ᤕᤠᤰᤌᤢᤱᤛᤠ ᤨ

ᤕᤠᤰᤌᤢᤱᤛᤠ
ᤨ ❝Hᴇʟʟᴏ Bᴇᴀᴜᴛɪғᴜʟ Pᴇᴏᴘʟᴇ, Tʜᴀɴᴋs ғᴏʀ Yᴏᴜʀ Lᴏᴠᴇ & Sᴜᴘᴘᴏʀᴛ. Sᴛᴀʏ Sᴀғᴇ & Kᴇᴇᴘ Sᴜᴘᴘᴏʀᴛɪɴɢ Us!💙❞
(1)

11/05/2026

सोल्टी सोल्टिनी छुट्टिने समयको भावुक दृश्य। 😢🤎

09/05/2026

याक्थुङ लिम्बुहरूको धान नाच अर्थात् (या?ला:ङ्) मा गाइने (पा:लाम साम्लो) सुन्दा साधारण जस्तो लागे पनि, यसको हरेक शब्दमा गहिरो अर्थ लुकेको हुन्छ र मानव सभ्यताको इतिहाससँग यसको गहिरो सम्बन्ध रहेको हुन्छ।

07/05/2026

लिम्बुनी भएपछि यतिको त हुनै पर्‍यो नि।
याक्थुङ (लिम्बु) विवाहमा बन्दुक पड्काउने परम्परालाई आज धेरैले केवल रमाइलो वा देखावटी संस्कारका रूपमा बुझ्ने गरेका छन्। तर यसको जरा हाम्रो पुर्खाहरूको इतिहास, वीरता, सामुदायिक चेतना र सांस्कृतिक अस्तित्वसँग गहिरो रूपमा जोडिएको छ।

प्राचीन लिम्बुवानका याक्थुङ पुर्खाहरू आफ्नो भूमि, समुदाय र पहिचानको रक्षाका लागि सधैँ सचेत र साहसी थिए। त्यतिबेला हतियार केवल युद्धका साधन मात्र थिएनन्, ती स्वाभिमान, जिम्मेवारी, सुरक्षा र अस्तित्वका प्रतीक पनि थिए। हाङ, तुम्याहाङ तथा स्थानीय अगुवाहरूले समुदायको रक्षा गर्दै स्वशासन कायम राख्ने परम्परा बोकेका थिए, जसको स्मरण आज पनि विभिन्न संस्कार र परम्परामा जीवित देखिन्छ।

विवाहमा बन्दुक पड्काउने चलन पनि त्यही ऐतिहासिक चेतना र वीर परम्पराको निरन्तरता मानिन्छ। नयाँ सम्बन्धको खुशीयाली गाउँभर सुनाउन, जन्तीको सम्मान गर्न, सामुदायिक एकता प्रकट गर्न तथा अशुभ शक्तिलाई टाढा राख्ने सांस्कृतिक विश्वासका कारण यो परम्परा विकास भएको पुर्खाहरूको मौखिक इतिहासमा पाइन्छ। सञ्चारको पहुँच नभएको समयमा ठूलो आवाजमार्फत शुभ समाचार फैलाउने माध्यमसमेत यही थियो।

त्यसैले विवाहमा पड्किने बन्दुकको आवाज केवल मनोरञ्जन मात्र नभई यो याक्थुङ सभ्यताको वीरता, स्वाभिमान, इतिहास र पुर्खाहरूको अस्तित्व बोकेको सांस्कृतिक प्रतीक हो।

आज समयसँगै धेरै परम्पराहरू हराउँदै गएका छन्। तर इतिहास बिर्सिने समुदायले आफ्नो पहिचान पनि बिस्तारै गुमाउँदै जान्छ। त्यसैले संस्कृति जोगाउनु भनेको केवल परम्परा जोगाउनु मात्र होइन, पुर्खाहरूले निर्माण गरेर छोडेको इतिहास, सभ्यता र अस्तित्वलाई सम्मान गर्नु पनि हो।

परापूर्वकालदेखि ऐतिहासिक तथा परम्परागत रूपमा लाग्दै आएको तङ्सुम् तङ्नाम् (त्रिसाली पूजा तथा मेला)–२०८३ पाँचथर जिल्लाको य...
07/05/2026

परापूर्वकालदेखि ऐतिहासिक तथा परम्परागत रूपमा लाग्दै आएको तङ्सुम् तङ्नाम् (त्रिसाली पूजा तथा मेला)–२०८३ पाँचथर जिल्लाको यास:क् (यासोक, कुम्मायक् गाउँपालिका) मा भव्य रूपमा आयोजना हुँदै आइरहेको छ। हरेक ३/३ वर्षमा लाग्ने यस ऐतिहासिक मेलाको मुख्य महत्व कुम्मायक्–कुस्सायक् दर्शन गरी आशीर्वाद ग्रहण गर्नुका साथै पालाम्को गायन, या?ला:ङ् (धाननाच) तथा च्याब्रुङ नृत्यमार्फत याक्थुङ (लिम्बु) भाषा, संस्कृति, परम्परा र सामुदायिक एकतालाई जीवन्त राख्नु रहेको छ।

मेलामा परम्परागत धार्मिक अनुष्ठानसँगै विभिन्न सांस्कृतिक, सामाजिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिनेछन्। याक्थुङ (लिम्बु) समुदायको मौलिक पहिचान र सभ्यतालाई उजागर गर्ने यस ऐतिहासिक मेलाले सबै जातजाति, भाषा, धर्म र समुदायबीच आपसी सद्भाव, भाइचारा, सांस्कृतिक आदान प्रदान तथा सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास लिइएको छ। तङ्सुम् तङ्नाम् केवल पूजा तथा मेलामा सीमित नभई सांस्कृतिक विरासतको संरक्षण, पुस्तान्तरण तथा सामुदायिक सहअस्तित्वको महत्वपूर्ण अवसरका रूपमा समेत परिचित रहँदै आएको छ। सधैँझैँ यस वर्ष पनि तङ्सुम् तङ्नाम् (त्रिसाली पूजा तथा मेला)–२०८३ पाँचथरको यास:क् क्षेत्रमा सभ्य र भव्य रूपमा सम्पन्न हुँदै आइरहेको छ।

आज बैशाख २४ गते ९६औँ किरात समाज सुधार दिवस हो। नेपालको १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन ज्युको नेतृत्वमा...
07/05/2026

आज बैशाख २४ गते ९६औँ किरात समाज सुधार दिवस हो। नेपालको १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन ज्युको नेतृत्वमा वि.सं. १९८८ साल बैशाख २४ गते पाँचथर जिल्लाको लब्रेकुटीमा १० लिम्बुवान र १७ थुमका तुतु–तुम्याहाङहरूलाई भेला गरी ऐतिहासिक महाचुम्लुङ सम्पन्न गरिएको थियो।
उक्त महाचुम्लुङबाट किरात समाजमा विद्यमान सामाजिक तथा धार्मिक कुरीति–कुसंस्कारको अन्त्य गर्ने उद्देश्यले “सत्य धर्म मुचुल्का” अन्तर्गत १० बुँदे सुधार घोषणा गरिएको थियो। ती बुँदाहरूमा दाइजो प्रथाको अन्त्य, छोराछोरीलाई समान अधिकार, भाषा–लिपि संरक्षण, धार्मिक संस्कारको शुद्ध अभ्यास, शिक्षा प्राप्ति तथा प्रवर्द्धन, बली प्रथाको अन्त्य, हिंसा र असमानताको निषेध, शान्ति र सद्भावपूर्ण जीवनशैलीको अवलम्बन, पारिवारिक तथा सामाजिक सम्बन्धमा मेलमिलाप कायम राख्ने तथा जाँडरक्सीको त्याग गर्ने जस्ता महत्वपूर्ण सुधारका मार्गदर्शन समावेश थिए।
अज्ञानता र कुरीतिमा रुमल्लिएको किरात समाजलाई चेतना, सुधार र सभ्यताको मार्गतर्फ अग्रसर गराउन महागुरु फाल्गुनन्द ज्युले ऐतिहासिक योगदान दिनुभएको हो। यही ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष बैशाख २४ गते किरात समाज सुधार दिवस श्रद्धा र सम्मानका साथ मनाइँदै आएको छ।
यस अवसरमा सम्पूर्णमा ९६औँ किरात समाज सुधार दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु।
सेवारो, नोगेन 🙏❤️

06/05/2026

तङ्सुम तङ्नामको पहिलो दिन: कुम्मायक माङहिमबाट फर्किँदै गरेका केही झलकहरू

05/05/2026

Culture is what brings people together. When different communities share their traditions, music, and dance, it creates harmony and mutual respect. Seeing the Dhimal community from the Terai dancing to the rhythm of Chyabrung Naach shows how culture can unite hearts beyond caste or background.

Tradition, rhythm, and unity this is the beauty of culture.


Address

Johor Bahru

Website

Alerts

Be the first to know and let us send you an email when ᤕᤠᤰᤌᤢᤱᤛᤠ ᤨ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ᤕᤠᤰᤌᤢᤱᤛᤠ ᤨ:

Share