Anju Senchury

Anju Senchury page

कसैलाई एक्लै नछोड्नुहोस् । 😢जोयस क्यारोल भिन्सेन्ट उत्तर लन्डनको वुड ग्रीनस्थित एउटा सानो अपार्टमेन्टमा एक्लै बस्ने ३८ व...
17/05/2026

कसैलाई एक्लै नछोड्नुहोस् । 😢

जोयस क्यारोल भिन्सेन्ट उत्तर लन्डनको वुड ग्रीनस्थित एउटा सानो अपार्टमेन्टमा एक्लै बस्ने ३८ वर्षीया महिला थिइन्। सन् २००३ डिसेम्बरमा दम (Asthma) वा अन्य कुनै स्वास्थ्य समस्याका कारण उनको आफ्नै घरभित्र मृत्यु भएको विश्वास गरिन्छ। दुःखको कुरा, त्यस समयमा उनको मृत्यु भएको बारे कसैले पत्ता पाएनन्।
​उनको शव झण्डै तीन वर्षपछि, सन् २००६ जनवरीमा मात्र फेला पर्यो। लामो समयसम्म कोठाको भाडा नतिरिएपछि आवास अधिकारीहरू ढोका फोडेर भित्र छिर्दा यो भयानक रहस्य खुल्यो। उनीहरूले बैठक कोठाको सोफामा उनको अस्थिपञ्जर (अवशेष) फेला पारे। अचम्मको कुरा त के थियो भने, त्यतिन्जेलसम्म पनि उनको टेलिभिजन बलिरहेकै थियो, जसले उनको वरिपरिको संसार उनी बिना नै शान्त रूपमा चलिरहेको देखाउँथ्यो।
​उनको शवको नजिकै क्रिसमसका उपहारहरू आकर्षक ढङ्गले प्याक गरेर राखिएका थिए, जुन उनले आफ्नो मृत्यु हुनुअघि परिवार वा साथीहरूका लागि तयार पारेकी थिइन्। ती उपहारहरूले उनी अन्तिम दिनहरूमा पनि अरूप्रति कति दयालु थिइन् र अरूको हेरचाह गर्थिन् भन्ने कुरा झल्काउँछ, जसले यो दृश्यलाई अझ बढी मर्माहत बनाउँछ।
​उनी पसलहरू माथि रहेको एउटा व्यस्त भवनमा बस्थिन्, तैपनि उनको मृत्यु वर्षौंसम्म कसैको नजरमा परेन। केही छिमेकीहरूले अचम्मको गन्ध आएको महसुस गरे पनि उनीहरूले त्यो गन्ध बाहिरको फोहोर फाल्ने ठाउँबाट आएको ठानेका थिए।
​सुरुका वर्षहरूमा जोयस निकै सामाजिक र सक्रिय थिइन्, तर समयसँगै उनी एक्लिँदै गइन् र नजिकका मानिसहरूसँगको सम्पर्क टुट्दै गयो। पछि उनको यो कथाले विश्वव्यापी चर्चा पायो र यसैमा आधारित भएर सन् २०११ मा 'Dreams of a Life' नामक वृत्तचित्र (Documentary) पनि बन्यो। यो घटनाले ठूला सहरहरूमा मानिसहरू कति एक्ला हुन सक्छन् र एक-अर्कासँग सम्पर्कमा रहनु कति महत्त्वपूर्ण छ भन्ने कुराको ठूलो चेतना फैलाएको छ।cp

सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको इरानद्वारा पुष्टि, इरानमा मानवीय क्षति पनि भयावह, २०० भन्दा बढी मानिसको मृत्य...
01/03/2026

सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको इरानद्वारा पुष्टि, इरानमा मानवीय क्षति पनि भयावह, २०० भन्दा बढी मानिसको मृत्यु, हजारौं घाइते, इजरायलमा पनि क्षति, सैन्य स्रोतले करिब ४० जना उच्च इरानी अधिकारीहरू आक्रमणमा मारिएको जानकारी दिए, अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम र संयमताको अपिल गरिरहेको भए पनि दुवै पक्ष आक्रामक रणनीतिमा !

24/09/2024
तिज विशेष कुर्था सेटहरु धमाका  सेल 2 सेट कुर्था लिनेलाई free  डेलिभरिको व्यवस्था छ है मौकाको फाइदा उठाउनुहोस्।बच्चाहरुको...
31/08/2024

तिज विशेष कुर्था सेटहरु धमाका सेल
2 सेट कुर्था लिनेलाई free डेलिभरिको व्यवस्था छ है मौकाको फाइदा उठाउनुहोस्।

बच्चाहरुको लागि पनि कुर्थाहरु उपलब्ध छ ।

आजै बुक गर्नको लागि हामीलाई message गर्नुहोस् ।
हामीसंग लिमिटेड पिस मात्र छ!
whatsapp: 9840916847

आज याे तस्बिरले आँखा रसायाे 😢 दोस्रो विश्वयुद्ध (१९४५) को अन्तिममा,एक जापानी केटो मृत बहिनीको दाहसंस्कार गर्न बहिनीको शव...
09/10/2023

आज याे तस्बिरले आँखा रसायाे 😢 दोस्रो विश्वयुद्ध (१९४५) को अन्तिममा,एक जापानी केटो मृत बहिनीको दाहसंस्कार गर्न बहिनीको शव काँधमा बोकेर अन्तिम संस्कारका लागि पालो पर्खिरहेको थियो ।
उक्त तस्बिर खिच्ने व्यक्तिले एक अन्तर्वार्तामा भनेका थिए कि केटाले आँशु थाम्न र रूवाई रोक्नका लागि आफ्नो ओठ यति धेरै टोकेको थियो कि उसको मुखको कुनाबाट रगत बगिरहेको थियो। त्यतिबेला घाट का गार्डले उसँग शव मागे र भने, "तिमीले आफ्नो काँधमा बोकेको बोझ मलाई देऊ।"
केटाले जवाफ दियो,"उ भारी होइन,उ मेरो बहिनी हो"।
यति भनेर उसले मृत शरीर सुम्प्यो, अनि घुम्यो र छोड्यो।
जापानमा,आज पनि, यो तस्बिरलाई शक्तिको प्रतीकको रूपमा प्रयोग गरिन्छ।

इजरायलमा ज्यान गुमाएका नेपाली दाजुभाइ दिदी-बहिनीप्रति भावपूर्ण श्रद्धाञ्जली एवम् शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना । परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् ।
युवाहरूलाई "रेमिट्यान्स उत्पादक कम्पनी"का रुपमा प्रयोग गर्ने सरकारले ती अप्ठेरोमा परेका नेपाली युवाहरूलाई सकुशल स्वदेशमा फिर्ता गर्न सकेन,धिक्कार छ तिमीहरूलाई ।
🥲

26/09/2023
10/09/2023

मेयर सावलाई प्रश्नै सोध्न नहुने ? हिटलरको फासीवादी शासन कथामा सुनिएको थियो, यहाँ त वास्तवमै पो देखिन थाल्यो । प्रश्न सोधेकै आधारमा धरानमा अशोक लिम्बू पक्राउ पर्छन् । कोशीमा एक प्रदेश सासंदलाई खुलेआम ज्यान मार्ने धम्की दिइन्छ । देशमा फासिष्ट बढ्नु चिन्ताजनक छ । जनताको अधिकार कुण्ठित हुँदैगएको छ । लोकतन्त्रको घाटी निमोठिएको छ । कानुन निरीह छ ।
©

10/09/2023
 #मृत्यु_पछिको_कल्पना😢😢😢बिहानै गाउँमा हल्ला फैलिन्छ फलानो त मरेछ! छरछिमेकीहरू भेला हुन्छन् । रुँदारुँदै बेहोस भएकी मेरी ...
29/07/2023

#मृत्यु_पछिको_कल्पना😢😢😢

बिहानै गाउँमा हल्ला फैलिन्छ फलानो त मरेछ!
छरछिमेकीहरू भेला हुन्छन् ।
रुँदारुँदै बेहोस भएकी मेरी आमालाई सम्हाल्ने
प्रयास गर्छन् केही महिलाहरू।
जस्तोसुकै परिस्थितिमा पनि आफूलाई अनि पुरै परिवारलाई सम्हाल्न सक्ने मेरो बुबा आज आफूलाई सम्हाल्न नसकेर मेरो लास लाई हेर्दै बरबर आँसु झार्नुहुन्छ।
गलत बाटोमा लाग्ला भनेर आफ्नो भन्दा मेरो धेरै ख्याल गर्ने मेरो दाजु आज मेरो लास हेर्न नसकेर कुनै कुनामा बसेर रुन थाल्छन् ।
आफूलाई भन्दा धेरै माया गर्ने मेरा दिदिबहिनी मेरो लास लाई झम्टिदै रुन थाल्छन्।
गाउँका मानिसहरू भेला भएर जति सक्दो छिटो मेरो लास लाई पार लगाउने तयारिमा लाग्छ्न्।
मैले लगाएका कपडाहरु फुकाल्न थालिन्छ।
म सुत्ने गरेको बिस्तारा सबै सफा गरिन्छ।
मसँग सम्बन्धित हरेक कुराहरू खोलामा बगाउन जम्मा पारेर राखिन्छ।
मेरो शरीरमा कात्रो ओढाइन्छ।
बाँसको अर्थिमा मेरो लास लाई राखेर माथिबाट बाँसको हरियो चोयाले कसिन्छ।
बिहेमा जन्ती जान तयार भएजस्तै सबैजना मलामी जान तयार हुन्छन्।
त्यही मलामिको भीडमा एउटा मेरै गाउँको व्यक्ती आफ्नो गोजीमा तास बोकेर आउँछ।
किन तास बोकेर आएको भन्ने प्रश्नमा उसले उत्तर दिन्छ ”त्यत्रो बेर लास नजलुन्जेल के गरेर बस्नु त्यहाँ ?”

केही छिनमा मेरो
लास लगेर कुनै नदिको किनारमा बिसाइन्छ।
म आफ्नो लास हेर्दै सोच्न थाल्छु “मेरो मृत्युले कसलाई फरक पर्यो यहाँ ?
”मेरा सबैभन्दा मिल्ने साथीहरूले पनि १ हप्तामै मलाई बिर्सनेछन्। कहिलेकाहीँ कतै जाँदा कहिकसो उनीहरूको यादमा आउने गर्छु म।
म तिमी बिना बाँच्नै सक्दिन भन्नेले २, ४ महिनामै अर्कैसँग माया प्रेममा मस्त भएको देख्छु म।
फेसबुकमा Miss you लेखेर पठाउनेहरू RIP लेखेर आफ्नो कर्तब्य पूरा गरेको देख्छु म। मानौ उनीहरूको RIP ले मलाई स्वर्गमा एउटा सिङ्हासन मिल्ने छ।

लास जलाउने समय हुन्छ।
मेरो लासलाई दागबत्ती दिँदा मेरो बुबाको मनमा के गुज्रिएको होला। जुन हातले समातेर मलाई हिँड्न सिकाउनु भयो, जुन हात समातेर मलाई लेख्न सिकाउनु भयो, जसको बोली सुनेर मैले बोल्न सिकेँ आज त्यही व्यक्तिलाई आफ्नै हातले जलाउँदा सायद मनमा मेरो बुबा जिउँदो पक्कै पनि हुनुहुन्न।🥺❤

यो दिन देख्नको लागि पक्कै पनि मेरी आमाले मलाई जन्म दिनु भएको थिएन। म मर्नुको सट्टामा बरु आफै मरेको भए हुन्थ्यो भनेर सोच्नने केवल मेरा बुबा आमा मात्र हुनुहुन्छ ।

म अहिले सोच्छु आखिर किन गरेँ मैले आत्महत्या?
कुनै एउटा केटीको मायामा धोका पाएर?
मैले भनेको कुरा मेरा बुबा आमाले पूरा गर्न नसकेर?
मैले रोजेको व्यक्तिसँग बिहे गर्न नपाएर?
मैले आफ्नो पढाइमा सफलता नपाएर?
म जान खोजेको देशमा जान नपाएर?
सामाजिक संजालमा मेरो बदनामी भएर??

मृत्यु पछि म प्रष्ट देख्न सक्छु मेरो मृत्युले कसैलाई फरक परेन।
सबैको जिन्दगी जस्तो थियो उस्तै चलिरहेछ। फरक पर्यो त केवल मेरा बुबाआमा, मेरा दिदिबहिनी अनि मेरा दाजुभाइलाई।
मलाई धोका दिने व्यक्ति आफ्नै नयाँ प्रेमी सँग मस्त छ।
मेरो इच्छा पूरा गर्न मेरा बुबाआमा रात दिन खट्नु हुँदोरहेछ।
मैले बिहे गर्ने भनेको व्यक्ति म भन्दा पनि राम्रो व्यक्ति पाएर मख्ख छ।
दुनियाँमा फेल हुने, म मात्र होइन रहेछ। हरेक सफल व्यक्ति कुनै न कुनै समयमा अवस्य पनि फेल भएको रहेछ।
मैले मेरै देशमा पनि मिहिनेत गर्न सके भने सफलता पाउन सक्दो रहेछु।
मेरो बदनामिको समाधान मेरो मृत्यु होइन रहेछ।
मेरो मृत्युले मलाई सामाजिक संजालमा मेरो बदनामि गर्नेहरूलाई अझै हौसला दिने रहेछ। त्यसको समाधान त डटेर गर्नुपर्ने रहेछ।
तर म फर्किएर जान सक्दिनँ, रोइरहेका मेरा आमाबाबुको आँसु देखे🥺❤
(मन परे १ सेयर गरिदिनु होला🙏🏻 )

✍️दिनेश सिम्खडा

My favourite weather ❤❤ n your??
14/07/2023

My favourite weather ❤❤ n your??

Address

Katmandu

Website

Alerts

Be the first to know and let us send you an email when Anju Senchury posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share