27/05/2026
सेवोक NH10 जंगलमा बस र ट्याक्सी आमनेसामने ठोक्किँदा दुर्घटना, चालक गम्भीर घाइते
सिलिगुडीतर्फ जाँदै गरेको ट्याक्सी WagonR (SK 01 T 4084) र ग्याङटोकतर्फ जाँदै गरेको SNT अण्डरटेकिङ यात्रुवाहक बस (SK 01 B 0497) बीच सेवोक NH10 को जंगल क्षेत्रमा आज आमनेसामने ठोक्किँदा भीषण दुर्घटना भएको छ।
दुर्घटनामा WagonR का चालक गम्भीर रूपमा घाइते भएका छन्। त्यस्तै, बसका चालकसहित केही यात्रुहरू पनि घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनापछि स्थानीय प्रशासन तथा उद्धार टोली घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेको बताइएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।