Sweden - Dhirendra

Sweden - Dhirendra Dhirenja Eloctronics

21/06/2021

• जुन दिन हाम्रो मृत्यु हुन्छ , हाम्रो पैसा बैंकमा नै रहन्छ ।

• जब हामी जिउँदो हुन्छौं , हामिलाई लाग्छ कि हामिसँग खर्च गर्नका लागि प्रयाप्त पैसा छैन ।

• जब हामी संसार छाडेर जान्छौं , तब हामिले जिन्दगीभर कमाएको धन दौलत बिना खर्च नै बसिरहन्छ ।

• एक चाइनिज सम्राट्को मृत्यु भयो , उनले आफ्नो बिधुवा श्रीमतीको लागि १.९ मिलियन डलर छाडेर गए , । बिधवा श्रीमतिले जवान नोकर सँग बिबाह गरिन , उस नोकरले भन्यो: म हमेसा सोची'रहन्थे कि म मालिकको लागि काम गरिरहेको छु , अहिले बुझे कि उस मालिकले सधैं मेरो लागि काम गर्ने गर्थे ।...

*शिक्षा*

* सत्य यो हो कि , अधिक धन आर्जन गर्नुको सट्टा अधिक
जिबन बाच्नु उत्तम हुन्छ ।*

•राम्रो र स्वास्थ शरीरको लागि प्रयास गर्नुहोस् ।

•महंगो फ़ोनको ७०% फङ्सन उपयोग हुँदैन ।

•महंगो कारको ७०% गतिको प्रयोग हुन पाइरहेको हुँदैन ।

•आलिसान महलको ७०% ठाउँ खाली रहन्छ ।

•पुरै आलमारिको ७०% कपडाको प्रयोग भैरहेको हुँदैन ।

•पुरै जिन्दगीभरको कमाई ७०% अर्काको प्रयोगको लागि छोडिन्छ ।

•७०% गुणहरुलो प्रयोग भैरहेको हुँदैन ।

🌸🌸🌸🌸🌸🌸🌸🌸

* ३०% को पुर्ण उपयोग कसरी गर्ने ।*

• स्वास्थ्य हुँदापनी निरन्तर चेक-अप गराउनुहोस् ।

•तिर्खा नलागेपनी अधिक मात्रमा पानी पिउनुहोस् ।

•सम्भव भएसम्म अहंकार त्याग्नुहोस ।

•यदि तपाईं बलियो हुनुहुन्छ भने पनि सरल हुनुहोस् ।

•धनी नहुदा पनि परिपुर्ण रहनुहोस ।

💮💮💮💮

*राम्रो जीवन जिनुहोस*

•प्राथनाको समयमा आफ्नो मनलाई नियन्त्रण गर्नुहोस् ।

•खाना खाने समय पेटलाई नियन्त्रण गर्नुहोस् ।

•यदि तपाईं कसैको घरमा जानुहुन्छ भने , तपाईंको आँखालाई नियन्त्रणमा राख्नुहोस ।

•पार्टिमा जानुहुन्छ भने , जिब्रोलाई नियन्त्रणमा राख्नुहोस ।

•अरुको पैसा देख्योभने लोभलाई नियन्त्रणमा राख्नुहोस ।

🏵️🏵️🏵️🏵️

•बिर्सिदिनुस- तपाईंको राम्रो कामहरू ।
•बिर्सिदिनुस - अरुले गरेको गल्तिलाई ।
•बिर्सिदिनुस- बिगतका तिता यादहरु ।

🌺🌺🌺🌺

•छोड्नुहोस - अरुलाई निचा देखाउनलाई ।
•छोड्नुहोस - अरुको सफलता देखेर डाहा गर्नलाई ।
•छोड्नुहोस - अर्काको धनको लोभ गर्न ।
•छोड्नुहोस - अर्काको कुरा काट्नलाई ।
•त्याग्नुहोस - अरुको सफलतामा दुखी हुनलाई ।

🌼🌼🌼🌼

•भकारिमा अन्न , शरीरमा कपडा , घरमा छानो , र सुत्ने ठाउँ छ भने संसारको ७०% मानिसहरू भन्दा तपाईं धनी हुनुहुन्छ ।

•यदि तपाईंको पर्समा पैसा छ र तपाईं मनले चाहे अनुसार घुम्न सक्नुहुन्छ भने तपाईं बिश्वको १८% धनी ब्यक्तिहरुमा पर्नुहुन्छ।

•यदि तपाई आज पुर्ण रुपमा स्वास्थ्य भएर जिवित हुनुहुन्छ भने , तपाईं उन लाखौं मानिसहरूको तुलनामा भाग्यमानी हुनुहुन्छ , जो यस हप्ता पनि बाँच्न पाउदैनन् ।

•जिबनको अर्थ दु:ख सँग गुनासो गर्नुमा होइन , हजारौं अन्य कारणहरुमा हाम्रो सृष्टिकर्तालाई धन्यवाद दिनु हो ।

•यदि तपाईं यस पोस्टलाई पढ्न र बुझ्न सक्नुहुन्छ भने, तपाईं उन करोडौं मानिसहरूमा भाग्यमानी हुनुहुन्छ , जसले हेर्न सक्दैनन् र पढ्न सक्दैनन् ।

•यदि तपाइँलाई यो पोस्ट बारम्बार आइरहन्छ भने निराश नभई खुशी हुनुपर्छ ।

Note: फेसबुकमा भेटेको यो स्टाटस कसले लेख्नुभयो थाहा भएन मन परेर मैले पनि शेयर गरें यहाँ ।

07/12/2020

फेसबुक खोल्दा पनि पार्टी प्यालेसमा पसेजस्तो लाग्ने क्या 😂😂!
#मंसिर_महिना #बिहेको_लगन

03/08/2020

लोग्ने मान्छेले पिठ्युँमा बच्चा बोक्दा भाईरल !
एउटी महिलाले काममा जादा , घाँस दाउरा गर्दा , मेला पातमा आफ्नो बच्चा पिठ्युँमा बोकेको प्राय सधै जसो देखिन्छ । यसलाई समाजले सामान्य रुपमा लिन्छ । यो कुनै अचम्मको बिषय हुदैन। किन कि यो एउटी आमाको लागि सामान्य काम ठानिन्छ। तर यही कार्य एउटा बाबुले गर्दा समाजलाई अचम्म लाग्छ। भाईरल हुन्छ ! के यो पनि एउटा बाबुले गर्ने सामान्य काम नै होइन र ?
हाम्रो समाजको मनोबिज्ञानलाई कसरी बुझ्ने ?

02/05/2020

#चिनिया राष्ट्रपति सि जिनपिङको यो कुरा सारै मन पर्यो !
उनी भन्छन्:
“म सानो छँदा ज्यादै स्वार्थी थिएँ । सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें । फलतः मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे। मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ, सधैं अरुलाई दोष दिएँ र उनीहरूको निन्दामात्र गरें।

जीवनमा अपनाउनु पर्ने तीन कुरा मेरा बाबुले मलाई सिकाउनुभयो।

एक दिन मेरा बाबुले दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमा राख्नुभयो। एउटा कचौरामाथि एउटा अन्डा थियो, अर्को कचौरामाथि अन्डा थिएन। बाबुले मलाई एउटा कचौरा रोज्न दिनुभयो। उस बखत आकलझुकलमात्र अण्डा खाने अवसर जुर्थ्यो—चाडपर्वमा वा नयाँ वर्षमा । मैले सहजै अण्डा भएको कचौरा छानें । जब हामीले चाउचाउ खान थाल्यौ, मैले आफ्नो छनोटप्रति आफूलाई बधाई दिंदै खुसी हुँदै अण्डा खाएँ । मेरा बाबुले चाउचाउ खाँदै गर्दा उनको कचौराको पिंधमा चाउचाउमुनि दुइटा अण्डा देखियो! मलाई ज्यादै पश्चाताप भयो! आफूले हतार गर्दै कचौरा छानेकोमा मलाई आफै देखी रिस उठ्यो।

मेरा बाबुले मुस्कुराउँदै मलाई भन्नुभो— "प्रिय छोरो, तिमीले बुझ्नु पर्छ— तिम्रा आँखाले देखेका कुरा सधैं सत्य नहुन पनि सक्छन् । यदि तिमी अरुबाट फाइदा उठाउने उद्देश्य राख्छौ भने अन्ततः तिमी गुमाउने छौ।"

अर्को दिन मेरा बाबुले फेरि दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमाथि राख्नुभयो— पहिलेजस्तै एउटा कचौरा माथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन ।

बाबुले मलाई भन्नुभयो, "प्रिय पुत्र, कुनचाहिँ कचौरा लिन्छौ, रोज?"
यसपटक म चनाखो भएँ। मैले कचौरामाथि अण्डा नभएको चाहिँ कचौरा छानें र फुर्कँदै चाउचाउ खोतलेर हेरें । कचौराको पिंधमा एउटा पनि अण्डा थिएन । मेरा बाबुले मुस्काराउँदै मलाई भन्नुभयो, "प्रिय छोरा, तिमीले सधैँ अनुभवमाथि भर पर्नु हुँदैन किनभने कहिलेकहीं जीवनले धोखा दिन सक्छ, छल गर्न सक्छ । तर तिमी रिसाउनु वा दुःखी हुन हुँदैन । यसलाई तिमीले एउटा शिक्षाको रुपमा ग्रहण गर्नु पर्छ । यो पाठ तिमी पाठ्यपुस्तकबाट सिक्न सक्तैनौ ।"

मेरा बाबुले तेस्रो दिन फेरि दुई कचौरा चाउचाऊ पकाउनुभयो— एउटा कचौरामाथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन । बाबुले कचौरा टेबुलमाथि राख्दै मलाई भन्नुभयो—"प्रिय पुत्र,चाउचाउको एउटा कचौरा रोज, कुनचाहिँ कचौरा लिन्छौ?"

यसपटक मैले बाबुलाई भनें— "बाबा, कचौरा तपाईं रोज्नुस् । तपाईं घरमुली हुनुहुन्छ । परिवारमा सबैभन्दा बढी योगदान तपाईंकै छ ।"

मेरा बाबुले नाई-नास्ती नगरी एउटा अन्डा भएको कचौरा छान्नुभयो । मैले आफ्नो भाग चाउचाउ खाँदै गर्दा मनमनै सोचें— 'पक्का पनि यसपटक मैले अण्डा गुमाएँ !' तर मैले चाउचाउ खाँदै जाँदा कचौराको पिंधमा चाउचाउले छोपिएको दुइटा अण्डा देखेर म आश्चर्यमा परें !

मेरा बाबुले प्रेमपूर्वक मलाई हेरेर मुस्कुराउँदै भन्नुभयो, "प्रिय पुत्र, तिमीले बुझ्नु पर्छ । जब तिमी अरुको भलाइको बारेमा सोच्छौ स्वाभाविक रुपमा तिम्रो पनि भलो हुनेछ ।"

त्यो दिनपछि, मैले सधैँ मेरा बाबुले भन्नुभएको यी तीन कुरालाई जीवनमा अपनाएको छु—मैले गर्ने हरेक कर्ममा सर्वप्रथम म अरुको भलाइ सोच्छु। “

*(द्रष्टव्यः यो कथा इन्टरनेटमा उपलब्ध अङग्रेजी स्रोतबाट नेपालीमा अनुबाद गरिएको हो!)

खाना र लाउन मात्र ठुलो कुरा भए म बौद्धिक लेबल सम्म पुग्ने थिएन होला।
01/05/2020

खाना र लाउन मात्र ठुलो कुरा भए म बौद्धिक लेबल सम्म पुग्ने थिएन होला।

01/05/2020

फेसबुक,मेसेन्जर,टिकटक, इन्स्ट्राग्राम,इमो,भाईबर,लुडो, क्यान्डिक्रुस,पप्जी लगायतमा दिनरात मेहनत गर्ने मजदुरहरु लाई पनि मजदुर दिवसको शुभकामना!!

02/04/2020

कोरोना महामारीले सिकाएका केही कुरा ...

१) अब अमेरिका महाशक्तिराष्ट्र रहेन ।
२) चीनले एउटै क्षेप्यास्त्र नचलाई तेश्रो विश्वयुद्द जित्यो।
३) रूसी राष्ट्रपती भ्लादिमिर पुटिन पो दूरद्रष्टा रहेछन ।
४) उपचारले भन्दा रोकथामले ज्यादा जिन्दगी बचाउने रहेछ ।
५) देशलाई फूटबल खेलाडी भन्दा स्वास्थ्यकर्मी पो चाहिने रहेछन ।
६) युरोपियनहरू सोचेजस्तो शिक्षित रहेनछ्न ।
७) थोरै युद्द र धेरै हस्पिटल हुनुपर्छ भनेको साँचो रहेछ ।
८) बालबालीकालाई विशेष सामाजिक तथा प्राकृतिक वातावरण दिइनु पर्ने रहेछ।
९) उपभोक्ता छैनन भने जाबो पेट्रोल भन्ने कुरो त केइ होइन रहेछ ।
१०) यो मृत्यु भन्ने कुरोले धनी, गरिव, कालो, गोरो केइ नभन्ने रहेछ ।
११) मान्छे अवसरवादी र निच हुँदोरहेछ । मै हुँ भन्नेहरू पनि मोल बढाउन पाउँदा मख्खै पर्दा रहेछ्न ।
१२) हैट ! यो ट्वाइलेट पेपर त खाना भन्दा पनि ठूलो चिज रहेछ !
१३) सामाजीक संजालले मान्छेलाई नजिक चैँ ल्याउने रहेछ । तर सन्त्रास पनि त्यत्त्यिकै बढाउने रहेछ ।
१४) बल्ल था भो, चिडियाखानामा बन्द जनावरहरूलाई कस्तो हुँदो हो ।
१५) आजकालका केटाकेटीहरूलाई टिभी र इन्टरनेट चलाउन बाहेक अरू केइ नआउने रहेछ ।
१६) यो संसारमा करोडौं करोड कमाउने तर समाजका लागि माखो नमार्नेहरू पनि रहेछन् ।
१७) स्वास्थ्यकर्मीहरू एक्लै छन्, उनिहरूलाई कसैले वास्तै गरेका छैन, उनिहरू लडिरहेकै छन् ।
१८) कुनै पनि पादरी, इमाम र पुरोहितले कोरोनाका विरामीलाई बचाउन नसक्ता रहेछन् ।
१९) यो हात मिलाउनु भन्दा त नमस्ते गर्नु पो गज्जब रहेछ ।
२०) धर्तिको खास भाइरस चै मान्छे नै हो रहेछ ।
२१) मान्छे नभैदिएको भए यो धर्ति छिट्टै पुर्बस्थितिमा पुग्ने रहेछ ।
२२) हामी सँग त महामारीका लागि कुनै तैयारी रहेनछ ।
२३) नेताहरू त जनताको ज्यानै मारेर पनि विरोधिको खुट्टा तान्दा रहेछ्न ।
२४) हामीले यो रमझममा भन्दा बढी लगानी स्वास्थका लागि गर्नु पर्ने रैछ ।
२५) सबै भन्दा महत्त्वपूर्ण कुरा अाफ्नो देश, घर र परिवार रहेछ।
२६) गिद्दले फूल हेर्दैन , सिनो मात्र हेर्दो रहेछ ।
२७) नेताहरुले लिँदा मात्र रहेछन् , राजाहरुले दिदा पनि रहेछन

अरु थप्दै जानुहोस् ........

( सामाजिक सन्जालबाट )

"SLC" मा 85% हानियो, "+2" मा 80% हानियो,"Bachelor" मा 70% ठोकियो...!!!कुन "किताब" को कुन "पेज" को कुन "नम्बरमा" कुन"Ques...
16/11/2019

"SLC" मा 85% हानियो, "+2" मा 80% हानियो,
"Bachelor" मा 70% ठोकियो...!!!
कुन "किताब" को कुन "पेज" को कुन "नम्बरमा" कुन
"Question" छ, तेसको "Answer" के हो सबै रटियो,
कसैले सोधे "आँखा" चिम्लेर भनिन्थ्यो...!!!
तर जब म मख्ख परेर "MARKS" ले भरिएको आफ्नो भए
भरको "Marksheet", "Certificate" को खाता बोकेर,
"जागिर खान्छु, पैसा कमाउछु, भबिष्य बनाऊछु भनेर
"Interview" मा गए...!!!
"Interview" लिने "मान्छेहरुले” मेरो "जिबन" भरको
"दु:ख",मेहनत को कमाई मेरो "Marksheet" हेरे र
भुईमा राखे, "यसरि भुई मा राखे कि त्यसको कुनै मुल्य नै नभए
झै"...!!!
अनि म तिर हेरेर हास्दै सोधे, "तपाई ले त धेरै पढ्नु
भएको जस्तो छ"...आज सम्म पढेर तपाईले जिन्दगिमा के के
कुराहरु सिक्नु भो? कुन-कुन क्षेत्रमा परिवर्तन गर्नु
भयो ?
म त्यो "प्रश्न" को उत्तर दिन अक्मक्किए, किन कि मेरो दिमाग
मा "Newton's का सिद्धान्त, बिज गणितका सुत्र, डार्विनको
थ्योरी देखि त्यो पेजको त्यो नम्बर को त्यो
Question को Derivation अनि Answer कण्ठै
थियो...!!! तर पनि उक्त प्रस्नको उत्तर भेटेन।
"Interview room" मा छिर्ने बेला, "छाति फुलाएर गर्बका
साथ छिरेको थिए म" हातमा भएका "Marksheet" अनि
"certificate" हरु भारि लागेको थियो,तर जब म
"Interview room" बाट बाहिर निस्किए ति
"Marksheet" अनि "Certificate" हरु बाटोमा उम्रेका
झारको पात भन्दा नि हलुका लाग्न थाल्यो...!!!
अनि घर आइ ति सारा "Marksheet" अनि "Certificate"
काठको दराज मा थन्काउन बाध्य भए... र हिडे पासपोर्ट
बनाउन।
१६ बर्ष पढेर पाएका “Certificates” हरु भन्दा १६
दिनको प्रयासले बनेको पासपोर्ट अहिले प्यारो लाग्छ।
त्यही एउटा पासपोर्टको भरमा घरका सबै
सदस्यले आफ्नो सपना बुन्ने गर्दछन् र म सबैको सपना
साकर पार्न खाडिको गर्मीमा जलिरहेछु
जलिरहेछु।
तेसैले भाई बहिनी हरु,
"जिन्दगीमा तपाईहरुले कस्तो पढ्नु भो तेसले
खासै महत्व राख्दैन तर तपाईहरुले के पढ्नु भो,पढेर
के सिक्नु भो तेसले ठुलो प्रभाब पार्छ...!!!
"Marks" र "Certificate" को लागि मात्र होईन, नया
कुरा सिक्न को लागि पढ्नुहोस...!

25/10/2019

फोटो त मेरो पनि पैसामा छाप्ने 😘
खाले छ तर म दुनियाँ को गोजिमा😂
बस्न चाहदिन्।।😉😉✍️

16/10/2019

प्रेमको दर्जा र धितो बिनाको कर्जा जो पायो त्यसैलाई दिन कहाँ सकिन्छ र!

नबोलौ भन्यो बोल्न बाध्य बनाउछन्, नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गति...
16/09/2019

नबोलौ भन्यो बोल्न बाध्य बनाउछन्,
नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गतिविधि गर्न निषेध गरेको छैन । तर आइतबार नेकपाको भ्रातृ संगठनहरू राष्ट्रिय युवा संघ नेपालले कास्की र वाइ. सि. एल. कास्कीले एक प्रेस विज्ञप्ति निकाल्दै शाहीलाई कास्की प्रवेशमा निषेध गरेको जनाएको छ ।
तत्कालीन वाइसिएल नेपाल कास्की र तत्कालीन युवा संघ नेपाल कास्कीका अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा शाहीले फेसबुक, युटुव र ट्वीटरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोजेको र द्वन्द्व गर्न उक्साएको आरोप लगाइएको छ ।
यदि ज्ञानेन्द्र साच्चै देश द्रोहि होर र उसले स्वाधीनता माथि अौला उठाएको भए,आजरकता फैलाउने काम गरेको नै हो भने, उसलाई सजाय दिन , मज्जाले पाईन्छ ,चाहे त्यो मानिस जुनसुकै पोजिसनमा किन नहोस् , तर ब्याक्तिको वाक स्वतन्त्रता हडप्न कुनै घाँसले पाउदैन /के कास्की सत्तारूढ दलको बाउले दिएको वृता हो?कि पिके लाई दाईजोमा आएको सम्पति हो?
अचम्मको कुरा त के छ भने, कम्युनिस्टले पनि त कम्युनिस्ट नै हुनुपर्छ , राजबादि ले पनि त राजाबादि नै हुनुपर्छ , भन्ने खालको प्रवृत्ति छ, पक्ष वा बिपक्ष हुन जरुर पाईन्छ , देश संबैधानिक र निर्वाचन प्रणालीमा गई सकेको छ, निर्णय त जनताको हातमा छ नि हैनर? जनताले राजाबदि मन पराउछन् कि कम्युनिस्ट ?
मलाई कम्युनिस्टको बिरोध गरिस्, राजाको समर्थन या त
राजाको बिरोध गरिस्, कम्युनिस्टको समर्थन , भनेर गालि दिने धेरै छन्, तर म आलोचना सहने हिम्मत राख्छु,
राजा पनि दरबार काण्डमा बिबादास्पद नै छन्,, कसलाई बिश्वास गर्ने ?
कम्युनिस्ट साथीहरू मलाई एउटा कुरा बुझाई देउ,
जुन तपाईं हरु कम्युनिस्ट जिन्दबाद भन्नू हुन्छ , उनिहरूको नेपालमा के योगदान छ? फेरि जसले यो देश बनाउन ज्यान कुरबान गरे, पृथ्वीनारायण , भक्ति थापा, महामानब गौतम बुद्ध , यलम्बर जस्ता मानिस , जसले देशलाई सिङ्गो र जातजाति बिच शद्भाबको रेखा कोरे , उनिहरूलाई चै किन थुक्ने,? उनिहरुका मूर्ति चै किन फुटाउछौ?

07/09/2019

आफुले केहि गर्न नसक्ने,पोईको सपोर्ट पनि गर्न नजान्ने अति सन्कालु आईमाई देखी साबधान रहेकै बेश ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sweden - Dhirendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share