13/04/2026
नयाँ वर्ष २०८३ को पावन अवसरमा यहाँहरु सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
यस शुभ अवसरमा, अंकित ट्रेडर्सप्रति यहाँहरुले देखाउनुभएको विश्वास, साथ र सहयोगप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु। तपाईंहरूको निरन्तर समर्थन नै हाम्रो प्रेरणा र सफलताको आधार हो।
बितेको वर्षले हामीलाई धेरै सिकाइ र अनुभव दिएको छ। नयाँ वर्ष २०८३ मा पनि हामी अझ उत्कृष्ट सेवा, गुणस्तरीय सामग्री तथा विश्वसनीय सम्बन्ध कायम गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
यो नयाँ वर्षले तपाईं र तपाईंका परिवारमा सुख, शान्ति, समृद्धि तथा उत्तम स्वास्थ्य ल्याओस् भन्ने कामना गर्दछु। आगामी दिनहरूमा पनि तपाईंहरूको साथ र सहयोगको अपेक्षा राख्दछौं।
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
सादर,
प्रोप्राइटर
चन्द्र बहादुर बुढाथोकी