30/05/2026
बिजुलीमा ५% भ्याटको बारेमा केही तथ्य कुरा गरौं
नयाँ बजेटमा विद्युत् खपतमा ५% मूल्य अभिवृद्धि कर (VAT) लाग्ने घोषणा भएको छ। धेरैले विरोध गरिरहनुभएको छ, तर वास्तविकता के हो त?
५० युनिटसम्म पूर्ण छुट
५० युनिटभन्दा कम बिजुली खपत गर्ने (गरिब, न्यून आय भएका) परिवारलाई कुनै भ्याट लाग्दैन। उनीहरू सुरक्षित छन्।
औसत घरको प्रभाव कति? ६० युनिट प्रयोग गर्ने घर: अतिरिक्त रु. ३० जति मात्र
१०० युनिट (फ्रिज, पंखा, TV, लाइट): अतिरिक्त रु. ४८–५५ मात्र महिनामा
२०० युनिट (सामान्य मध्यम वर्गीय घर): अतिरिक्त रु. १०० जति
यो रकम धेरै ठूलो होइन, तर सरकारलाई राम्रो विद्युत् उत्पादन, प्रसारण र आपूर्ति सुधार्न केही राजस्व चाहिन्छ।
हामीले विद्युत् खपत बढाऔं, ग्यास विस्थापन गरौं भन्ने कुरा पनि गरिरहेका छौं। राम्रो आपूर्ति र पूर्वाधारका लागि सानो योगदान त दिनुपर्छ नि!विरोध गर्नु ठीक छ, तर तथ्य बुझेर गरौं। विरोध मात्र विरोधको लागि होइन, समाधानको लागि होस्।