28/01/2026
~Dip win
SSW र Ikusei Shuryo /कुन sector मा कति language ?
जापानले हालको 'TITP ( training visa )प्रणालीमा रहेका समस्याहरूलाई हटाउन त्यसको सट्टामा 'इकुसेइ स्युर्यो' (Ikusei Shuryo) अर्थात् तालिम तथा रोजगारी प्रणाली सुरु गरेको छ।
1. SSW - Tokutei Gino): यस अन्तर्गत ८०५,७०० जना दक्ष जनशक्ति भित्र्याउने लक्ष्य छ। यो प्रणाली विशेषगरी अनुभवी र तत्काल काम सम्हाल्न सक्नेहरूका लागि हो।
2. तालिम तथा रोजगारी (Ikusei Shuryo): यस अन्तर्गत ४२६,२०० जना भित्र्याइनेछ। यसमा आउने कामदारले ३ वर्षको तालिम र रोजगारीपछि 'विशेष दक्ष कामदार' (SSW) को स्तर हासिल गरी जापानमै बस्न पाउनेछन्।
कुन क्षेत्रमा कति कामदार? (मुख्य क्षेत्रहरूको सूची)
जापानले कुल १९ वटा औद्योगिक क्षेत्रमा विदेशी कामदार लिने घोषणा गरेको छ। सबैभन्दा बढी माग औद्योगिक उत्पादन र निर्माण क्षेत्रमा देखिएको छ।
Industry
Nursing Care
126,900 जना ssw मा 33,800 जना Ikusei Shuryo मा
Building Cleaning
32,200 जना ssw मा 7,300 Ikusei Shuryo मा
Construction
76,000 जना ssw मा 123,500 Ikusei Shuryo मा
Shipbuilding & Marine Industry
23,400 जना ssw मा 13,500 Ikusei Shuryo मा
Automobile Maintenance
9,400 जना ssw मा 9,900 Ikusei Shuryo मा
Accommodation (Hotels)
14,800 जना ssw मा 5,200 Ikusei Shuryo मा
Automobile Transportation
22,100 जना ssw मा 0 Ikusei Shuryo मा
–
Agriculture
73,300 जना ssw मा 26,300 Ikusei Shuryo मा
Fisheries माछा पालन
14,800 जना ssw मा 2,600 Ikusei Shuryo मा
Food Service Industry
50,000 जना ssw मा 5,300 Ikusei Shuryo मा
Forestry वन उद्योग
900 जना ssw मा 500 Ikusei Shuryo मा
Wood Industry काठ उद्योग
4,500 जना ssw मा 2,200 Ikusei Shuryo मा
Industrial Manufacturing
199,500 जना ssw मा 119,700 Ikusei Shuryo मा
Aviation हवाई सेवा
4,900 जना ssw मा 0 Ikusei Shuryo मा
–
Railway
2,900 जना ssw मा 1,100 Ikusei Shuryo मा
Food & Beverage Manufacturing
133,500 जना ssw मा 61,400 Ikusei Shuryo मा
Linen Supply
4,300 जना ssw मा 3,400 Ikusei Shuryo मा
Logistics & Warehousing
11,400 जना ssw मा 6,900 Ikusei Shuryo मा
Resource Recycling
900 जना ssw मा 3,600 Ikusei Shuryo मा
Total
805,700 जना ssw मा
426,200 Ikusei Shuryo मा
कामदारका लागि नयाँ सुविधाहरू: कम्पनी परिवर्तन गर्न पाइने
पहिलेको training visa (TITP) कामदारले कम्पनी परिवर्तन गर्न पाउँदैनथे, जसले गर्दा धेरैले शोषणमा परेको गुनासो गर्थे। तर नयाँ प्रणालीमा निश्चित सर्तहरू पूरा गरेपछि कामदारले आफ्नो इच्छा अनुसार कम्पनी परिवर्तन गर्न पाउनेछन्।
• १ वर्षपछि परिवर्तन गर्न पाइने क्षेत्र: होटल, कृषि, माछापालन, सरसफाइ, आदि।
• २ वर्षपछि परिवर्तन गर्न पाइने क्षेत्र: केयरगिभर, निर्माण, उत्पादन क्षेत्र, रेस्टुरेन्ट, आदि।
(यी क्षेत्रहरूमा कामदारलाई टिकाइराख्न र दक्षता बढाउनका लागि २ वर्षको समय तोकिएको हो।)
जापानी भाषा
• सुरुवातमा: कम्तीमा जापानी भाषाको A1 स्तर (आधारभूत ज्ञान) वा सो बराबरको तालिम।
• १ वर्षपछि: A1 (N5) स्तरको भाषा परीक्षा र प्रारम्भिक सीप परीक्षा उत्तीर्ण गर्नुपर्ने।
• ३ वर्षको अन्त्यमा: SSW-१ मा जानका लागि A2 (N4) स्तरको जापानी भाषा र दक्ष सीप परीक्षा उत्तीर्ण हुनुपर्नेछ।
• SSW-२ स्तर: यदि कोही कामदार उच्च दक्ष तहमा पुग्छन् भने उनीहरूले आफ्नो परिवारलाई समेत जापान लैजान पाउनेछन् र भिसाको कुनै समय सीमा रहने छैन।जति पनि जापानमा बस्न सकने छन्
सुरक्षा र नियमन
जापान सरकारले 'विदेशी तालिम तथा रोजगारी निकाय' स्थापना गर्ने भएको छ। यसले कामदारमाथि हुने शोषण रोक्न, बीचमा बसेर पैसा असुल्ने एजेन्टहरू (Brokers) लाई हटाउन र कामदारका समस्या सुन्न प्रभावकारी भूमिका खेल्नेछ।
जापानले श्रम बजारमा देखिएको जनशक्ति अभाव टार्न विदेशी कामदारका लागि खुकुलो र सुरक्षित नीति अवलम्बन गरेको छ।
from FaceBook -Dip win