Bardiya News

Bardiya News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bardiya News, Business service, Bardiya Gulariya, Bardiya.

11/02/2024

बढैयाताल गाउपालिकाको भवन निर्माण बिवाद सम्बन्धि परेको मुद्वाको गाउपालिकाले अदालतमा प्रति उत्तर समेत लगायन -

15/08/2015

बर्दियामा अनिश्चितकालिन बन्दको पाँचौ दिन जनजिवन कष्टकर
ज्योति पन्थी बर्दिया
थारु कल्याण कारिणि सभा लगायत आधा दर्जन संघ सस्थाहरुले आब्हान गरेको अनिश्चितकालिन बन्दको आज पाँचौ दिन आज पनि बन्दका कारण बर्दिया जिल्लाको जनजिवन प्रभावित भएको छ । बन्दको पाँचौ दिन आज कार्यकर्ताहरुले बिहानै देखि चोक चोकमा पर्दशन गरेका छन भने चार दिन सम्म सञ्चालन हुन दिईएको मोटरसाईकल पनि आजबाट रोक लगाईएको छ ।

कञ्चनपुर देखि चितवन सम्मका जिल्लालाई थरुहट प्रदेश बनाउँनु पर्ने माग गर्दे आब्हान गरिएको बन्दका कारण आज बर्दिया जिल्लामा यातायात, कलकारखाना, र बिद्यालयहरु पुर्ण रुपमा बन्द भएका छन । बन्दका कारण लामो दुरीका सवारी साधन सञ्चालनमा आएका छैनन भने सर्वसाधारणको जनजिवन समेत प्रभावित भएको छ । बिगत पाँच दिन देखि बजार समेत खुलेको छैन सडकमा फाटफट रुपमा मोटरसाईकल सञ्चालनमा आएको भए पनि सार्वजनिक तथा भाडाका सवारी साधनहरु भने ठप्प छन ।

थारु कल्याणकारिणि सभाले शुरु गरेको आन्दोलनमा नेपाल आदीबासि जनजाति महासँघ, बरघर महासंघ, नगरबढघर गुलरिया, थरुहट तराई पार्टी नेपाल, मधेशि जनअधिकार फोरम लोकतान्त्रिक र थारु बिद्यार्थी परिवारले पनि सर्मथन गरेका छन ।

24/02/2014

News

19/02/2014

सर्वप्रथम त बधाई साथी बिनय जी र अन्य कार्य सर्वप्रथम त बधाई साथी बिनय जी र अन्य कार्य समितिका साथीहरुलाई ......

बितेको तिन बर्षमा मैले गर्न नसकेका कामहरुलाई तपाईहरुले निरन्तरता दिनु हुनेछ भन्ने मैले आशा लिएको छु । मेरो तिन बर्षे यात्रामा सहयोग गर्नु हुने नेपाल प्रेस यूनियन केन्द्रिय समितिका मध्यपश्चिमाञ्चल संयोजक युवराज श्रेष्ट ज्यु, नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष कृष्ण प्रसाद बस्याल (राकेश) ज्यू , नेपाल पत्रकार महासँघ बर्दियाका पुर्व अध्यक्ष कमल पन्थी ज्यु , पुर्व अध्यक्ष श्रीराम सिग्देल ज्यु, र अध्यक्ष राजेन्द्र धिताल ज्यु त्यसैगरी अग्रज पत्राकारका रुपमा चिनिनु भएका भेषराज पौड्याल ज्यु, बिष्णु तिमिल्सेना ज्यु, र मलाई सहयोग गर्नु हुने पत्रकार महासँघ बर्दियाका उपाध्यक्ष यमनाथ घिमिरे ज्यू, सचिव कृष्ण भण्डारी ज्यु र कोषाध्यक्ष ओम शर्मा ज्यु लगायत मेरा सम्पुण अग्रजहरु हितैसि साथीहरुलाई म मेरो हृदय देखि हार्दिक धन्यवाद दिन चाहन्छु । साथीहरु यो पत्रकारिता दौरानमा यहाँ निर आई पुग्दा तपाईहरु सवैले मलाई सुम्पिनु भएको जिम्मेवारी बहन गरि आज देखि म जिम्मेवारी बिहिन भएको छु । मेरो तिन बर्षे कार्यकालमा मैले गर्न नसकेको कामहरुलाई समेत नयाँ कार्यसमितिका साथीहरुले पुरा गर्नु हुनेछ भन्ने आशा लिदै भुल बस या नबुझेर मैले कुनै नराम्रो गरेको भए त्यसलाई समेत भुल सम्झिएर माफ गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु र अन्त्यमा नयाँ साथीहरुलाई बधाई दिदै सफल कार्यकालको सुभकामना ब्यक्त गर्दछु ।

01/02/2014

पत्रकार महासँघ बर्दियामा तालाबन्दी
ज्योति कुमार पन्थी बर्दिया
बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा रहेको नेपाल पत्रकार महासँघ जिल्ला शाखा बर्दियामा आज तालाबन्दी गरिएको छ ।

बर्दिया जिल्लाका कृयासिल सञ्चारकर्मिहरु र महासँघका पुर्व अध्यक्षहरुले आज तालाबन्दी गरेका हुन ।

बर्दिया जिल्लामा रहेको जिल्ला शाखाले सदस्यता सिफारिस गरेको भन्दा अन्यत्र गई महासँघ केन्द्रिय कार्यालयले सदस्यता बितरण गरेको, माघ १ गते केन्द्रिय सदस्य प्रभात चलाउँनेको रोहबरमा भएको बैठकबाट सिफारिस कार्यान्वयन नगरिएको, जिल्लामा रहेका कृयासिल सञ्चारकर्मिहरुलाई बाईपास गरी राजनितिक आस्थाका आधारमा सदस्यता बितरण गरेको र जिल्लालाई बाईपास गरि सदस्यता बितरण पक्रिया मिलाएको भन्दै उनिहरुले बिरोध स्वरुप तालाबन्दी गरेको जनाएका छन ।

नेपाल पत्रकार महासँघ बर्दिया शाखमा यस अघि सदस्यता बितरण सम्बन्धि बिवाद भए पछि केन्द्रिय सदस्य समेत रहेका प्रभात चालाउँनेको रोहवरमा गत एक गते महासँघ बर्दिया शाखाले ५३ जनको सदस्यता सिफारिस गरेको भए पनि गत नेपपाल पत्रकार महासँघ बर्दिया शाखाले ४० जनाको सदस्यता मत्र स्विकृत गरेको थियो ।

31/01/2014

notice

31/01/2014

बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा रहेको महाकवि लक्ष्मि प्रसाद देवकोटा उच्च माध्यमिक बिद्यालयमा राखिएको महाकवि लक्ष्मि प्रसाद देवकोटाको शालिक तोडफोड गर्ने कार्यको म बिरोध गर्दछु ।

यसैको सेरोफेरोमा मैले तयार पारेको पावर न्युज आव साँझ ७ः३० बजे भोलि बिहान ७ः३० बजे र दिउँसो २ बजे न्युज २४ टेलिभिजनबाट प्रशारण हुँदैछ तपाईहरु पनि हेर्न नभुल्नु होला ।

30/01/2014

बर्दिया जिल्ला हात्तिपाईलेको उच्च जोखिममा
ज्योति कुमार पन्थी बर्दिया
बर्दिया जिल्लामा कुल ३९ प्रतिशत मानिसहरुमा हात्तिपाईले रोगको जिवाणुु देखा परेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनााएको छ ।

बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले सो कुराको जानकारी गराएको हो ।

बर्दिया जिल्लाको बिभिन्न गाविसहरुमा गरिएको अध्यन अनुसन्धानबाट बर्दिया जिल्लामा पनि हात्तिपाईलेको सक्रमण अत्याधिक देखिएको उक्त पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । जिल्ला भरि मध्यमा पनि ३१ गाविस मध्य सवैभन्दा धेरै हात्तिपाईलेको जिवाणु मोतिपुर गाविसको मानिसहरुमा पाईएको समेत देखिएको छ । जिल्ला भरिको तथ्याक हेर्दा हात्ति पाईलेको अवस्था अत्याधिक रहको र त्यो मध्यमा पनि मोतिपुर गाविसमा अझ बढी रहेको जिलला स्वास्थ्य कार्यालय बर्दियाका हात्तिपाईले रोग निवारण कार्यक्रमका फोकल पर्सन बालकृष्ण शर्माले जनकारी दिनु भयो ।

ति बर्ष देखि नेपाल सरकारले हात्तिपाईले रोग निवारण गर्नका लागि ओषधी सेवन गर्न बिषेष कार्यक्रम ल्याएको भए पनि अहिले सम्म बर्दिया जिल्लामा भने यो रोगको निवारण हुन सकेको समेत देखिदैन । बर्दिया जिल्लामा २०६८ सालनमा कुल जनसंख्याको ४९ प्रतिशतले मात्र औषधि सेवन गरेका थिए भने गत बर्ष ७५ प्रतिशत मानिसहरुले मात्र औषधि सेवन गरेका थिए भन यस बर्ष जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले शत प्रतिशत पुरयाउँने लथ्य लिएको छ ।

बर्दिया जिल्लामा अहिले हात्तिपाईले रोगको जिवाणु अत्याधिक मात्रामा देखिए पनि औषधि सेवन गरे निको हुने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख अचुत लामिछानेले जानकारी दिनु भयो । उहाँले जिल्ला भरिको अवस्था हेर्दा ३० प्रतिशत भएको भए पनि कुनै कुनै गाविसमा यो ४२ प्रतिशत सम्म रहेको समेत जानकारी दिनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले सरकारी निति अनुरुप आगामि माग २५ गते जिल्लाभर हात्तिपाईले रोगको औषधि निशुल्क बितरण गर्न लागिएको बताउँदै सवैलाइृ ढुक्क सँग औषधि सेवन गर्न अनुरोध गर्न सञ्चारकर्मिहरु सँग सयोगको अपेक्षा समेत गरकोे बताएको छ ।

Bardiya ma mela
25/01/2014

Bardiya ma mela

Bardiya mahostav ka kehi jhalak
25/01/2014

Bardiya mahostav ka kehi jhalak

Bardiya mahostav ma astrich
25/01/2014

Bardiya mahostav ma astrich

Address

Bardiya Gulariya
Bardiya

Alerts

Be the first to know and let us send you an email when Bardiya News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share