AK Survey Solution

Call Directions Contact the business

AK Survey Solution Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AK Survey Solution, Business consultant, Butwal.

💐हार्दिक बधाई तथा अन्तर्वार्ता को लागि शुभकामना !! 💐
30/09/2026

💐हार्दिक बधाई तथा अन्तर्वार्ता को लागि शुभकामना !! 💐

लिखित नतिजा प्रकाशन शुरुवात! सर्भेक्षक पदको लिखित नतिजा(दिपायल कार्यालय)
25/09/2026

लिखित नतिजा प्रकाशन शुरुवात! सर्भेक्षक पदको लिखित नतिजा(दिपायल कार्यालय)

सूचना !! सूचना !! सूचना !!
16/09/2026

सूचना !! सूचना !! सूचना !!

नापी अधिकृत, सर्वेक्षक र अमिन आवश्यक ।
03/09/2026

नापी अधिकृत, सर्वेक्षक र अमिन आवश्यक ।

काठमाडौं जिल्लाको लागि ३५ दिने सूचना ।
03/09/2026

काठमाडौं जिल्लाको लागि ३५ दिने सूचना ।

03/09/2026

नेपाल सर्भेयर्स एशोसिएशनको ३६ औँ स्थापना दिवस तथा नेपाल सर्भेयर्स डे-२०८३ को अवसरमा हार्दिक शुभकामना।
आज नेपाल सर्भेयर्स एशोसिएशनको ३६ औँ स्थापना दिवस तथा नेपाल सर्भेयर्स डे।
सामान्यतया यो दिन हामी उत्सव र उल्लासका साथ मनाउने गर्दछौँ। तर यस वर्ष देशमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण उत्पन्न दुःखद् परिस्थितिबीच यो विशेष दिन मनाइरहेका छौँ। त्यसैले यस वर्षको नेपाल सर्भेयर्स डे हामी उत्सवभन्दा बढी जिम्मेवारी, ऐक्यबद्धता र मानवीय संवेदनाका साथ मनाउन चाहन्छौँ।
यस विपद्‍मा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, घाइते तथा विपद् प्रभावित सम्पूर्ण नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ।
यस राष्ट्रिय विपत्तिको घडीमा नेपाल सर्भेयर्स एशोसिएशन सम्पूर्ण Surveyor समुदायसहित नेपाल सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै राहत, क्षति मूल्याङ्कन, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा आवश्यक सहयोग गर्न प्रतिबद्ध छ।
यस अवसरमा देशभर रहनुभएका सम्पूर्ण Surveyor हरूलाई आ-आफ्नो स्थानबाट सक्दो सहयोग गरिदिनुहुन तथा देहाय बमोजिमका कार्य गर्न समेत तयार रहनुहुन हार्दिक आह्वान गर्दछौँ।
🔹 बाढी तथा विपद्‍बाट प्रभावित क्षेत्रको Survey, Mapping तथा Damage Assessment मा स्थानीय तह तथा सम्बन्धित निकायलाई प्राविधिक सहयोग गर्ने।
🔹 आवश्यकताअनुसार Geospatial Data Collection, GIS, Mapping तथा Location Identification लगायतका प्राविधिक कार्यमा सहयोग गर्ने।
🔹 क्षतिग्रस्त भौतिक संरचना, जग्गा तथा भूमि सम्बन्धी विवरणको पुनःस्थापना र पुनर्निर्माणमा आवश्यक पर्ने Surveying तथा Geospatial Expertise उपलब्ध गराउने।
🔹 सम्बन्धित सरकारी निकायसँग समन्वय गरी आवश्यकताअनुसार प्राविधिक जनशक्ति, Surveying Equipment तथा Technology परिचालनमा सहयोग गर्ने।
🔹 आ-आफ्नो क्षेत्रबाट राहत तथा उद्धार कार्यमा आवश्यक पर्ने अन्य मानवीय सहयोगमा समेत सक्दो योगदान गर्ने।
साथै, आर्थिक सहयोग गर्न इच्छुक सम्पूर्ण Surveyors तथा शुभेच्छुकहरूलाई नेपाल सरकारको आधिकारिक “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोष” मा आफ्नो सामर्थ्यअनुसार रकम जम्मा गरी विपद् प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा योगदान पुर्‍याउन हार्दिक अनुरोध गर्दछौँ।
यसै सन्दर्भमा, नेपाल सर्भेयर्स एशोसिएशनले पनि यस वर्षको ३६ औँ स्थापना दिवसका अवसरमा गरिने कार्यक्रम तथा अन्य उत्सवसम्बन्धी खर्च कटौती गरी सो रकम विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सम्बन्धित राहत कोषमा जम्मा गर्ने निर्णय गरेको व्यहोरा जानकारी गराउँदछौँ।
हाम्रो पेशागत ज्ञान, सीप, प्रविधि र अनुभव राष्ट्रको आवश्यकता परेको समयमा अझ बढी उपयोगी बन्न सक्छ। त्यसैले आजको यस विशेष दिनलाई केवल उत्सवका रूपमा मात्र नभई विपद्‍मा परेका नागरिकप्रति ऐक्यबद्धता र राष्ट्रप्रतिको पेशागत तथा सामाजिक उत्तरदायित्व अभिव्यक्त गर्ने अवसरका रूपमा मनाऔँ।
विपद्को समयमा हाम्रो सीप, हाम्रो प्रविधि र हाम्रो सहयोग—राष्ट्रका लागि।
धन्यवाद!!

हेलिकोप्टर र ड्रोनसँग सम्बन्धित सबै संघ, संस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय एवं सम्बन्धित स्थानीय तहसँग सम...
26/08/2026

हेलिकोप्टर र ड्रोनसँग सम्बन्धित सबै संघ, संस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय एवं सम्बन्धित स्थानीय तहसँग समन्वय गरी खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरण विशेष अनुरोध गर्दछ।
हेलो गृह मन्त्रालय - Ministry of Home Affairs - Nepal

जुनियर नापी तालिम (प्रदेश/स्थानीय तह)को प्रवेश परिक्षा सम्बन्धी सूचना !!
20/08/2026

जुनियर नापी तालिम (प्रदेश/स्थानीय तह)को प्रवेश परिक्षा सम्बन्धी सूचना !!

जुनियर नापी तालिम (खुला समूह) का लागि आवेदन सम्बन्धी सूचना .
19/08/2026

जुनियर नापी तालिम (खुला समूह) का लागि आवेदन सम्बन्धी सूचना .

06/08/2026

*स्थानीय तहमा भूमि प्रशासन सेवा र कर्मचारी दरबन्दी*
-अहिले ७५३ स्थानीय तहमा आवश्यक कर्मचारी व्यवस्थापनको लागि एकैपटक संठन तथा व्यवस्थापन सर्वेक्षण(O&M) भैरहेको छ तर स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तार हुदै गर्दा स्थानीय तहमा भूमि प्रशासन सेवामा आवश्यक प्राविधिक कर्मचारी(नापी अधिकृत/सर्भेक्षक)को दरबन्दी भने राखिएको छैन । धेरै गाउँपालिका तथा नगरपालिकाले १ जना अमिनको साविककै दरबन्दी कायम गरि प्रस्ताव मन्त्रालय पठाउने तयारिमा रहेका छन ।

Address

Butwal

Telephone

+9779857071477

Website

Alerts

Be the first to know and let us send you an email when AK Survey Solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AK Survey Solution:

Shortcuts

Share