29/08/2026
देश रोइरहेको छ… हामी सबै रोइरहेका छौँ।
विनाशका दृश्यहरूले मन निकै भारी बनाएको छ।..तर जीवनलाई सधैँ रोक्न पनि त सकिँदैन रहेछ…पीडा छ, मन दुखेको छ, तर त्यही पीडालाई लिएर पनि अगाडि बढ्नुपर्ने रहेछ।
सवैले आफ्नो जिवन चलाउनै पर्यो…जागिरमा जानेहरू आफ्नो काममा फर्किनुपर्छ। व्यवसाय गर्नेहरूले आफ्नो व्यवसाय चलाउनुपर्छ। अनि हामीजस्ता सामाजिक सञ्जाललाई आफ्नो कामको माध्यम बनाएर डिजिटल व्यवसाय गरिरहेका मानिसहरूले पनि आफ्नो कामलाई निरन्तरता दिनुपर्छ।
पोस्ट गर्नुको अर्थ हामीले पीडा बिर्सियौँ भन्ने होइन।
यो सामान्य अवस्थामा रमाएर बसेको संकेत पनि होइन।