13/02/2015
एउटा व्यक्ति सधै मन्दिर जान्थ्यो र भगवानसग प्रार्थना गर्थ्यो-'हे भगवान, मलाई १०लाखको चिठ्ठा पारिदेउ।'त्यो व्यक्ति प्रत्येक दिन मन्दिर पुग्थ्यो त्यही एउटै प्रार्थना गर्थ्यो।'हे भगवान मलाई १०लाखको चिठ्ठा पारिदेउ।तर न चिठ्ठा नै पर्यो न उसले प्रार्थना नै बन्द गर्यो।
एक दिन उक्त व्यक्तिले दुखी हुदै पुकारा गर्यो।'तपाई भक्तको पूकार नै सुन्न हुन्न भने प्रार्थना गरेर के फाइदा?
त्यसपछि भगवानले उसलाई दर्शन दिनुभयो र गाली गर्दै भन्नुभयो- ओई गधा ! किन मेरो बद्नामी गर्छस्? त पनि त केहि गर्।
के गरौ भगवान?
गधा कमसेकम चिठ्ठा त किन् ।