नेपाली गजल कविता

नेपाली गजल कविता नेपाली गलज

29/06/2026

गजल

मैले तिमी पाए भने, म खाली पाना खोज्छु,
मनका सबै अनुभूति लेख्ने बहाना खोज्छु।

शब्दहरू आफैं फूल बनी कापीभरि मुस्काउन्,
तिम्रो नामले सजिने एउटा तराना खोज्छु।

एउटा साधारण कलमले इतिहास लेखिदियोस्,
त्यसैको मसीमा डुबेको प्रेमको खजाना खोज्छु।

तिम्रो हाँसो अक्षर बनोस्, तिम्रो याद कविता,
हरेक हरफमा धड्किने मीठो अफसाना खोज्छु।

समयले मेट्न नसक्ने अमिट प्रेमको दस्तखत,
जीवनभर टिकिरहने त्यस्तो निशाना खोज्छु।

संसारले कथा भनून्, हामी गजल बनौँ,
तिम्रो साथले उज्यालिने नयाँ जमाना खोज्छु।

अब कमेन्ट मा भन्नुस् म को हुँ?

✍️लेखक:⁠- निखिल उप्रेती 'प्रेमविलासी'

लिच्ची चोर्ने तरिका
23/05/2026

लिच्ची चोर्ने तरिका

21/05/2026
21/05/2026

MAUSAM

19/05/2026

दिन्छौं कि दिन्नौ ध्यान त्यो तिम्रो मर्जी ।
हिटर बन्छौ कि फ्यान त्यो तिम्रो मर्जी ।।

जे जे भने पनि मत तिम्रै हो सानू ।
प्रेमी भन्छौं कि श्रीमान त्यो तिम्रो मर्जी ।।

Address

Dubai

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली गजल कविता posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share