09/07/2026
प्रिय भाइ तिलक राई,
कोशी प्रदेश लोकसेवा आयोगका सबै परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेकोमा हार्दिक बधाई तथा धेरै धेरै शुभकामना! 🎉
तिम्रो अथक मेहनत, अनुशासन, धैर्य र समर्पणको यो सुन्दर परिणाम हो। यो सफलता केवल तिम्रो व्यक्तिगत उपलब्धि मात्र होइन, परिवार, साथीभाइ र शुभचिन्तक सबैका लागि गर्वको विषय बनेको छ।
आगामी दिनहरूमा पनि यस्तै इमानदारी, लगन र आत्मविश्वासका साथ अझ उच्च सफलता हासिल गर्दै राष्ट्र र समाजको सेवामा उत्कृष्ट योगदान पुर्याउन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु।