EPS Khabar Nepal

EPS Khabar Nepal Nepali in south korea Yo can send me mail

ईजरायल जाने प्रक्रिया  शुरु भैसकेको छ ,,  केयर गिभर भिसा Apply  गरेका हरु मध्य बाट 52 जना को भिसा जारि भैसकेको छ !👉️  E-...
20/08/2026

ईजरायल जाने प्रक्रिया शुरु भैसकेको छ ,, केयर गिभर भिसा Apply गरेका हरु मध्य बाट 52 जना को भिसा जारि भैसकेको छ !
👉️ E-7 भिसा मार्फत दक्ष कामदार हरु कोरिया लैजाने प्रकृया पनि केहि समय मा शुरु हुने पक्का रहेको छ ✈️🇰🇷
👉️ इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न करार सम्झौता गरेका नेपाली सहायक कामदारमध्ये ५२ जनाको भिसा जारी भएको छ । इजरायल दूतावासको कन्सुलर विभागबाट भिसा जारी भएका उनीहरूको राहदानी वैदेशिक रोजगार विभागमा प्राप्त भएको विभागले जनाएको छ ।
👉️भिसा जारी भएका ५२ जना कामदारले आफ्नो राहदानी वैदेशिक रोजगार विभागबाट प्राप्त गर्नुपर्नेछ । विभागले सम्बन्धित कामदारलाई आवश्यक प्रक्रिया पूरा गरी राहदानी लिन आग्रह गरेको छ ।
👉️इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि छनोट भएका नेपाली कामदारको भिसा प्रक्रिया चरणबद्ध रूपमा अघि बढिरहेको छ । भिसा जारी भएसँगै सम्बन्धित कामदारको इजरायल जाने प्रक्रिया थप सहज हुने अपेक्षा गरिएको छ ।
👉️सम्बन्धित ५२ जना कामदारले आफ्नो नाम तथा राहदानीसम्बन्धी विवरण यकिन गरी वैदेशिक रोजगार विभागबाट प्राप्त सूचनाअनुसार आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ ।

Inspirational: दक्षिण कोरियामा EPS मार्फत पुगेर कठिन कामसँगै अध्ययनलाई निरन्तरता दिएका टंकप्रसाद खनाल नेपाल फर्किएर त्रि...
20/08/2026

Inspirational: दक्षिण कोरियामा EPS मार्फत पुगेर कठिन कामसँगै अध्ययनलाई निरन्तरता दिएका टंकप्रसाद खनाल नेपाल फर्किएर त्रिभुवन विश्वविद्यालय सेवा आयोगको शाखा अधिकृत परीक्षामा सफल भएका छन्। स्वर्गीय बुबाको अन्तिम इच्छालाई प्रेरणा बनाउँदै उनले विदेशमा रहेर पनि अध्ययन जारी राखे र अन्ततः सफलता हासिल गरेका हुन्। आफ्नो सफलतालाई स्वर्गीय पिताप्रति समर्पित गर्दै खनालले यो यात्रामा साथ, हौसला र मार्गदर्शन गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। 🙏

2026 August-14 र 18 मा प्राप्त LC को संख्या निम्नानुसार रहेको छ:-Manufacturing: 206 जना ( 176 जना पुरुष, 30 जना महिला)-A...
19/08/2026

2026 August-14 र 18 मा प्राप्त LC को संख्या निम्नानुसार रहेको छ:
-Manufacturing: 206 जना ( 176 जना पुरुष, 30 जना महिला)
-Agriculture: 44 जना ( 33 जना पुरुष, महिला-11 जना )

2026 August-05 देखि August 18 सम्म प्राप्त LC को संख्या निम्नानुसार रहेको छ:
-Manufacturing: 1071 जना (971 जना पुरुष, 100 जना महिला )
-Agirculture: 63 जना ( 52 जना पुरुष, महिला-11 जना )

🇰🇷Total: 1134 जना ( 1023 जना पुरुष , 111 जना महिला )

तपाईको LC आयो त❓️🤔

19/08/2026

जानकारी! जानकारी! जानकारी!

राजदूतावासबाट प्रवाह हुने सम्पूर्ण सेवाहरुमध्ये राहदानी नवीकरण सम्बन्धी सेवाको लागि मात्र Online Appointment Book गर्नुपर्ने व्यवस्था रहेको छ। अन्य कन्सुलर सेवाहरु प्राप्त गर्नका लागि विहान ९:३० बजेदेखि दिनको २ बजेभित्र राजदूतावास प्रवेश गरिसक्नुपर्नेछ। राजदूतावासबाट प्रवाह हुने सेवाहरुको बारेमा जानकारी लिनका लागि राजदूतावासको Website: kr.nepalembassy.gov.np भिजिट गर्न सकिनेछ। अन्य केही जानकारी चाहिएमा राजदूतावासको Facebook Messenger मा Message गर्न सक्नुहुनेछ। तपाईंहरुको जिज्ञासाको प्रतिक्रिया १ कार्यदिन भित्र आउनेसमेत सम्बन्धित सबै सेवाग्राहीहरुमा जानकारी गराइन्छ।

धन्यवाद!

Eps शाखा ग्वार्को को अनुसान August 13 देखि 19 सम्म को Lc update निम्नअनुसार  रहेको छ !!👉️ manufacturing तर्फ 280 जना  जस...
19/08/2026

Eps शाखा ग्वार्को को अनुसान August 13 देखि 19 सम्म को Lc update निम्नअनुसार रहेको छ !!
👉️ manufacturing तर्फ 280 जना जसमा महिला 38 जना पुरुष 242 जना रहेका छ्न !
👉️ Agriculture तर्फ 53 जना जसमा महिला 9 जना पुरुष 44 जना रहेका छ्न !!
👉️ August 5 देखि 19 सम्म Manufacture तर्फ सबै गरि 1069 जना रहेका छ्न !!
👉️ August 12 देखि 19 सम्म 60 जना रहेका छ्न !!
#

At a korean restaurant
19/08/2026

At a korean restaurant

18/08/2026

18/08/2026

HRD Korea को वेबसाइटमा नेपालका लागि EPS-TOPIK CBT/PBT परीक्षा सम्बन्धी ४ वटा क्षेत्रको Schedule Update गरिएको देखिएको छ। 👇
1️⃣ Forestry (वन क्षेत्र)
2️⃣ Service (सेवा क्षेत्र)
3️⃣ Agriculture & Livestock (कृषि तथा पशुपालन)
4️⃣ Manufacturing (उत्पादन क्षेत्र)
📌 अहिले वेबसाइटमा Test Date भने Undecided देखिएको छ। त्यसैले परीक्षा मिति आधिकारिक रूपमा सार्वजनिक भएपछि थाहा हुनेछ।

#

korean grammer
18/08/2026

korean grammer

18/08/2026

EPS-TOPIK को लागि १०० महत्वपूर्ण शब्दहरू यहाँ छन्।

१. कृषि र पशुपालन (Agriculture & Farming - १५ शब्द)
१. 농장 - कृषि फार्म
२. 논 - खेत (धान खेत)
३. 밭 - बारी
४. 비닐하우스 - ग्रीनहाउस (प्लास्टिक घर)
५. 씨앗 - बीउ
६. 농약 - कीटनाशक औषधि
७. 비료 - मल
८. 재배하다 - खेती गर्नु / उब्जाउनु
९. 키우다 - पाल्नु / हुर्काउनु
१०. 수확하다 - बाली काट्नु / भित्र्याउनु
११. 소 - गाई/गोरु
१२. 돼지 - सुँगुर
१३. 닭 - कुखुरा
१४. 오리 - हाँस
१५. 사료 - दाना (पशुको आहारा)

२. उत्पादनमूलक क्षेत्र (Manufacturing - १५ शब्द)
१६. 작업 - काम (Work/Operation)
१७. 공구함 - औजार बाकस
१८. 전기드릴 - इलेक्ट्रिक ड्रिल
१९. 망치 - हथौडा
२०. 니퍼 - निपर (तार काट्ने औजार)
२१. 펜치 - पिलास (Pliers)
२२. 스패너 - रेन्च / स्प्यानर
२३. 용접 - वेल्डिङ
२४. 절단하다 - काट्नु (काट्ने मेसिनले)
२५. 구멍을 뚫다 - प्वाल पार्नु
२६. 조립하다 - फिटिङ गर्नु / जोड्नु
२७. 포장하다 - प्याकिङ गर्नु
२८. 불량품 - बिग्रिएको सामान (Faulty product)
२९. 완성품 - तयार भएको सामान
३०. 재고 - स्टक (Stock)

३. स्वास्थ्य र अस्पताल (Health & Hospital - १५ शब्द)
३१. 감기 - रुघाखोकी
३२. 기침 - खोकी
३३. 열 - ज्वरो
३४. 두통 - टाउको दुखाइ
३५. 치통 - दाँत दुखाइ
३६. 배탈 - पेट गडबडी
३७. 상처 - घाउ / चोट
३८. 연고 - मलम
३९. 밴드 - ब्यान्डेज
४०. 소독약 - एन्टिसेप्टिक (सफाई गर्ने झोल)
४१. 진찰 - जाँच (Check-up)
४२. 수술 - अपरेसन
४३. 입원 - भर्ना हुनु (अस्पतालमा)
४४. 퇴원 - डिस्चार्ज हुनु
४५. 처방전 - औषधि सिफारिस पत्र (Prescription)

४. कार्यालय र प्रशासन (Office & Admin - १५ शब्द)
४६. 서류 - कागजात
४७. 보고서 - रिपोर्ट
४८. 회의 - बैठक (Meeting)
४९. 결재 - स्वीकृति (Approval)
५०. 도장 - छाप (Stamp)
५१. 싸인 - हस्ताक्षर (Signature)
५२. 컴퓨터 - कम्प्युटर
५३. 복사기 - फोटोकपी मेसिन
५४. 팩스 - फ्याक्स
५५. 이메일 - इमेल
५६. 전화 - फोन
५७. 명함 - भिजिटिङ कार्ड
५८. 볼펜 - डटपेन
५९. 가위 - कैंची
६०. 풀 - गम (Glue)

५. क्रियापदहरू - भाग २ (Verbs Part 2 - २० शब्द)
६१. 물어보다 - सोध्नु
६२. 대답하다 - उत्तर दिनु
६३. 빌려주다 - उधारो दिनु
६४. 가르치다 - सिकाउनु
६५. 배우다 - सिक्नु
६६. 청소하다 - सफा गर्नु
६७. 정리하다 - मिलाउनु / व्यवस्थापन गर्नु
६८. 도착하다 - पुग्नु
६९. 출발하다 - प्रस्थान गर्नु
७०. 포기하다 - हार खानु / छोड्नु
७१. 성공하다 - सफल हुनु
७२. 실패하다 - असफल हुनु
७३. 준비하다 - तयारी गर्नु
७४. 연습하다 - अभ्यास गर्नु
७५. 운전하다 - सवारी चलाउनु
७६. 위험하다 - खतरा हुनु
७७. 조심하다 - होसियार हुनु
७८. 확인하다 - चेक गर्नु / पक्का गर्नु
७९. 바꾸다 - साट्नु / परिवर्तन गर्नु
८०. 결정하다 - निर्णय गर्नु

६. विशेषणहरू - भाग २ (Adjectives Part 2 - २० शब्द)
८१. 밝다 - उज्यालो हुनु
८२. 어둡다 - अँध्यारो हुनु
८३. 무겁다 - गरुङ्गो हुनु
८४. 가볍다 - हलुका हुनु
८५. 길다 - लामो हुनु
८६. 짧다 - छोटो हुनु
८७. 높다 - अग्लो हुनु
८८. 낮다 - होचो हुनु
८९. 빠르다 - छिटो हुनु
९०. 느리다 - ढिलो हुनु
९१. 가깝다 - नजिक हुनु
९२. 멀다 - टाढा हुनु
९३. 비슷하다 - उस्तै हुनु
९४. 다르다 - फरक हुनु
९५. 편하다 - आरामदायी हुनु
९६. 불편하다 - असुविधा हुनु
९७. 깨끗하다 - सफा हुनु
९८. 더럽다 - फोहोर हुनु
९९. 친절하다 - दयालु हुनु
१००. 유명하다 - प्रसिद्ध हुनु




Address

Incheon

Website

Alerts

Be the first to know and let us send you an email when EPS Khabar Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EPS Khabar Nepal:

Shortcuts

Share