14/05/2026
इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नेगरी नेपालबाट थप २३ सय कियरगिभर लैजाने भएको छ ।
वैदेशिक रोजगार विभागले इजरायलद्धारा नेपालको लागि दिएको कोटाअनुसार नयाँ श्रमिक भर्ना गर्ने सूचना सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्यले श्रम सम्झौताअनुसार नयाँ सूचना जारी गर्न लागिएको बताउनुभयो