08/10/2026
Help Post For Greesma Bhandari
Please Share The Video.
इटहरीबाट ग्रीष्म भण्डारीद्वारा टिकटकमा उद्धारको अपिल: मानसिक तथा घरेलु हिंसा सहनुपरेको गुनासो
इटहरी: इटहरीको आपगाँछी क्षेत्रमा बस्दै आएकी ग्रीष्म भण्डारीले सामाजिक सञ्जाल टिकटक मार्फत आफूलाई गम्भीर मानसिक तथा घरेलु हिंसा भएको भन्दै सहयोगको अपिल गरेकी छन्।
भिडियोमा रुँदै आफ्नो पीडा पोखेकी भण्डारीले आफू विगत तीन दिनदेखि खाना समेत खान नदिएर मानसिक तनाव तथा यातनाको सिकार भएको बताएकी छन्। उनले गोपाल भण्डारी भनिने उनको बुवा र उनको सौतिनी आमावाट लामो समयदेखि यस्तो प्रकारको यातना पाइरहेको उल्लेख गरेकी छन्। आफूले आफ्नो आमाको भिडियो पोस्ट गरेकै कारण उनीहरूबाट निरन्तर दुर्व्यवहार र प्रताडना सहनुपरेको उनको भनाइ छ।
१८ वर्षभन्दा माथि उमेरकी भण्डारीले आफू एक्लै बस्न सक्ने वा नसक्ने अन्योलमा रहेको बताउँदै, आफूमाथि भइरहेको अन्याय र अत्याचारबाट मुक्त हुन सबैलाई सहयोग गरिदिनुहुन अनुरोध गरेकी छन्।
यदि तपाईं वा तपाईंले चिनेको कोही व्यक्ति गम्भीर मानसिक दबाब वा निराशाबाट गुज्रिरहनुभएको छ भने, यसलाई लुकाउनु हुँदैन। मनोचिकित्सक वा परामर्शदातासँग तुरुन्त सल्लाह लिनुहोस्। समयमै उपचार गरेमा डिप्रेशन् पूर्ण रूपमा निको हुन्छ र सामान्य जीवन बिताउन सकिन्छ।
#𝗥𝗲𝘀𝗰𝘂𝗲𝗼𝗽𝗲𝗿𝗮𝘁𝗶𝗼𝗻 စာတို