01/10/2019
बारा,४भदौं – श्री गढीमाई मन्दिर संचालन तथा विकास समितिलाई महागढीमाई नगरपालिकाले नै बिवादमा तान्न खाजेको मन्दिर विकास समितिका अध्यक्ष रामचन्द्र साहले वताउनु भएको छ ।प्रदेश नः2 युवा शक्ति नेपाल को सॅयोजक राजकुमार कुशवाहा सँगको बिशेष कुराकानीमा वहाँले हामी बिधान अनुसार तथा अदालतको निर्णय अनुसार नै अगाडी बढी रहेको वताउँनु भयो । निर्वाचनको मिति तोकिसकेको अवस्थामा अदालतमा मेयर साहेबले नै मुद्दा दिलाउँनु भएको वहाँले आरोप लगाउँनु भयो ।
अदालतमा दायर भएको मुद्दा पनि मन्दिर संचालन समितिकै पक्षमा आइसके पछि स्थानिय सरकार एकलौटी पाराले मेला आयोनाको लागि मुल कमिटि गठन गर्नु दुःखद रहेको साहको भनाई छ । मेरो नेतृत्वमा तिन पटक मेला लागेको बताउँदै अध्यक्ष साहले यति बिवाद कहिले नभएको वताउँनु भयो । मन्दिर जस्तो पवित्र संस्थालाई बिवाद पार्न नहुने वताउँदै साहले मन्दिर संचालन समितिको विधानले सबैलाई समेटेको कारण यसमा कुनै बिवाद गर्नु उचित नहुने साहको भनाई छ ।