Asia Press

Call Website Contact the business

Asia Press Asia Press
Independent News📰
Truth • People • Nation

गगन थापालाई धेरै महत्त्व नदिऔँ, उनको कुरै नगरौँ : शशांक कोइरालानेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गगन थापाको अना...
07/11/2026

गगन थापालाई धेरै महत्त्व नदिऔँ, उनको कुरै नगरौँ : शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गगन थापाको अनावश्यक आलोचना गरेर उनलाई झन् चर्चित बनाउन नहुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र कसैलाई राजनीतिक खलनायक बनाउने प्रवृत्ति गलत भएको बताए। कोइरालाले गरिबी, अशिक्षा र बेरोजगारीलाई कांग्रेसको वास्तविक चुनौती भन्दै यी समस्याविरुद्ध लड्न पार्टी एकजुट हुनुपर्नेमा जोड दिए। साथै, १५औँ महाधिवेशनलाई पार्टीको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे।

नेपाली समाजले थप घृणा होइन, प्रेम र सद्भाव खोजिरहेको छ : गगन थापाललितपुरमा नेपाल संवत् ११४७ को अवसरमा आयोजित कार्यक्रममा...
07/11/2026

नेपाली समाजले थप घृणा होइन, प्रेम र सद्भाव खोजिरहेको छ : गगन थापा

ललितपुरमा नेपाल संवत् ११४७ को अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न नसक्ने बताएका छन्। उनले समाजलाई एकताबद्ध बनाउन प्रेम, सद्भाव, आपसी विश्वास र सकारात्मक सोच आवश्यक रहेको बताए। मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्दै आधुनिक विकासलाई अघि बढाउनुपर्नेमा जोड दिँदै उनले प्रविधिभन्दा मानवीय सम्बन्ध, प्रत्यक्ष भेटघाट र सामाजिक एकतालाई प्राथमिकता दिन आग्रह गरे।

देउवाको गगनमाथि गम्भीर आरोप : ‘पैसामा पार्टी बेच्नेले कांग्रेस जोगाउन सक्दैन’नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउ...
07/11/2026

देउवाको गगनमाथि गम्भीर आरोप : ‘पैसामा पार्टी बेच्नेले कांग्रेस जोगाउन सक्दैन’

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाएका छन्। शनिबार काठमाडौं जिल्ला कांग्रेसको १५औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाए। निर्वाचन आयुक्तलाई धम्की दिइएको र १८ करोड रुपैयाँको चलखेल भएको भन्ने सार्वजनिक अभिव्यक्तिको निष्पक्ष छानबिन हुनुपर्ने उनको माग छ। सभापति गगन थापालाई लक्षित गर्दै देउवाले पैसामा पार्टी बेच्नेले कांग्रेस जोगाउन नसक्ने टिप्पणीसमेत गरे।

भोटेकोशी बाढीपीडितका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्तिकाठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत...
07/11/2026

भोटेकोशी बाढीपीडितका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति

काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्न पाउने भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै पूर्ण छात्रवृत्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाएको हो। पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ। मन्त्रालयका अनुसार क्रमशः थप विद्यार्थीको पहिचान गरी छात्रवृत्ति विस्तार गरिनेछ। विद्यार्थीले आफूले चाहेको विषयमा उच्च शिक्षा हासिल गर्न पाउनेछन्।

06/11/2026

५ मिनेटमा ओली आउने ।

06/11/2026

गुन्डुको पावर ।

यो वर्ष ७–८ अर्ब अनुदान आउन पनि गाह्रो छ : अर्थमन्त्री वाग्लेकाठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा...
06/11/2026

यो वर्ष ७–८ अर्ब अनुदान आउन पनि गाह्रो छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा नेपालले ७ देखि ८ अर्ब रुपैयाँ अनुदान प्राप्त गर्नसमेत कठिन हुने बताएका छन्। रसुवा बाढीबाट भएको क्षति तथा राहत र उद्धारसम्बन्धी संसदीय विशेष समितिको बैठकमा उनले यस्तो बताएका हुन्। सरकारले यस वर्ष ६१ अर्ब ७४ करोड रुपैयाँ अनुदान आउने अनुमान गरे पनि वास्तविक अनुदान करिब १० प्रतिशतमा सीमित हुने उनको प्रक्षेपण छ। उनले विकासका लागि सहुलियतपूर्ण ऋणको विकल्प कठिन हुँदै गएको बताए।

रवि लामिछानेलाई पत्रकारको प्रश्न– कुमार बेनमाथि छानबिन हुन्छ कि हुँदैन?काठमाडौं, कात्तिक २० — राष्ट्रिय स्वतन्त्र पार्टी...
06/11/2026

रवि लामिछानेलाई पत्रकारको प्रश्न– कुमार बेनमाथि छानबिन हुन्छ कि हुँदैन?

काठमाडौं, कात्तिक २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पत्रकारहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनमाथि छानबिन हुने वा नहुनेबारे प्रश्न गरेका छन्। इनम सापकोटाबाट बरामद मोबाइल फोन फरेन्सिक परीक्षणअघि दुई दिनसम्म बेनको घरमा राखिएको प्रहरी स्रोतको दाबी सार्वजनिक भएपछि पत्रकारहरूले यसबारे जिज्ञासा राखेका हुन्। जवाफमा लामिछानेले बेनले आपराधिक गतिविधि गरेको भए कारबाही किन नहुने भन्दै सरकारी निकायहरू कानुनअनुसार स्वतन्त्र रहेको बताएका छन्।

ममता काफ्लेको शव टुक्र्याएर फोहोरमा फालेको नरेश भट्टद्वारा अदालतमा स्वीकारअमेरिका, भर्जिनिया। नेपाली नर्स ममता काफ्ले भट...
06/11/2026

ममता काफ्लेको शव टुक्र्याएर फोहोरमा फालेको नरेश भट्टद्वारा अदालतमा स्वीकार

अमेरिका, भर्जिनिया। नेपाली नर्स ममता काफ्ले भट्टको बेपत्ता तथा हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्टले पत्नीको शव टुक्र्याएर फोहोरमा फालेको अदालतसमक्ष स्वीकार गरेका छन्। नोभेम्बर ५ मा भर्जिनियाको प्रिन्स विलियम काउन्टी अदालतमा चलिरहेको सुनुवाइका क्रममा उनले पावर स र चक्कु प्रयोग गरेर शव टुक्र्याएको तथा फोहोरका झोलामा राखेको बयान दिएका हुन्।

भट्टले सन् २०२४ जुलाई ३० मा पत्नीलाई घरको शयनकक्षमा अचेत अवस्थामा फेला पारेको र आफूले उनलाई बचाउने प्रयास गरेको दाबी गरेका छन्। उनले ममताको मृत्यु आत्महत्याका कारण भएको दाबी गर्दै आफूले हत्या नगरेको जिकिर गरेका छन्। तर शव लुकाएको र टुक्र्याएको कार्य स्वीकार गरेका छन्।

ममताको शव अहिलेसम्म फेला परेको छैन। अभियोजन पक्षले हत्या, शव लुकाउने र मृत शरीरको अपमानसम्बन्धी अभियोग लगाएको छ। भट्टले सबै अभियोग अस्वीकार गर्दै आएका छन्। उनको बयानपछि मुद्दा थप चर्चामा आएको छ। अदालतले अझै उनलाई दोषी ठहर गरेको छैन।

आइजिपी परिवर्तनबारे रवि लामिछानेको टिप्पणी : ‘सरकारले औचित्य पुष्टि गर्ला’राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछा...
05/11/2026

आइजिपी परिवर्तनबारे रवि लामिछानेको टिप्पणी : ‘सरकारले औचित्य पुष्टि गर्ला’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल प्रहरीका आईजीपी परिवर्तन गर्ने सरकारको निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै भएको बताएका छन्। बिहीबार चितवन पुगेका लामिछानेले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पार्टीले सरकारका सबै निर्णयमा समर्थन जनाउनुपर्ने बाध्यता नरहेको स्पष्ट पारे। आईजीपी प्रकरणमा पार्टी सन्तुष्ट वा असन्तुष्टभन्दा पनि सरकारले आफ्नो निर्णयको आधार स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो। सञ्चारमाध्यमका समाचार कक्षमा प्रहरी पुगेको घटनाबारे पनि पार्टीले सरकारसँग स्पष्टीकरण मागेको उनले बताए। आईजीपी परिवर्तन उक्त घटनासँग सम्बन्धित छ वा छैन भन्ने विषय सरकारले समय आएपछि स्पष्ट पार्ने लामिछानेले बताएका छन्।

Address

Jhapa District
44600

Alerts

Be the first to know and let us send you an email when Asia Press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Asia Press:

Shortcuts

Share