Morang Udhyog Byapar Sangh - Morang Chamber of Commerce & Industry

Morang Udhyog Byapar Sangh - Morang Chamber of Commerce & Industry Morang Chamber of Commerce and Industry - Pioneer in Nepal Founder Member of Federation of Nepalese Chamber of Commerce & Industry (FNCCI)

27/08/2026
राष्ट्र बैंकका गभर्नर समक्ष संघद्वारा सुझाव प्रस्तुतमिति २०८३ श्रावण २२ गते शुक्रबार, नेपाल राष्ट्र बैंकद्वारा विराटनगरम...
08/08/2026

राष्ट्र बैंकका गभर्नर समक्ष संघद्वारा सुझाव प्रस्तुत

मिति २०८३ श्रावण २२ गते शुक्रबार, नेपाल राष्ट्र बैंकद्वारा विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा गभर्नर प्रा. डा. विश्वनाथ पौडेल समक्ष मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले उद्योग–व्यवसाय क्षेत्रको संरक्षण एवं पुनरुत्थानार्थ संघको सुझाव पत्र पेश गर्नु भएको छ ।

कार्यक्रममा अध्यक्ष राठीले आर्थिक वर्ष २०८३÷०८४ को मौद्रिक नीतिले समेटेको लचिलो मौद्रिक कार्यदिशा तथा निजी क्षेत्रमैत्री सुविधाहरुको स्वागत गर्नु भई ती व्यवस्थाहरु तत्कालै कार्यान्वयनमा ल्याउन जोड दिनु भएको थियो । साथै, सरकारको ७.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न तथा आन्तरिक उत्पादन र लगानीको वातावरण श्रृजना गर्न अध्यक्ष राठीले उद्योगी–व्यवसायीहरुको हकमा संघको तर्फबाट विभिन्न सुझावहरु प्रस्तुत गर्नु भएको थियो ।

गर्भनर समक्ष अध्यक्ष राठीले चालू पूँजी कर्जा सम्बन्धी कडा प्रावधानहरुलाई व्यावहारिक र लचिलो बनाउनु पर्ने, उद्योगको नगद प्रवाह र प्रकृतिका आधारमा कुल कारोबारको ६० प्रतिशतसम्म चालू पूँजी कर्जा सहजै पाउने व्यवस्था गरिनु पर्ने, साना तथा मझौला उद्योग÷व्यवसायका लागि स्प्रेड दर न्यून गरिनु पर्ने, निर्यातमुखी उद्योगहरुलाई सहुलियतपूर्ण डलर सटहीदर सहित सस्तो ब्याजदरको कर्जा सुविधा उपलब्ध गराइनु पर्ने लगायतका सुझावहरु पेश गर्नु भएको थियो ।

साथै, अध्यक्ष राठीले विद्यमान शिथिल आर्थिक अवस्थामा उद्योग–व्यवसाय क्षेत्रको संरक्षणार्थ मन्दीबाट प्रभावित उद्योग÷व्यवसायलाई विना कुनै हर्जाना÷जरिवाना कम्तीमा १ वर्षका लागि कर्जा पुनर्संरचना तथा पुनरतालिकीकरणको सुविधा दिन, रियल स्टेट क्षेत्रको कर्जा सीमा, जोखिम भार र धितो मूल्यांकनमा पुनरावलोकन गर्न तथा उद्योग/व्यवसायको ऋण प्रोभिजनिङ गर्दा बूक लसको सट्टा ‘क्यास लस’लाई मान्यता दिन आग्रह गर्नु भएको थियो ।

त्यसैगरी, सरकारको पुँजीगत खर्च वृद्धि गर्न राष्ट्र बैंकले वित्तीय सहजीकरण गरिदिनु पर्ने, सार्वजनिक विदाका दिनहरुमा व्यावसायिक कारोबारहरु प्रभावित हुन नदिन बैंकहरुमा पनि वार्षिक १३ दिन मात्र विदा दिइनु पर्ने, ‘असारे विकास’ तथा विद्यमान आर्थिक मसान्तका वित्तीय चापहरु अन्त्य गर्न वैशाख देखि चैत्रको अवधिलाई आर्थिक वर्ष कायम गर्नु पर्ने आदि सुझावहरु अध्यक्ष राठीले दिनु भएको थियो ।

सो क्रममा अध्यक्ष राठी सहित संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले राष्ट्र बैंकले नीतिगत सुधारका कार्यहरु द्रुत रुपमा कार्यान्वयनमा ल्याउनु पर्ने धारणा राख्दै संघको तर्फबाट तयार पारिएको सुझाव पत्र गर्भनर पौडेललाई हस्तान्तरण गर्नु भएको थियो ।

२०८३ श्रावण २२ गते, शुक्रबार

Joint Press Release dated 2083.04.18Morang Udhyog Byapar Sangh - Morang Chamber of Commerce & Industry उद्योग संगठन मोरं...
03/08/2026

Joint Press Release dated 2083.04.18
Morang Udhyog Byapar Sangh - Morang Chamber of Commerce & Industry उद्योग संगठन मोरंग "Chamber of Industries, Morang" -koshi, CNI-Koshi

मोरङ उद्योग व्यापार संघको निरन्तर पहल र पैरवी सफलःकोलकाता–विराटनगर बल्क कार्गो रेल सेवा पूर्ण संचालनमाभारतको कोलकाता बन्...
21/07/2026

मोरङ उद्योग व्यापार संघको निरन्तर पहल र पैरवी सफलः
कोलकाता–विराटनगर बल्क कार्गो रेल सेवा पूर्ण संचालनमा

भारतको कोलकाता बन्दरगाहबाट नेपालको विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) सम्मको प्रत्यक्ष बल्क तथा कन्टेनर कार्गो रेल सेवा अब औपचारिक रुपमा सफलतापूर्वक संचालनमा आएको छ । यस सन्दर्भमा आज मिति २०८३ साल श्रावण ५ गते आईसीपी, विराटनगरको परिसरमा आयोजित ‘कोलकाता (भारत) – विराटनगर (नेपाल) प्रत्यक्ष कन्टेनर रेल सेवा’को ऐतिहासिक समुद्घाटन समारोहमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, निवर्तमान अध्यक्ष नवीन रिजाल, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह र महासचिव संजय कुमार श्रेष्ठ लगायतको गरिमामय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने क्रममा संघका अध्यक्ष अनुपम राठीले मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगी–व्यवसायीहरुले वर्षौँदेखि देख्दै आएको सपना र संघको झण्डै एक दशकदेखिको लामो प्रयास आज पूर्ण रुपमा सफल भएकोमा संघ र समस्त उद्योगी–व्यवसायी वर्ग हर्षित भएको जानकारी गराउनु भएको थियो ।

सो बल्क रेल कार्गो सेवा संचालनका लागि संघले चरणवद्ध रुपमा निरन्तर पहल र पैरवी गर्दै आएको जानकारी गराउँदै अध्यक्ष राठीले पहिलो चरणमा संघले करिब एक दशक अघिदेखि नै भारतका बन्दरगाहबाट सोझै विराटनगर आईसीपी यार्डसम्म रेलमार्ग जोड्न पूर्वाधार निर्माणका लागि माग थालेको जानकारी गराउनु भएको थियो । उहाँले नेपाल सरकार र भारत सरकारका सम्बन्धित निकायहरु समक्ष संघको सो माग बमोजिम पूर्वाधार निर्माणको कार्य ३ वर्षअघि निर्माण सम्पन्न भई परीक्षण समेत गरिएकोमा त्यस बखत नेपाल–भारत व्यापार तथा ट्रान्जिट सन्धिमा रहेका नीतिगत व्यवधानका कारण सो सेवाले निरन्तरता नपाएको अवगत गराउनु भएको थियो ।

साविकको सन्धिमा चार वटा वस्तुहरु (कोइला, क्लिंकर, मल र नुन) मात्र बल्क रेल मार्फत विराटनगर ल्याउन पाउने सीमितता रहेकोमा संघले दोश्रो चरणमा नेपाल–भारत व्यापार सन्धि संशोधनको माग थालेको जानकारी अध्यक्ष राठीले गराउनु भएको थियो । पूर्वाधार तयार भएता पनि सबै प्रकारका सामान ल्याउन नपाइने भएपछि संघले पुनः दोश्रो चरणको पैरवी तीव्र रुपमा सुरु गरी नेपाल सरकार र भारत सरकार दुवै समक्ष सचिवस्तरीय एवं कुटनैतिक बैठकहरुबाट व्यापार सन्धिका ती बाधक बुँदाहरु तत्कालै हटाउन तथा सबै प्रकारका औद्योगिक कच्चा पदार्थहरु विराटनगर यार्डसम्मै बल्क एवं कन्टेनर कार्गोमार्फत ल्याउन पाउने व्यवस्था मिलाउन माग राख्दै आएको थियो । तत्पश्चात् दुवै देशका सरकारले संघको मागलाई गम्भीरतापूर्वक लिई नीतिगत र कानुनी जटिलताहरु फुकाइदिएपछि हाल कोलकाता–विराटनगर सिधा कार्गो रेल सेवा औपचारिक रुपमा संचालनमा आएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष राठीले सो सेवाको संचालनबाट मोरङ–सुनसरी औद्योगिक करिडोर समग्र नेपालकै उद्योग, व्यवसाय र अर्थतन्त्रलाई पुग्ने प्रत्यक्ष लाभहरु बारे संक्षिप्तमा प्रकाश पार्नु भएको थियो । सो क्रममा उहाँले सडक मार्गको तुलनामा रेलमार्फत कच्चा पदार्थ तथा वस्तुहरु ल्याउँदा ढुवानी खर्चमा ३५ देखि ४० प्रतिशतसम्म बचत भई लागत खर्च उल्लेखनीय रुपमा घट्ने, सडक मार्गको ५ देखि ७ दिनको दुवानी समय अब रेल मार्फत २४ देखि ७२ घण्टामै सम्पन्न भई समयको ठूलो बचत हुने, सबै कन्टेनरहरुमा जडित विद्युतीय कार्गो ट्रयाकिङ सिस्टम (ईसीटीएस)का कारण सामान सुरक्षित रहने, बाटोमा हुने चोरी वा क्षतिको जोखिम अन्त्य हुने, सामान तथा रेलको निगरानी मोबाइलबाटै गर्न सकिने, बन्दरगाहमा लाग्ने विलम्ब शुल्क (डेमुरेज), डिटेन्सन शुल्क घट्ने लगायतका बहुआयामिक लाभहरु नेपाली उद्योगी–व्यवसायीलाई प्राप्त हुने बताउनु भएको थियो । साथै, आगामी दिनमा यस भेगका उत्पादनहरु तेश्रो मुलुक र भारततर्फ निर्यात गर्न समेत सस्तो र छिटो हुने तथा सिपिङ लाइनहरुले विराटनगरमै कार्यालय खोली कन्टेनर उपलब्ध गराउन थालेपछि नेपाली उद्योगहरुको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता समेत सुदृढ हुने धारणा उहाँले राख्नु भएको थियो ।

सोही क्रममा उहाँले संघको दशक लामो मागलाई गम्भीरतापूर्वक ग्रहण गरी कानूनी तथा नीतिगत संशोधनमार्फत सो ऐतिहासिक सेवा सुचारु गराई दिएकोमा नेपाल सरकार र भारत सरकार दुवैप्रति संघको तर्फबाट आभार व्यक्त गर्नु भएको थियो । साथै, उहाँले मोरङ–सुनसरी औद्योगिक करिडोरका सम्पूर्ण उद्योगी–व्यवसायी, आयातकर्ता, निर्यातकर्ता तथा समग्र नेपाली नागरिकहरुलाई उक्त ऐतिहासिक उपलब्धीका लागि बधाई तथा शुभकामना व्यक्त गरी आगामी दिनमा पनि सो सेवाको निरन्तरता, थप सहजीकरण र व्यापार प्रवद्र्धनका लागि सरोकारवाला निकायहरुसँग संघले निरन्तर समन्वय गरिरहने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

२०८३ श्रावण ५ गते, मंगलबार

मोरङ उद्योग व्यापार संघको अन्तर्राष्ट्रिय छलाङ,आईसीसी सदस्यताले खुलायो नयाँ सम्भावनाविराटनगर–नेपालकै पहिलो उद्योग वाणिज्...
15/07/2026

मोरङ उद्योग व्यापार संघको अन्तर्राष्ट्रिय छलाङ,
आईसीसी सदस्यताले खुलायो नयाँ सम्भावना

विराटनगर–नेपालकै पहिलो उद्योग वाणिज्य संघको रुपमा रहेको मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापारिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । विश्वकै सबैभन्दा ठूलो निजी क्षेत्रको व्यापारिक संस्था इन्टरनेशनल चेम्बर अफ कमर्श (आईसीसी) ले संघलाई सदस्यका रुपमा मनोनित गरेको हो । विश्वका एक सयभन्दा बढी मुलुकका उद्योग वाणिज्य संघ, व्यवसायिक संस्था तथा करोडौँ व्यवसायिक प्रतिष्ठानहरुको प्रतिनिधित्व गर्ने आईसीसीको सदस्य बनेसँगै मोरङ उद्योग व्यापार संघ अन्तर्राष्ट्रिय व्यापारिक सञ्जालसँग प्रत्यक्ष जोडिएको छ ।

संघका अध्यक्ष अनुपम राठीले सन् २०२५ देखि आईसीसीको सदस्यको नियुक्ति प्राप्त गरेको जानकारी दिँदै यस उपलब्धीले नेपाली उद्योग तथा व्यवसाय क्षेत्रका लागि नयाँ अवसरको ढोका खुलेको बताए । उनले अब मोरङ उद्योग व्यापार संघमार्फत नेपाली उद्योगी व्यवसायीहरुले आईसीसीअन्तर्गत उपलब्ध हुने विश्वस्तरीय सेवा, सुविधा र अवसरहरु उपयोग गर्न सक्ने बताए । आईसीसीले विश्वभरका निजी क्षेत्रका उद्योग व्यवसायको हित संरक्षण, अन्तर्राष्ट्रिय व्यापार सहजीकरण, व्यवसायिक क्षमता अभिवृद्धि, नीति निर्माण तथा व्यापारिक सहकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

मोरङ उद्योग व्यापार संघ आईसीसीको सदस्य बनेपछि अन्तर्राष्ट्रिय व्यापार, भन्सार नीति, लगानी, बौद्धिक सम्पत्र् िअधिकार, डिजिटल अर्थतन्त्रलगायतका विषयमा हुने विश्वस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपाली निजी क्षेत्रको आधिकारिक सहभागिता सुनिश्चित हुने अध्यक्ष राठीले बताए ।

उनका अनुसार अब अन्तर्राष्ट्रिय नीति निर्माण तथा पैरवी प्रक्रियामा नेपाली उद्योगी व्यवसायीका सुझाव र धारणा समावेश गराउन सहज हुनेछ । त्यस्तै, अस्थायी आयात–निर्यातलाई सहज बनाउने उद्देश्यले आईसीसीद्वारा सञ्चालन हुँदै आएको एटीए कार्नेट प्रणालीसमेत नेपालका उद्योग व्यवसायीहरुले संघमार्फत उपयोग गर्न सक्ने भएका छन् । निर्यातकर्ताहरुले आईसीसीको मापदण्डअनुसार आवश्यक प्रमाणपत्र, व्यवसायिक सिफारिस तथा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी कागजातहरु संघबाट प्राप्त गर्न सक्नेछन् ।

संघले अब आफ्ना सदस्य प्रतिष्ठानहरुलाई विश्वका एक सयभन्दा बढी देशका चेम्बर तथा व्यवसायिक संस्थाहरुसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनेछ । अन्तर्राष्ट्रिय व्यापार मेला, व्यवसायिक बैठक, प्रतिनिधिमण्डल आदानप्रदान, बी टू बी म्याच मेकिङलगायतका कार्यक्रममा सहभागिताको अवसर उपलब्ध गराउने संघले जनाएको छ ।

आईसीसीअन्तर्गत रहेको वल्र्ड चेम्बर्स फेडरेशन (डब्लुसीएफ) का चेम्बर मेन्टरशिप कार्यक्रम, क्षमता अभिवृद्धि कार्यशाला, नवप्रवर्तन पुरस्कार, तालिम, सेमिनार तथा वेबिनारमा समेत संघ र यसका सदस्य उद्योग व्यवसायले सहभागिता जनाउन सक्नेछन् । त्यसैगरी, आईसीसीबाट प्रकाशित अन्तर्राष्ट्रिय व्यापारिक पोर्टल, अनुसन्धानात्मक प्रतिवेदन तथा अध्ययन सामग्रीहरु संघका सदस्यहरुले प्राप्त गर्न सक्नेछन् । साना तथा मझौला उद्योगहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न आवश्यक जानकारी, अनुसन्धान तथा व्यवसाय विकासमा समेत सहयोग पुग्ने संघको विश्वास छ ।
अन्तर्राष्ट्रिय व्यापारिक विवाद समाधानका लागि आईसीसीको विश्व प्रसिद्ध मध्यस्थता तथा मध्यस्थ सेवा उपयोग गर्ने अवसरसमेत नेपाली व्यवसायीहरुले प्राप्त गर्ने भएका छन् । अध्यक्ष राठीले आफ्नो नेतृत्वमा संघले अन्तर्राष्ट्रिय महासंघको सदस्यता प्राप्त गर्न सफल भएकोमा गौरव महसुस गरेको बताए । उनले यो उपलब्धि मोरङ उद्योग व्यापार संघको मात्र नभई सम्पूर्ण नेपाली उद्योग व्यवसाय क्षेत्रकै ऐतिहासिक सफलता भएको बताए ।

“आईसीसीको सदस्यताले नेपाली उत्पादन तथा सेवाहरुलाई अन्तर्राष्ट्रिय बजारमा र्पुयाउन, निर्यात प्रवद्र्धन गर्न, विदेशी लगानी आकर्षित गर्न र विश्वस्तरमा नेपाली व्यवसायीको आवाज स्थापित गर्न महत्वपूर्ण सहयोग पुग्नेछ,” राठीले भने ।

उनले अब संघले अन्तर्राष्ट्रिय मञ्चमार्फत नेपाली उत्पादनको प्रवद्र्धन, निर्यातमुखी उद्योगलाई सहजीकरण, अन्तर्राष्ट्रिय प्रमाणिकरण प्रक्रियामा सहयोग, व्यवसायिक भ्रमण आदानप्रदान तथा सुरक्षित र दिगो व्यवसायिक वातावरण निर्माणमा भूमिका खेल्ने बताए । मोरङ उद्योग व्यापार संघले आईसीसीको सदस्यतासँगै आफ्ना सदस्य व्यवसायहरुलाई विश्वस्तरीय सेवा उपलब्ध गराउने, अन्तर्राष्ट्रिय बजारसँग जोड्ने र नेपालको व्यापारिक पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

२०८३ आषाढ ३० गते, मंगलबार

महिला उद्यमीहरुका लागि वित्तीय साक्षरता तालिम सम्पन्नआज मिति २०८३ आषाढ २६ गते, शुक्रबार, महिला उद्यमीहरुमा वित्तीय साक्ष...
10/07/2026

महिला उद्यमीहरुका लागि वित्तीय साक्षरता तालिम सम्पन्न

आज मिति २०८३ आषाढ २६ गते, शुक्रबार, महिला उद्यमीहरुमा वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल वित्तीय सेवाप्रति पहुँच विस्तार तथा आर्थिक सशक्तीकरण प्रवद्र्धन गर्ने उद्देश्यले मोरङ उद्योग व्यापार संघको महिला उद्यम समिति र ईसेवा लिमिटेडले विराटनगरमा महिला उद्यमीहरुका लागि ‘वित्तीय साक्षरता तालिम’ सम्पन्न गरेको छ ।

मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिकी संयोजक श्रुति शर्मा र ईसेवा लिमिटेडका सीईओ ट्रान्सफर्मेसन कार्यालयका प्रमुख सुमन खरेलको सभापतित्वमा आयोजित उक्त तालिम कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा नेपालस्थित स्विस दूतावासका प्रथम सचिव शिशिल रिभियरको उपस्थिति रहेको थियो । साथै, कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह र अतिथिको रुपमा स्विस दूतावासका इनोभेसन तथा डिजिटलाइजेसन कार्यक्रम अधिकृत स्नेहा भट्टराईको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिने क्रममा कार्यक्रमका सभापति एवं ईसेवाका सीईओ ट्रान्सफर्मेसन कार्यालयका प्रमुख सुमन खरेलले वित्तीय समावेशीकरणलाई सुदृढ बनाउन निजी क्षेत्र र सरोकारवाला निकायबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै वित्तीय साक्षरतामार्फत उद्यमशीलताको विकास र आर्थिक सशक्तीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो । साथै वहाँले डिजिटल युगमा महिला उद्यमीहरुका लागि वित्तीय ज्ञान र डिजिटल वित्तीय सेवाको प्रभावकारी उपयोग अपरिहार्य बन्दै गएको उल्लेख गर्नु भई ईसेवामार्फत उपलब्ध डिजिटल सेवाहरुले व्यवसाय सञ्चालनलाई थप सहज, सुरक्षित तथा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने जानकारी गराउनु भएको थियो ।

त्यस्तै, कार्यक्रमका विशिष्ठ अतिथि अनिल कुमार साहले वित्तीय साक्षरता जस्ता महत्वपूर्ण कार्यक्रम संचालनका लागि मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिसँग सहकार्य गरेकोमा ईसेवा लिमिटेडप्रति आभार प्रकट गर्दै डिजिटल अर्थतन्त्रको विस्तारसँगै उद्यमीहरुका लागि डिजिटल वित्तीय साक्षरता अत्यावश्यक बन्दै गएको उल्लेख गर्नु भएको थियो । सोही क्रममा उहाँले सो तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा प्रयोग गरी व्यवसायलाई थप प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन सकिने अपेक्षा लिएको बताउनु भएको थियो । साथै, ईसेवालाई आफ्ना सेवाहरुलाई अझ सहज, सुरक्षित र विश्वसनीय बनाउन आग्रह गर्नु भई उहाँले डिजिटल वित्तीय सेवाको विस्तारले उद्यमशीलताको विकासमा सकारात्मक योगदान पु¥याउने धारणा समेत राख्नु भएको थियो ।

कार्यक्रममा ईसेवा लिमिटेडका प्रदेश इन्चार्ज झलक सुब्बाले वित्तीय साक्षरताको महत्व, डिजिटल वित्तीय सेवाको सुरक्षित तथा प्रभावकारी प्रयोग, बचत तथा लगानी संस्कृतिको विकास लगायतका विषयमा प्रकाश पार्नु भएको थियो भने ईसेवा लिमिटेडका सोसल इम्प्याक्ट म्यानेजर उदित चन्द्र अर्यालले सो तालिममा सहजीकरण गर्नु भएको थियो ।

विशेषगरी महिला उद्यमीहरुलाई वित्तीय व्यवस्थापन, डिजिटल भुक्तानी प्रणाली तथा सुरक्षित डिजिटल कारोबार सम्बन्धी व्यवहारिक ज्ञान दिने उद्देश्यले संचालित उक्त तालिममा सहभागीहरुलाई बैंक तथा वित्तीय संस्थाका सेवा, विभिन्न वित्तीय उत्पादन, डिजिटल वालेट तथा रेमिट्यान्स सेवा, सामाजिक सुरक्षा कोष, बीमा सेवा, डिजिटल कारोबारमा हुन सक्ने ठगी तथा साइबर जोखिमबाट बच्ने उपाय, साना तथा मझौला उद्यमका लागि सम्भावित लगानीका क्षेत्रहरु लगायतका विषयहरुमा व्यवहारिक तथा उपयोगी जानकारीहरु प्रदान गरिएको थियो । सो तालिमले महिला उद्यमीहरुको वित्तीय ज्ञान, निर्णय क्षमता तथा डिजिटल वित्तीय सेवामा पहुँच अभिवृद्धि गर्न मद्दत पु¥याउनुका साथै महिला सशक्तीकरण, वित्तीय समावेशिता र समग्र आर्थिक गतिविधिमा उनीहरुको सक्रीय सहभागिता विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

तालिम समापनका क्रममा धन्यवाद मन्तव्य दिँदै कार्यक्रमकी सभापति तथा मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिकी संयोजक श्रुति शर्माले समेत सो तालिमले महिला उद्यमीहरुको वित्तीय क्षमता विकास, डिजिटल वित्तीय सेवाको प्रभावकारी उपयोग तथा उद्यमशीलताको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भई उपस्थित सबैलाई सक्रीय सहभागिताका लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो । साथै उहाँले महिला उद्यमीहरुको क्षमता अभिवृद्धिका लागि मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिबाट विगत देखिनै हर–सम्भव प्रयास गरिँदै आएको र आगामी दिनहरुमा समेत त्यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

विराटनगरको रत्न होटेलमा संचालित उक्त तालिममा विराटनगर महानगरपालिका सहित बुढीगंगा, ग्रामथान र कटहरी गाउँपालिकाका विभिन्न संघ–संस्था र समितिहरुमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा आवद्ध महिला उद्यमीहरुको भव्य सहभागिता रहेको थियो ।

२०८३ आषाढ २६ गते, शुक्रबार

संघद्वारा मोरङ बहिरा क्रिकेट संघलाई जर्सी हस्तान्तरणमिति २०८३ आषाढ १९ गते, शुक्रबार, मोरङ उद्योग व्यापार संघले हीरक जयन्...
05/07/2026

संघद्वारा मोरङ बहिरा क्रिकेट संघलाई जर्सी हस्तान्तरण

मिति २०८३ आषाढ १९ गते, शुक्रबार, मोरङ उद्योग व्यापार संघले हीरक जयन्ती वर्षको उपलक्ष्यमा एक कार्यक्रम आयोजना गरी मोरङ बहिरा क्रिकेट संघ, विराटनगरका खेलाडीहरुका लागि जर्सी (खेल पोशाक)हरु सहयोग गरेको छ । मोरङ बहिरा क्रिकेट संघको आयोजनामा आगामी दिनमा संचालन हुन गइरहेको चौथो प्रादेशिक क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको हौसला अभिवृद्धि गर्ने उद्देश्यले संघले सहयोग स्वरुप ३० थान जर्सी उपलब्ध गराएको हो ।

मोरङ उद्योग व्यापार संघको सचिवालयमा आयोजित उक्त हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, महासचिव संजय कुमार श्रेष्ठ लगायतका पदाधिकारीहरुको टोलीले मोरङ बहिरा क्रिकेट संघका प्रतिनिधिहरु मोहन तिवारी, अंशु यादव र मोहम्मद साबिर मार्फत उक्त जर्सीहरु हस्तान्तरण गर्नु भएको थियो । सो कार्यक्रममा साङ्केतिक भाषा दोभाषेका रुपमा राधिका न्यौपानेले सहजीकरण गर्नु भएको थियो ।

हस्तान्तरणका क्रममा संघका अध्यक्ष अनुपम राठीले शारीरिक रुपमा विशेष फरक क्षमता भएका खेलाडी दाजुभाइहरुको मनोबल उच्च राख्न र खेल क्षेत्रमा उनीहरुको विशिष्ट पहिचान स्थापित गर्न सहयोग गर्न पाउँदा संघ परिवार अत्यन्तै हर्षित रहेको बताउनु भई आगामी दिनहरुमा पनि संघले यस्ता सकारात्मक र खेल प्रवद्र्धन गर्ने कार्यहरुमा आफ्नो सहयोग र सहकार्यलाई निरन्तरता दिने बताउनु भएको थियो ।

त्यस्तै, मोरङ बहिरा क्रिकेट संघका तर्फबाट श्री मोहन तिवारीले मोरङ उद्योग व्यापार संघको तर्फबाट प्राप्त उक्त सहृदयी सहयोग र सकारात्मक कदमप्रति आभार व्यक्त गर्दै त्यसबाट खेलाडीहरुमा नयाँ उर्जा थपिएको र आगामी प्रतियोगितामा खेलाडीहरुलाई अझ उत्कृष्ट प्रदर्शन गर्न हौसला प्रदान भएको बताउनु भएको थियो ।

२०८३ आषाढ २० गते, शनिबार

आगामी आ.व. २०८३/०८४ को मौद्रिक नीतिका लागिमोरङ उद्योग व्यापार संघद्वारा सुझाव प्रस्तुतआज मिति २०८३ आषाढ ४ गते, नेपाल राष...
19/06/2026

आगामी आ.व. २०८३/०८४ को मौद्रिक नीतिका लागि
मोरङ उद्योग व्यापार संघद्वारा सुझाव प्रस्तुत

आज मिति २०८३ आषाढ ४ गते, नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयले आयोजना गरेको समसामयिक आर्थिक तथा बैंकिङ गतिविधि र आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि सुझाव संकलन कार्यक्रममा मोरङ उद्योग व्यापार संघले उद्योगी÷व्यवसायीहरुको तर्फबाट सुझाव प्रस्तुत गरेको छ ।

मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह र वाणिज्य उपाध्यक्ष अनिल साहले कार्यक्रममा उपस्थित नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक सुमन न्यौपानेलाई उक्त सुझाव पत्र पेश गर्नु भएको थियो ।

संघको तर्फबाट सुझाव पत्र प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष साह र उपाध्यक्ष सारडाले विद्यमान अवस्थामा बैंकिङ प्रणालीमा अधिक तरलता र बाह्य क्षेत्र बलियो भए तापनि निजी क्षेत्रको कर्जा विस्तार न्यून रहनुले अझै पनि कतै नकतै नीतिगत गाँठो रहेको महसुस गरिएको बताउनु भएको थियो । राष्ट्र बैंकले त्रैमासिक समीक्षाहरुमा देखाएको आंशिक लचकतालाई पूर्णता दिँदै आन्तरिक उत्पादन र निजी क्षेत्रको मनोबल बढाउन आगामी मौद्रिक नीतिमा केहि मुख्य बुँदाहरु समेट्नु पर्नेमा उहाँहरुले जोड दिनु भएको थियो ।

सो क्रममा चालू पूँजी कर्जा मार्गदर्शनमा सुधार गर्दै उत्पादनमूलक उद्योगको प्रकृति र नगद प्रवाहको आधारमा कुल कारोबारको ६० प्रतिशतसम्म चालू पूँजी कर्जा सहजै पाउने स्थायी व्यवस्था गरिनु पर्ने र विद्यमान अवस्थामा उद्योग व्यवसायको अस्थिर टर्नओभरलाई ध्यानमा राखी चालू पूँजी कर्जा नवीकरण गर्दा बैंकलाई लचकता अपनाई व्यवसाय संचालनका लागि सहजीकरण गर्न निर्देशन दिन आग्रह गरिएको थियो ।

त्यस्तै, निष्क्रिय कर्जा (NPL), वर्गीकरण र ऋण पुनर्संरचनाका सन्दर्भमा लगातार दुई वर्ष घाटामा देखिएका उद्योग÷व्यवसायहरुको ऋण प्रोभिजनिङ गर्दा बूक लसको सट्टा ‘क्यास लस’ लाई मात्र मान्यता दिने व्यवस्था लागू गर्नु पर्ने र साँवा–ब्याज तिर्न नसकेका उत्पादनमूलक उद्योगहरुलाई बिना थप जरिवाना कम्तिमा एक वर्षको ऋण पुनर्संरचना र पुनरतालिकीकरण गरिदिनु पर्ने माग राखिएको थियो ।

त्यसका साथै युएस डलरसहित सबै विदेशी मु्रदाहरुको खरिददर र बिक्रीदरको अन्तर बढीमा ने.रु. ०.१५ (भारतीय रुपैयाँ सरह) कायम गरी स्वदेशी उद्योगहरुको लागत खर्च घटाइनु पर्ने तथा भारतीय रुपैयांमा भुक्तानीको तुलनामा अमेरिकी डलरमा भुक्तानी गर्दा भारतीय सरकारी सहुलियतका कारण कतिपय कच्चा पदार्थहरुको खरिद मूल्य १० देखि १५ प्रतिशतसम्म सस्तो पर्ने भएकाले त्यस्ता कच्चा पदार्थको आयातमा डलरमा भुक्तानी गर्ने व्यवस्था खुला गरिनु पर्ने सुझाव दिइएको थियो ।

त्यसै गरी, हाल बैंकहरुको भारित औसत निक्षेप दर र आधार दर न्यून भए तापनि उद्योगहरुले महँगो प्रिमियम तिर्नु परिरहेकोमा उत्पादनमूलक क्षेत्रको कर्जामा आधार दरमा बढीमा २ प्रतिशत मात्र प्रिमियम जोड्न पाउने गरी व्यवस्था गरिनु पर्ने, सूचना प्रविधि र ई–कमर्स उद्योगको भुक्तानी सहजीकरणका लागि पेपल जस्ता अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्महरु नेपाली उद्योग र नागरिकले प्रयोग गर्न सक्ने व्यवस्था गर्नु पर्ने, गुड फर पेमेन्ट चेक जारीकर्ताको व्याजको भार न्यून गर्न साविककै बमोजिम भुक्तानी नभएसम्म जारीकर्ताकै खातामा रकम रोक्का मात्र गर्ने व्यवस्था कायम गरिनु पर्ने, बैंकहरुमा पनि श्रमिक सरह वर्षको अधिकतम १३ दिन मात्र विदा हुने व्यवस्था मिलाइनु पर्ने लगायतका सुझाव दिनु भई उहाँहरुले बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले ती व्यवहारिक र नीतिगत सुझावहरुलाई आगामी मौद्रिक नीतिमा ठोस रुपमा सम्बोधन गरेमा मात्र विद्यमान अवस्थाको शिथिल बजार चलायमान हुने तथा निजी क्षेत्रको मनोबल बढाउन मद्दत पुग्नेमा जोड दिइएको थियो ।

२०८३ आषाढ ४ गते, बिहीबार

‘सिलीगुडी डायलग २०२६’ मा मोरङ उद्योग व्यापार संघको सहभागिताःनेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरणमा जोडनेपाल र भारतबीचको ...
13/06/2026

‘सिलीगुडी डायलग २०२६’ मा मोरङ उद्योग व्यापार संघको सहभागिताः
नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरणमा जोड

नेपाल र भारतबीचको आर्थिक तथा व्यवसायिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले भारतको सिलीगुडीमा आयोजित दुई दिने ‘सिलीगुडी डायलग २०२६’मा मोरङ उद्योग व्यापार संघले सक्रीय सहभागिता जनाएको छ । कनफेडरेसन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई) र एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए)ले संयुक्त रुपमा २०८३ जेठ ३० र ३१ गते सिलीगुडीमा आयोजना गरेको ‘साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरण’ (Strengthening Nepal–India Economic Partnership for Shared Prosperity) विषयक सो संवाद कार्यक्रममा यस संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहको नेतृत्वमा का.का. सदस्य विनीत सिंघानिया सहित विराटनगरका उद्योगीहरु ऋषभ सोमानी र केतन साहले सहभागिता जनाउनु भएको छ ।

दुई देशका नीति–निर्माता, लगानीकर्ता, उद्योगी र विज्ञहरुको सहभागितामा नेपाल र भारतबीच द्विपक्षीय हित र आर्थिक समृद्धिका लागि महत्वपूर्ण मानिएका विषयहरुमा गहन छलफल गर्ने उद्देश्यले आयोजित सो संवाद कार्यक्रमको समुद्घाटन सत्रमा विशेषगरी पर्यटन तथा नवीकरणीय ऊर्जा, ग्रामीण तथा सम्पदा संरक्षण पर्यटन, स्वास्थ्य सेवा समन्वय, शिक्षा र उद्यमशीलता, शैक्षिक साझेदारी आदि विषयहरुमा छलफल गरिएको थियो ।

कार्यक्रममा सुझाव प्रस्तुति, अनुभव आदान प्रदान तथा छलफलका क्रममा वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले आर्थिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा दुई देशबीचको ऐतिहासिक सम्बन्धहरु बारे चर्चा गर्नु भई पर्यटन, नवीकरणीय ऊर्जा र स्वास्थ्य जस्ता क्षेत्रमा सहकार्यका प्रचुर सम्भावनाहरु रहेको औंल्याउँदै तिनको व्यवहारिक कार्यान्वयनका लागि सुझावहरु प्रस्तुत गर्नु भएको थियो । त्यस्तै, संघको तर्फबाट महत्वपूर्ण अनुभव एवं व्यावहारिक दृष्टिकोणहरु प्रस्तुत गर्दै उहाँले नेपालमा लगानीको वातावरण सुध्रिँदै गएको अवस्थामा भारतीय लगानीकर्ताहरुका लागि औद्योगिक, शैक्षिक र पूर्वाधारका क्षेत्रहरु निकै आकर्षक गन्तव्य बन्न सक्ने धारणा राख्नु भई सीमापार व्यापार सहजीकरण, नीतिगत निरन्तरता र निजी क्षेत्रबीचको नियमित संवादले मात्रै व्यापारिक क्षेत्रमा देखिएका व्यावहारिक अड्चनहरु फुकाउन सक्नेमा जोड दिनु भएको थियो । साथै उहाँले भौगोलिक रुपमा नेपाल, भुटान र बंगलादेशको त्रिदेशीय र संवेदनशील बिन्दुमा अवस्थित सिलीगुडी कोरिडोरलाई आर्थिक अवसर, आपसी विश्वास र दीर्घकालीन सहयोगको बलियो सेतु बनाउन सिलीगुडी डायलग २०२६ ले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

सो समुद्घाटन सत्रमा एआईडीआईएका संस्थापक तथा नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनील के.सी.ले उद्घाटन मन्तव्य दिनु भएको थियो भने सीआईआई उत्तर बंगाल जोनल काउन्सिलका अध्यक्ष सतिश मित्रुकाले सिआईआईको दृष्टिकोण बारे आफ्नो मन्तव्य दिनु भएको थियो । त्यस्तै कार्यक्रममा विषयगत प्रमुख वक्ताहरुका रुपमा काउन्सिलका उपाध्यक्ष अमल मण्डल, नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष कुणाल कायल, ग्रामीण सम्पदा संरक्षण पर्यटनका विशेषज्ञ सुप्रतिम (राज) बसु, किन्स हस्पिटलका संस्थापक सुमित सिंघल, आईईसी ग्रुप नेपालकी प्रबन्ध निर्देशक श्रीमती शैलजा अधिकारी, आईआईएएस स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. के.भी. राजेन्द्रन नायर र ग्लोकल प्राइभेट लिमिटेडका अध्यक्ष आशिष ठाकुर रहनु भएको थियो भने नेपालको प्रतिनिधि सभाका माननीय सांसद परश मणी गेलालले समापन मन्तव्य दिनु भएको थियो ।

२०८३ जेठ ३० गते, शनिबार

मोर उद्योग व्यापार संघको महिला उद्यम समितिको अन्तर प्रदेश भ्रमण पश्चात् समितिकी संयोजक श्रृति शर्माको धारणा-----मोरङ उद्...
31/05/2026

मोर उद्योग व्यापार संघको महिला उद्यम समितिको अन्तर प्रदेश भ्रमण पश्चात् समितिकी संयोजक श्रृति शर्माको धारणा

-----
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीज्यू, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहज्यू र विराटनगरकी उप-मेयर शिल्पा निराला कार्कीज्यूले उद्घाटन गर्नुभएको यस संघको महिला उद्यम समितिको अन्तर-चेम्बर भ्रमण अन्तरगत लाहान उद्योग वाणिज्य संघ, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ र चितवन उद्योग वाणिज्य संघसम्मको हाम्रो यात्रा सम्पन्न भएको छ ।

यस यात्राभरि हामीले विभिन्न उद्योग वाणिज्य संघमा आवद्ध अत्यन्त प्रेरणादायी महिला उद्यमीहरूसँग भेटघाट गर्ने अवसर प्राप्त ग–यौँ र हरेक संघबाट नयाँ सिकाइ र अनुभवहरू बटुल्न पायौं।

बाटोमा बागलुङ भगवती र मनकामना माताको आशिर्वाद पनि लिन पायौं, र गण्ड्रुकको सुन्दरता पनि नजिकबाट नियाल्यौँ ।

यो भ्रमणबाट सिकेका कुराहरूलाई यहाँ विराटनगरमा पनि कार्यान्वयन गर्ने प्रयास गर्नेछौँ ।

यो सम्भव बनाउन अहोरात्र खट्नुहुने मेरो सम्पूर्ण टिमलाई धेरै धन्यवाद 🙌 Jeenu Shrestha Sadhana Jha Anju Basnet Srivastava Sunita Chharahang Rama Shrestha Rtn Anita Adhikari Kattel

तपाईंहरूकै साथ र सहयोग बिना यो यात्रा यति अर्थपूर्ण यादगार र रमाइलो हुने थिएन।

हामीलाई सधैं मोटिभेट र सपोर्ट गर्नुहुने हाम्रा अध्यक्ष अनुपम राठी दाइ र निवर्तमान अध्यक्ष नवीन रिजालदाइलाई धेरै धन्यवाद।

हजुरहरूको साथ र सहयोग सधैं पाइरहौं 🙏

भ्रमणकै क्रममा हामीलाई विशेष आतिथ्यता दिनुहुने रत्ननगरका मेयर साब प्रह्लाद सापकोटा ज्यूलाई र आफ्नो अमूल्य समय दिनुहुने गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे ज्यूलाई विशेष आभार व्यक्त गर्न चाहन्छु। र यो भेट जुराइदिनु भएकोमा Amrit Aryal दाइ Gururaj Ghimire दाइलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु।

साथै, मोरङ उद्योग व्यापार संघको टिमलाई विशेष आभार ।
तपाईंहरूको पहल र समन्वयले नै यो भ्रमण सम्भव भएको हो। साथै, संघका CEO भरत प्रसाई र सचिवालयका सम्पूर्ण टिमलाई पनि धन्यवाद।

आशा छ, यस्ता सहकार्यले आगामी दिनमा अझ धेरै अवसर र उपलब्धिको ढोका खोल्नेछन् ।

श्रृति शर्मा
संयोजक
महिला उद्यम समिति
मोरङ उद्योग व्यापार संघ

Address

Pdt. Meghraj Marga
Biratnagar
56600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97721517173

Alerts

Be the first to know and let us send you an email when Morang Udhyog Byapar Sangh - Morang Chamber of Commerce & Industry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Morang Udhyog Byapar Sangh - Morang Chamber of Commerce & Industry:

Shortcuts

Share