EG-Tech Pvt. Ltd.

EG-Tech Pvt. Ltd. Nepalese organization registered in Company registrar as per the prevailing company act in Nepal.

19/07/2024

Geo-Hazard presentation by Dr. Subodh Dhakal
Now happening !
Please join all interested!
https://us06web.zoom.us/j/96386338524 (Passcode: 2022)

Zoom is the leader in modern enterprise video communications, with an easy, reliable cloud platform for video and audio conferencing, chat, and webinars across mobile, desktop, and room systems. Zoom Rooms is the original software-based conference room solution used around the world in board, confer...

08/06/2024

अबको ठिक ३० मिनेटमा कार्यक्रम शुरु हुनेछ - वन तथा वातावरण साहित्यिक समूहको दोश्रो बार्षिक कार्यक्रम तथा कविता वाचन !

सबैलाई हार्दिक निमन्त्रणा !

नेपाली समय: साँझ, ७:०० बजे | EST: 9:15 AM | MST: 7:15 AM
जुम: https://tinyurl.com/vatavaran
Meeting ID: 984 130 2139

हामी फेसबुक लाईभमा पनि हुने छौं ! जोडिन सक्नु हुनेछ |

Zoom is the leader in modern enterprise video communications, with an easy, reliable cloud platform for video and audio conferencing, chat, and webinars across mobile, desktop, and room systems. Zoom Rooms is the original software-based conference room solution used around the world in board, confer...

21/03/2024

आज -
विश्व कविता दिवस !
विश्व सर्भेक्षक दिवस !!
अन्तराष्ट्रिय वन दिवस !!!
एकै दिन !
सम्पूर्णमा शुभकामना !


हार्दिक धन्यवाद कल्पलता द्वैमासिक !
28/02/2024

हार्दिक धन्यवाद कल्पलता द्वैमासिक !

23/02/2024

आज धेरै सम्झेको - बुद्ध

(बुद्धसंग सम्बन्धित साहित्यिक कृतिको जानकारी दिनु होला )
१. बुद्दकालीन समाज - उमाकान्त पौड्याल, २. बुद्द कहिं छैन - ध्रुब मधिकर्मी ३. बुद्द बाटोमा भेटिंदैन --

लघुकथा: जिद्दी केटो र सालक  - हार्दिक धन्यवाद Dfo Dhading and Bishnu Prasad Acharya !
15/02/2024

लघुकथा: जिद्दी केटो र सालक - हार्दिक धन्यवाद Dfo Dhading and Bishnu Prasad Acharya !

Hot topic in the town!
29/01/2024

Hot topic in the town!

आज मिति २०८० पौष १३ गते नेपाल श्रस्टा समाजको  पाटन संग्रहालयमा आयोजित कवि गोष्ठीमा पर्यावरणीय कविता पस्कने मेरो सानो प्र...
29/12/2023

आज मिति २०८० पौष १३ गते नेपाल श्रस्टा समाजको पाटन संग्रहालयमा आयोजित कवि गोष्ठीमा पर्यावरणीय कविता पस्कने मेरो सानो प्रयास ! धन्यवाद Bryan Hitan ज्यू !

कविता: नदीहरुको वेदना
- डा. हिमलाल श्रेष्ठ, कटुन्जे, भक्तपुर |

हिमालको हिमाग्नी हुँदै
जव बग्दछे सरिता
हण्डर ठक्कर र रुमानी
उसको भाग्य बन्दछ |

ऊ भाग्दछे
कहिले बनेलीको काखै काख
कहिले जुनेलीको रातै रात
छँगछँग बग्छे छहरामा
कहिले अल्मलिन्छे पहरामा
लुक्छे
सुस्ताउँछे
कहिले हानिन्छे

आँशुमा हेलिंछे
घर गाउँको चपेटामा चेपिन्छे
सभ्यताको सफाचटमा हेपिन्छे
सहेर अनेक ठक्कर
बगिरहन्छे |

बगिरहन्छे सभ्यताको नदी भै
संस्कृतिको मूल झैं
निरन्तर बग्दछे
सभ्यता र भव्यतालाई समेट्छे
आफु हेलिंछे, छलिंछे र तर्सिन्छे
आफु जस्तै बगाउन्छे
मानिसहरुका उहापोह !

पहाड खस्छन्
पहिरोले थुनिन्छ
बाँधहरुले छेकिन्छ
गह्रा कान्लाहरुमा डुलाउँछन्
र जीवन चलाउँछन् |

डुङ्गा चलाउँछन्
कोकोहोलो गर्छन्
जल शयर गर्छन्
कोहि रमाउँछन्
कोहि कमाउँछन् |

कोहि धर्मको नाममा
कोहि सभ्यताको नाममा फोहोर गर्छन्
कोहि सरिता कै नाममा राजनीति गर्छन्

तब बोल्छे सरिता -
खुब दुख झेलें
सागर बाबु !
अब म,
तिमीमा लीन हुन चाहन्छु
तिमी मै बिलिन हुन चाहन्छु |

05/12/2023

लघुकथा: कोप-२८ सम्मेलन

डा. हिमलाल श्रेष्ठ
अश्राङ्ग, गोरखा (हाल: कटुन्जे, भक्तपुर )
मानिसहरु ओहोर दोहोर गरिरहेका छन् | धेरै नचिनिएका छन्, कोहि कोहि चिनेका भेटिए पनि बोल्ने फुर्सद नभएको भाव देखेपछि चिनेकाहरू तर्केर हिडिरहेका छन् | बुर्जखलिफाको आँगनमा अनि लिफ्टमा भेटिएका नयाँ अनुहारसँग भने अनुहारमै आँखा टाँसी-टाँसी बोल्ने र नजिकिने जमर्को चलिरहेकै हुन्छ |
कोप सम्मेलन चलिरहेको एक्स्पो सिटिको रौनक छाडेर ४० किमिको दुरीमा रहेको बुर्जखलिफा पुग्ने हुटहुटिले मलाई अत्याधुनिक मेट्रो रेलको ढोकासम्म पुर्यायो |
ढोकामा पुग्नु के थियो र आफसे आफ पाइला आघि बढ्यो र मेट्रोको डब्बा भित्र पुग्यो | शुरुमा एक दुइ जना मात्र उभिएका थियौं | पछि भिडभाड बढ्दै गयो | उभिनेको लहरमा मार्था भेटीइन् | औपचारिकताका दुइ चार कुराहरु भयो | एक अर्काको चियो चासो भयो | उनले चासो अघि बढाइन् – ‘ ओ! मिष्टर हिम ! तिमि कोप-२८मा आएको ! तिम्रो यसमा भूमिका के छ ?’
मैले नजिकिने दौरानमा भनें – ‘हेर मार्था, यो कोपको मिटिंग त उच्च अधिकारीहरुको बिचमा चलिरहेको छ | तथापि ग्रीन जोनमा मेरो कार्य पत्र प्रस्तुत गर्नु छ |’
उनले जिज्ञासा राखिन् – ‘तिम्रो कार्यपत्रको शिर्षक या बिषय के हो नि ?’
मैले हौसिंदै जवाफ दिएँ – ‘ कार्बन उत्सर्जन घटाउन मानवीय पहल | ‘
उनले सन्तोषको सास फेर्दै भनिन् – ‘ राम्रो काम ! मलाई यो क्षेत्रमा यसरी काम गर्ने मित्र भेट्दा खुशी लाग्छ |’
मैले आफ्नो काम पुरै नभन्दै पनि बुझ्ने व्यक्ति भेट्दा कता कता मनमा खुशी पलायो | तर अन्यमन्यस्कमा परें | उनलाई कार्वनमा काम गर्ने मान्छे भेट्दा किन खुशी लागेको होला | मैले भनें – ‘ मार्था तिमीलाई यो बिषय थाहा छ ?’
‘बिल्कुल थाहा छ |’ – उनको सरल जवाफ थियो |
मलाई भने अब कुरा गर्ने बिषय सकिएको हो कि जस्तो भान भयो |
‘बुर्ज खलिफा आइ पुग्न लागेको हो मार्था ?’ भनेर सोधें |
उनले फेरी सरल जवाफ फर्काइन् – ‘ हो हिम ! तिमि अबको दोश्रो स्टेशनमा ओर्लन सक्छौ | म चाहिँ अबको स्टेशनमा ओर्लन्छु | दुबई र बुर्ज खलिफाको आनन्द लिनु |’
‘अँ साँची तिम्रो पेशा चाहिँ के हो ?’
मैले छोटो जवाफ दिएँ – ‘वन बिज्ञान र वन व्यबस्थापन !’
उनले हात हल्लाउँदै भनिन् – ‘ मेरी हजुर आमा पनि वन विज्ञान पढेर त्यसमै काम गर्थिन् | तिमीले सोधिनौ | म चाहिँ एअरलाइन्समा काम गर्छु, पाइलटको रुपमा | जव म आकाशमा जहाज उदाउँदै हुन्छु | म मेरी हजुर आमाको हरित अभियान सम्झन्छु एकातिर भने अर्कोतिर मेरो यथार्थ तुलना गर्छु कि म भने आकासमा कार्वन उत्सर्जन गरिरहेको छु |’
यो वार्ता चुपचाप नेपालबाट आएकी मिडियाकर्मीले सुनिरहेकी थिइन् |
म धेरै बोल्न नपाउँदै | उनको र मेरा हातहरुले ‘बाइबाइ’ भन्दै विदाईको जनाऊ दिईरहेका थिए |

२०८० मङ्सिर १६ |

30/06/2021

Himalayan Conservation Group (HICOG), Pokhara would like to invite all interested to participate in the Webinar on "Discourse on Disaster, Conservation and Natural Resources Extraction in Mountain Ecosystems".

July 5, 2021 6 PM NPT
[6:15 AM MST, 8:15 AM EST]
२०७८ असार २१ सोमबार साँझ ६ बजे |

Panelists
Dr. Rabin Niraula, Nepal (Disaster & Environment)
Dr. Ngamindra Dahal, Nepal(Climate Change & Environment)
Prof. Achyut Sharma, USA (EIA & Public Health)
Dr. Narayan Rajbhandari, USA (Watershed Management)

Moderators:
Dr. Jyoti Bhandari (Forestry)
Dr. Rishi R. Bastakoti (Environmental Policy)
Dr. Him L. Shrestha (GIS &Environment)

Participation
Zoom Link: Meeting ID: 984 130 2139 Passcode: hicog2021
https://tinyurl.com/hicogzoom
Facebook Live: https://tinyurl.com/hicoglive

Address

Kopundol
Lalitpur
3409

Alerts

Be the first to know and let us send you an email when EG-Tech Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share