12/08/2026
युवा दिवस विशेष 🇳🇵❤️
आज युवा दिवसको अवसरमा अजय प्रजापति ज्यूले आफ्नो अमूल्य रक्तदान गरी मानव सेवा र राष्ट्रसेवाप्रतिको आफ्नो प्रतिबद्धता प्रस्तुत गर्नुभएको छ। 🩸❤️
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) को बृहत् कार्यक्रममा सहभागी भई उहाँले आफ्ना महत्वपूर्ण दुई शब्द राख्नुभएको छ। युवाको ऊर्जा, सेवा र समर्पण नै समृद्ध राष्ट्र निर्माणको आधार हो।
अजय प्रजापति ज्यूको यस मानवीय तथा सामाजिक सेवाभावप्रति हार्दिक सम्मान तथा धन्यवाद। 🙏