9779815912512

Website

Alerts

Be the first to know and let us send you an email when Rastra Darpan Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rastra Darpan Network:

Share