01/08/2022
विषय: जानकारी सम्बन्धमा
कोरियाले यसै बर्षको अक्टोबर बाट ग्रामीण क्षेत्रहरूमा काम र बसोवास गर्न रुचाउने आप्रवासीहरूलाई आकर्षित गर्न F-2 भिषा दिने योजना बनाएको छ ।
जस अन्तर्गत दक्षिण कोरियाले तीव्र गतिमा घट्दै गएको जनसंख्याका कारण श्रमिक अभावको सामना गरिरहेका ग्रामीण क्षेत्रहरूमा काम र बसोबास गर्न आप्रवासीहरूलाई आकर्षित गर्ने योजना बनाएको हो ।
न्याय मन्त्रालयले तथाकथित क्षेत्र-विशेष (८९ क्षेत्रहरू) मा बस्न र काम गर्न चाहने विदेशी नागरिकहरूलाई यस वर्षको अक्टोबरदेखि उक्त भिषा दिनेछ ।
भिषाका मापदण्डहरु
१. कोरियाली भाषामा प्रवीणता
२. स्नातक डिग्री वा उच्च
नोट: परीक्षण परियोजनाको लागि न्याय मन्त्रालयले करिब पाँच क्षेत्रहरू छनोट गर्नेछ र सुरुमा जम्मा 500 विदेशी बासिन्दाहरूलाई F-2 भिसा प्रदान गर्नेछ। परीक्षण परियोजना एक वर्षको लागि अक्टोबर 2023 सम्म चल्नेछ, त्यसपछि अधिकारीहरूले यसलाई अन्य क्षेत्रहरूमा विस्तार गर्ने समीक्षा गर्नेछन्।
बिस्तृत जानकारीको लागि तलको लिंकमा हेर्नु होला
http://www.koreatimes.co.kr/www/nation/2022/07/113_333535.htmlutm_source=fa&fbclid=IwAR1DdFpoz7ehzfuf7k8Gs0o6rRUQP5yVXs5fAQvd8T0hX1wZlGPlAAcoDk
धन्यवाद!
गैर आवासीय नेपाली संघ,
राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया