07/08/2026
न्याय आर्थिक अवस्थाले होइन, सत्य र कानुनले निर्धारण हुनुपर्छ।
यसै उद्देश्यका साथ हरेक महिना एक जना लाई एउटा देवानी (Civil) मुद्दामा पूर्ण रूपमा निःशुल्क कानुनी सेवा प्रदान गरिनेछ।
यदि तपाईं आर्थिक, सामाजिक वा अन्य कुनै कारणले कानुनी सहायता लिनबाट वञ्चित हुनुभएको छ भने, आफ्नो समस्या छोटकरीमा इनबक्स गर्नुहोस्। प्राप्त निवेदनमध्येबाट एक जना सेवाग्राही छनोट गरी आवश्यक कानुनी परामर्श, तयारी तथा मुद्दासँग सम्बन्धित सेवा निःशुल्क उपलब्ध गराइनेछ।
⚖️ नियम तथा सर्तहरू (Terms & Conditions):
• यो सुविधा हरेक महिना केवल एक जना सेवाग्राहीका लागि मात्र लागू हुनेछ।
• देवानी (Civil) प्रकृतिका मुद्दाहरूमा मात्र यो सुविधा उपलब्ध हुनेछ।
• आवश्यक प्रमाण तथा कागजात पेश गर्नुपर्नेछ
• अदालत, सरकारी शुल्क तथा अन्य तेस्रो पक्षलाई तिर्नुपर्ने अनिवार्य शुल्क यस सुविधामा समावेश हुने छैन।
• झुटा वा भ्रामक विवरण पेश गरिएमा आवेदन स्वतः रद्द हुनेछ।
• विशेष परिस्थितिमा नियम तथा सर्तहरू परिवर्तन गर्ने अधिकार कानुनी सेवा मा सुरक्षित रहनेछ।
सेवाहरू :
✔️ अदालत विवाह (Court Marriage
✅ सम्बन्धविच्छेद (Divorce)
✔️ अंश सम्बन्धी
✔️ घरेलु हिंसा सम्बन्धी
✔️ मानाचामल
✔️(Power of Attorney)
✔️ नामसारी तथा हक हस्तान्तरण सम्बन्धी कार्य
✔️ करार (Contract)
✔️ सम्पत्ति सम्बन्धी विवाद मा फिरादपत्र
✔️ कानुनी परामर्श
✔️ निवेदन तथा फिरादपत्र तयारी , प्रतिउत्तरपत्र तयारी
✅हालको बकसपत्र , शेषपछिको बकसपत्र
✅साधारण वारेसनामा
✅अधिकृत वारेसनामा
✅मञ्जुरीनामा
कार्यालय: चाबहिल, काठमाडौं
कार्तिसा राज श्री कानुनी सेवा💗🙏
तपाईंहरूलाई कानुनी सहयोग गर्ने प्रत्येक अवसरले मलाई पनि केही नयाँ सिकाइरहेको हुन्छ। हरेक मुद्दा एउटा अनुभव हो, हरेक भेट एउटा पाठ हो, र हरेक विश्वास एउटा जिम्मेवारी।
हजुरहरूको साथ, विश्वास र मायाप्रति हार्दिक धन्यवाद। आगामी दिनहरूमा पनि इमानदारी, निष्ठा र समर्पणका साथ तपाईंहरूको सेवामा रहनेछु। 🙏⚖️