Panbu web

Panbu web गाउँघर तथा देश विदेशका खबरहरू प्रसारणको निम्ति Panbu Web (पन्बु सन्जाल) सँग सम्पर्क गर्न सक्नुहुनेछ ।

27/08/2026

कालेबुङका जेन्जीहरूले गरे कालेबुङको गोर्खाल्यान्ड सङ्कल्प र्‍यालीमा सहभागी बनिदिने आह्वान

"हाम्रो भविष्य अब हामी आफैले बनाउनु पर्ने रहेछ":

-शैलेस राई

27/08/2026

बाडले ल्याएको माछा नेपालमा

अन्ततः समातिए बाढीमा ज्यान गुमाएकाको सुन निकाल्ने दुई !बाढीमा ज्यान गुमाएकाको सुन निकाल्ने दुई जनालाई प्रहरीले नियन्त्रण...
27/08/2026

अन्ततः समातिए बाढीमा ज्यान गुमाएकाको सुन निकाल्ने दुई !

बाढीमा ज्यान गुमाएकाको सुन निकाल्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले बाहिरिएको भिडियोको अधारमा पहिचान गरेर चितवनबाट दुई जनालाई नियन्त्रणमा लिएको हो।

बिहिबार बाढीमा ज्यान गुमाएका व्यक्तिको शरीरबाट सुन निकालिरहेको उनीहरुको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो।

27/08/2026

#संकल्प र्‍याली गर्नेहरू, राष्ट्रिय सम्मेलन गर्नेहरू र गोर्खा मिलन समारोह गर्नेहरूलाई नरेन्द्र तामाङको दुई प्रश्न:
१. विगत ४० वर्षको संघर्षबाट तपाईंहरूले के सिक्नुभयो?
२. अब गोर्खाल्यान्ड प्राप्त गर्ने तपाईंहरूको ठोस रणनीति के हो?
नारा होइन—रणनीति देखाउनुहोस्।
भावना होइन—रोडम्याप देखाउनुहोस्।
आश्वासन होइन—परिणामको बाटो देखाउनुहोस्।
त्यसपछि हामी पनि तपाईंहरूसँगै गोर्खाल्यान्ड प्राप्तिको यात्रामा उभिनेछौँ।
नरेन्द्र तामाङ।

27/08/2026

नेपालको रसुवागढीबाट आएको बाडीले गर्यो डरलाग्दो क्षति।

बाढीले बगाए पनि बच्यो विवेकको ज्यान, तर चलेको छैन कम्मरमुनिको भाग!नुवाकोटको पिपलटारका २४ वर्षीय विवेक कुमाल बाढी आउँदा स...
27/08/2026

बाढीले बगाए पनि बच्यो विवेकको ज्यान, तर चलेको छैन कम्मरमुनिको भाग!

नुवाकोटको पिपलटारका २४ वर्षीय विवेक कुमाल बाढी आउँदा सेफ्टी ट्याङ्की बनाइरहेका थिए। साथीहरू भागे पनि उनी सेफ्टी ट्याङ्कीभित्रबाट निस्किने बित्तिकै बाढीले बगायो।

बाढीले बगाएपछि उनले बाँचिने आशा मारिसकेका थिए। तर बग्दाबग्दै उनी एउटा रुखमा अड्किए। बल लगाएर त्यहाँबाट उम्किन खोज्दा फेरि बाढीले उनलाई बगायो।

पछि उनी एउटा ढुंगामा बेस्सरी ठोक्किएर अड्किएपछि मात्र उनको उद्धार सम्भव भएको थियो।

हाल उनको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कम्मरमुनिको भाग नचलेका कारण आफू पूर्ण रूपमा निको हुन्छु कि हुँदिन भन्ने ठूलो चिन्ताले उनलाई सताइरहेको छ।

27/08/2026


विक्रम आदि राईले दिए नरेन्द्र तामाङलाई यस्तो सुझाव।

27/08/2026

नेपालमा आएको बाडको केही दृश्य

हाम्रो छिमेकी राष्ट्र नेपालका विभिन्न क्षेत्रमा अविरल तथा भारी वर्षाका कारण आएको बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट भए...
27/08/2026

हाम्रो छिमेकी राष्ट्र नेपालका विभिन्न क्षेत्रमा अविरल तथा भारी वर्षाका कारण आएको बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट भएको ठूलो जनधनको क्षतिको दुःखद् समाचारले हामीलाई अत्यन्त मर्माहत साथै निस्तब्ध बनाएको छ।

विशेषगरी नेपालको भोटेकोसी नदी यानी तिब्बत–नेपाल सीमावर्ती क्षेत्रमा आज आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनुहुने सम्पूर्ण प्रियजनप्रति सिक्किमेली जनताको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

यस अपूरणीय क्षतिको पीडामा रहेका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना तथा बाढीबाट प्रभावित, विस्थापित एवं आफ्नो घर, सम्पत्ति र जीविकोपार्जन गुमाउनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु।

यस कठिन अनि दुःखद् घडीमा प्रभावित जनताको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय, उद्धार तथा राहतकर्मीहरू एवं स्थानीय समुदायले गरिरहनुभएको निरन्तर, अथक अनि साहसिक प्रयासप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। विपत्तिमा परेका सबैको शीघ्र उद्धार, सुरक्षित पुनर्स्थापना र जनजीवनको यथाशीघ्र सामान्यीकरणको निम्ति कामना सहित प्रार्थना गर्दछौं।

नेपाल हाम्रो छिमेकी राष्ट्र मात्र नभई सांस्कृतिक तथा भावनात्मक सम्बन्धले गहिरोसँग जोडिएको आत्मीय राष्ट्र हो। त्यसैले नेपालमा कुनै पनि विपत्ति आइपर्दा त्यसको पीडा र दुःख हामी यस भेकका जनताले पनि उत्तिकै महसुस गर्दछौँ।

यस प्राकृतिक विपत्तिको सामना गर्ने शक्ति, साहस र धैर्यता सबै प्रभावित परिवारमा प्राप्त होस् भनि ईश्वर समक्ष प्रार्थना गर्दछौं। यस दु:खद अनि विकट घडीमा हामी सबै उहाँहरुको साथमा छौँ साथै सम्पूर्ण उपचाराधीन व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौं|

मुख्यमन्त्री प्रेम सिंग तामाङ

दार्जिलिङमा भ्रष्टाचारका मुद्दा उठाउँदै मुख्यमन्त्रीसँग अजय एडवर्ड्सको भेटदार्जिलिङ: दार्जिलिङ पहाडमा दशकौँदेखि व्याप्त ...
24/08/2026

दार्जिलिङमा भ्रष्टाचारका मुद्दा उठाउँदै मुख्यमन्त्रीसँग अजय एडवर्ड्सको भेट

दार्जिलिङ: दार्जिलिङ पहाडमा दशकौँदेखि व्याप्त भनिएको भ्रष्टाचार तथा अनियमितताका विषयमा अजय एडवर्ड्सले पश्चिम बंगालका मुख्यमन्त्री सुवेन्दु अधिकारीसँग भेटवार्ता गरेका छन्।

नवान्नस्थित मुख्यमन्त्रीको कार्यालयमा भएको भेटमा गृह सचिव संघमित्रा घोषको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा GTA तथा दार्जिलिङ नगरपालिकामा विपक्षीको भूमिकामा रहँदै उठाइएका विभिन्न भ्रष्टाचार तथा अनियमिततासम्बन्धी मामिलाबारे एडवर्ड्सले मुख्यमन्त्रीलाई जानकारी गराएका थिए।

एडवर्ड्सले राजनीतिक समाधान प्राप्त भए पनि भ्रष्टाचार अन्त्य नभएसम्म त्यसको वास्तविक लाभ आम नागरिकसम्म पुग्न नसक्ने बताएका छन्। उनले दार्जिलिङ पहाड भारतकै सबैभन्दा भ्रष्टाचार प्रभावित क्षेत्रमध्ये एक बन्दै गएको आफ्नो धारणा मुख्यमन्त्रीसमक्ष राखेको जनाएका छन्।

भेटमा GTA शिक्षक भर्ती तथा नियुक्ति, खाद्यान्न खरिद, SDRF कोषको कथित दुरुपयोग, Jal Jeevan Mission, अग्ला भवन निर्माण अनुमति, GTA सम्पत्तिको लिज, २०२३ को टिस्टा बाढी राहत, AMRUT योजना, PMAY तथा विभिन्न नगरपालिका सम्पत्तिको लिज र निर्माणलगायतका विषय उठाइएको थियो। PMGSY अन्तर्गत भएका सडक निर्माण कार्यको गुणस्तर तथा कथित अनियमितताबारे पनि छलफल भएको बताइएको छ।

एडवर्ड्सका अनुसार मुख्यमन्त्रीले यी विषयमा आवश्यक कारबाही अघि बढाउन GTA का प्रधान सचिव तथा सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।

मुख्यमन्त्री सेप्टेम्बरको पहिलो साता सिलिगुडी आउने र सो अवसरमा दार्जिलिङका यी मुद्दासहित अन्य महत्वपूर्ण विषयमा थप छलफल हुने एडवर्ड्सले बताएका छन्। उनले भ्रष्टाचार अन्त्य, पारदर्शिता र जवाफदेही शासनमार्फत मात्र दार्जिलिङ पहाडको वास्तविक विकास सम्भव हुने बताएका छन्।

Address

Rajshahi Division

Telephone

+917431873171

Website

Alerts

Be the first to know and let us send you an email when Panbu web posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Panbu web:

Shortcuts

Share