People who like this page go die on laughing :p

People who like this page go die on laughing :p It's all about fun and entertainment.You will die of laughing by the post posted in this page. You really can't stop yourself from laughine aware

19/12/2016

पुन्टे सेरेको डिमाग
एकपटक शेरेको छोरा भेडा चराउँदै थियो। त्यहींबाट दुई जना टुरिस्ट कतै जाँदै थिए। यत्तिकैमा एक जनाले शेरेको छोरासँग सोध्यो।
टुरिस्ट ः ओ भाइ यो भेडाले कति दूध दिन्छ ?
शेरेको छोरा ः कुनचाहिँ, सेतोले कि कालोले ?
टुरिस्ट ः सेतोले
शेरेको छोरा ः दुई माना
टुरिस्ट ः अनि कालोले नि ?
शेरेको छोरा ः यसले नि दुई माना दिन्छ।
टुरिस्ट ः अनि ऊन चाहिँ कति दिन्छ नि ?
शेरेको छोरा ः सेतोले कि कालोले ?
टुरिस्ट ः कालोले
शेरेको छोरा ः एक किलो
टुरिस्ट ः अनि सेतोले नि ?
शेरेको छोरा ः एक किलो
टुरिस्टलाई झनक्क रिस उठेछ र भनेछ ः जब दुईवटैले बराबर दिन्छन् भने किन सेतो र कालो, सेतो र कालो गर्या नि ?
शेरे ः सेतो मेरो बुबाको हो क्या !
टुरिस्ट ः अनि कालो चाहिँ ?
शेरेको छोरा ः त्यो पनि मेरो बुबाकै हो।

17/12/2016

एउटा मान्छे मरेछ र यमलोकमा पुगेछ!!! उ नर्कमा जानुपरेछ र उसले त्यहा थाहा पाएछ कि नर्क पनि देश अनुशार हुने रहेछ , उ पहिला अमेरिकाको नर्कमा गएछ र एकजनालाई सोधेछ "यहाँ के गर्छ ?" र तेस्ले भनेछ " सबभन्दा पहिला तलाई ( करेन्ट )बिधुतिय कुर्सीमा 1 घण्टा सम्म बाँधेर राक्छ!!! तेस्पछि तलाई किलै किला भाको खाटमा अर्को एक घण्टा रक्छ अनि अमेरिकन भूत आएर धुस्नु पिट्छ!!! यो सुनेर त्यो मान्छेलाई डर लागेछ र अर्कै देशको नर्कमा भागेछ। तर जुन देशको नर्कमा गयो त्यहा त झन् अमेरिकाको नर्क भन्दा पनि भयङ्कर सजाय हुने रहेछ । उ सबै नर्कबाट भाग्दै उ नेपालको नर्कमा पुगेछ र उसले त्यहा त एकदमै लामो मान्छेको लाइन देखेछ!! अनि एकजनालाई सोधेछ "यहाँ के गर्छ ?" र तेस्ले भनेछ " सबभन्दा पहिला तलाई ( करेन्ट )बिधुतिय कुर्सीमा 1 घण्टा सम्म बाँधेर राक्छ!!! तेस्पछि तलाई किलै किला भाको खाटमा अर्को एक घण्टा रक्छ अनि नेपाली भूत आएर धुस्नु पिट्छ!!! यो सुनेर छक्क पर्दै सोधेछ " यहाँ त अमेरिकाको नर्कमा जस्तै हुनेरहेछ त , अनि किन सबैजना यहाँ लाइन बसेको ? अनि तेस्ले भनेछ "यो नेपालको नर्क हो, यहाको व्यबस्थापन येति खत्तम छ कि त्यो बिधुतिय कुर्सीमा लोड सेडिङ्ले गर्दा करेन्ट नै आउदैन , त्यो किलै किला भाको खाटको किला पनि चोरेर लागिसक्यो अनि त्यो नेपाली भूत पनि पहिलाको सरकारी कर्मचारी रहेछ खाली 1 घण्टा ढिलो आउछ हाजिर गर्छ अनि जान्छ।

13/12/2016

सेरे बर्खर गाउँवाट आको रैछ उस्लाई TV हेर्न मन लागेर TV पसलमा TV किन्न गएछ्..
सेरे:- त्यो TV को मूल्य कति हो ??
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन .....
सेरे १ महिना पछि केश र दाह्री काटेर
राम्रो भएर फेरी जान्छ ..,
सेरे:- त्यो TV को मूल्य कति हो ????
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन....
सेरे १ महिना पछि सुट बुट लाएर राम्रो भएर
फेरी जान्छ अनि ENGLISH मा भन्छ
सेरे:- WHAT is THE COST Price OF THAT
TV ?
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन....
सेरे रिसाएर भन्छ :- तपाइलाई
कसरि थाहा हुन्छा कि म पाखे हु भनेर ????
पसले :- किनकि यो TV
होइन ......... यो "MICROWAVE"
हो ............... .

03/12/2016
:-D
02/04/2016

:-D

21/02/2016

जसलाई अथाह माया गरिन्छ, उसले आफ्नो माया पटक्कै बुझ्दैन। जसले आफुलाई माया गर्छ, उसको माया आफुलाई पटक्कै रूच्दैन।यो माया भन्ने चीज यस्तै हो!

21/02/2016

फोन उनले उठाउदिनन्, माफि टेलिकमको
दिदिले माग्छिन ।
# अचम्म_दुनिया !! :-D

04/12/2015

घरको ढोका खोल्यो अनी काँधमा बोकेर
बजार तिर गयो..
एउटा मान्छेले सोध्यो :- ओ शेरे के
हो ढोका बेच्न हिंडेको हो कि क्या हो ?tl?
शेरे :- ताला खोल्न लगेको हौ,चाबी हराएर
नहाँस जोक अझै बाँकी छ
त्यो मान्छे ले फेरी भन्यो :- अनी घरमा चोर
पस्यो भने नि ??tl??
शेरे :- हा हा हा भित्र कसरी जान्छ र
ढोका त मैले ल्याएको छु .....

Address

Pokhara

Telephone

+9779846651896

Website

Alerts

Be the first to know and let us send you an email when People who like this page go die on laughing :p posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share