08/10/2025
मेरा घरका जेन्जीहरु-
१ ) बिहान ९,१० बजे सम्म सुति रहने , न उठाउने हो भने ११,१२ बजे सम्म पनि सुति रहन सक्ने
२) उठि सके पछि मोबाइलमा झुम्ने
३) हरियो साग पात देखे पछि वाक , वाक लाग्ने , अन्डा ब्रोइलरको कुखुराको मासु खोजी रहने
४) आफ्नो कोठामा फोहोर सोफा अथवा कार्पेट मुनि राखेर सफा देखाउने
५) बिदेश वा स्वदेशी कन्टेन्ट , क्रियटर वा टिक टक वा फेसबुक पेजमा कति फलोर्स छ्न थाहा पाउने
६) घरको खाजा खान नमान्ने तर अनलाइन बाट पिज्जा, म:म मगाएर खान रुचाउने
७) संसारका धनी मानिस एलन मस्क वा मुकेश अम्बानीको व्यापार थाहा पाउने तर आफ्ना बाउ , आमाले कहाँ बाट ल्याएर स्कुलको फि तिर्छ थाहा नहुने
८) घर तर्फको नाता भित्रका मानिस प्राय : नचिन्ने चिने पनि खासै आत्मीयता नराख्ने
९) उन्साठी भनेको कति हो थाहै नहुने fifty nine भने पछि बुझ्ने
१०) रातको १ बजे सम्म न सुत्ने मोबाइल मै रमाउने
११) कक्रोच देखे पछि बाघ आए झै कराउने कोठामा मुसो देखे पछि २,३"दिन सम्म त्यो कोठामा एक्लै नपस्ने
१२) बोल्दा खेरी बिच बिचमा त्यो पनि ...like है ...जस्तो थेगोमा आधा नेपाली आधा अङ्ग्रेजी बोल्ने
१३) आफ्नो लुगा धुन त परै जाओस धुने मान्छेलाई दिन समेत नसक्ने कुना तिर खादेर राख्ने
१४ ) छोराको कपाल करङ्ग खुस्किएको छाता जस्तो झाक्रिको जस्तो लामो बनाउने
१५) छोरी कपाल रङ्गाएर सुकेको पराल जस्तो बनाएर भाडा धुने बेला, बेलामा ऐना हेरेर समय बर्बाद पार्ने
१६) ताल परे १ हप्ता न नुहाउने बरु जिउ नै गनाओस अत्तर छर्केर हिडने ।
१७ ) काम अर्हाए झनक्क झन्कीने करैले गर्नु परे आधा उधि गर्ने
१८) एउटा मोटर साइकल वा स्कुटिमा ४ जना बसेर रकेट जस्तो स्पिडमा कुदाउने सडकमा जनाबरहरु सुतेका हुन्छ्न कुल्चेर हिडने
१९ ) परिवार संग बोल्न समय नपाउने , करैले बोले अ, हो मात्रै भन्ने त्यो पनि झर्को फर्को गर्दै
२०) २,४ दिन्को फरकमा बाहिर घुम्न जानू पर्ने धेरै मोबाइल नचलाउन भन्दा रिसले मोबाईल नै पछारी दिने भाडा बर्तन ठटाउने ।
अरु पनि थप्दै जानुहोला