Sajilo Solution- सजिलै छ

Sajilo Solution- सजिलै छ Facility Service:

1. Office Management Service
2. General Maintenance
3. Facility Support
4. Repairing Services......

22/09/2018
30/03/2016

एक टिभी पत्रकार किसानको अन्र्तवार्ता लिइरहेको थियो ।

पत्रकार : तपाँइ बाख्रालाई के खुवाउनु हुन्छ ?
किसान : कुन कालोलाई कि सेतोलाई ?
पत्रकार : कालोलाई..
किसान : घाँस
पत्रकार : सेतोलाई नि ?
किसान : उसलाई पनि घाँस..
पत्रकार :अनि यि बाख्रालाई कहाँ राख्नुहुन्छ ?
किसान : कुन कालोलाई कि सेतोलाई ?
पत्रकार : कालोलाई..
किसान : खोरमा
पत्रकार : अनि सेतोलाई नि.?
किसान : सेतोलाई नि खोरमा..
पत्रकार : अनि यि बाख्रालाई के ले नुहाइदिनुहुन्छ ?
किसान : कुन कालोलाई कि सेतोलाई ?
पत्रकार : कालोलाई
किसान : सफा पानिले
पत्रकार : अनि सेतोलाई नि ..?
किसान : उसलाई पनि सफा पानिले ..
(यो सुनेर पत्रकारलाई अत्तिनै रिस उठेछ)
पत्रकार : साले.. तँ मलाई बेकुव बनाउन खोज्दैछस ? जब दुबै बाख्रालाई समान काम गर्छस भने किन कालो र सेतो भनेको ..?
किसान : किनकी कालो बाख्रो मेरो हो ..
पत्रकार : अनि सेतो कसको हो त ..?
किसान : सेतो पनि मेरो हो ..
(पत्रकार बेहोस भयो । एकछिनमा पत्रकार के होशमा आको थियो )
किसान : थाहा पाइस पत्रकार तैले ..एउटै समाचारलाई घुमाइफिराइ दिनभर देखाउँदा हामिलाई कस्ताे हुनेरैछ ….?

26/03/2016

Prince ह्यारी तिमी गंगा जमुना संग नाच्यौ, तर यहाँ राजकुमार हरु भट्टीमा नाच्छन, नवयुवराजहरु रिसोर्टमा नाँच्छन तर जनताका भत्केका घरहरुमा पुग्न सक्दैनन । भन म के सुखद समाचार लेखूँ ?

डियर ह्यारी नमस्ते,
हाउ आर यु देयर ईन दि ल्यान्ड अफ अर्थ क्वेक ? तिमी त कोहि नपुगेको भुकम्प पिडितका च्यातिएका त्रिपाल मुनि पुग्यौ, भत्किएका घर मुनि गयौ, अनि आँखामा आँशु टिल पिल गर्दै गरेका चेलीहरु संगै बसेर दु:ख साट्यौ |

म खुशीले रोएँ ह्यारी । म चाहन्थे मेरा आँशुहरु निरन्तर झरिरहून, त्यसको एउटा खहरे बनोस र हाम्रा दुख बगाओस। मैले यो चिट्ठी तिमीलाई अंग्रेज़ीमा लेखिन किनकि यो तिमीले हैन हाम्रा धेरै नेपालीले पढ्नु छ । यहि चिट्ठीले हामी मध्ये कसैको आँखा खोल्छ कि भन्ने मलाई लागेको छ ।

ह्यारी, तिमी त युवराज मान्छे, त्यो पनि संसारकै शक्तिशाली देश मध्ये एकको । तिमी त आफ्नो जागिर गर्छौ, देशको लागि सेना भएर लड्छौ, तर हामी साधारण नेपाली भन्दा पनि सामान्य छौ, हामीले भन्दा बढि शिर निहुरिएर शिष्टाचार गर्छौ । तर उफ़ ! हाम्रा युवराजहरु के के गर्छन यो सानो चिट्ठीमा के लेख्नु र ? बि. बि. सी. लाई सोध्नु न है !

मेरो प्यारो राज कुमार, तिमी त लडाईको मैदानमा खट्ने मान्छे, गुण पनि त गोर्खालीको जस्तै छ नि है । त्यसैले त तिमी हाम्रा झुप्रोमा अटाएछौ, हाम्रा त्रिपालमुनि अटाएछौ, भत्केका घरहरुमा अटाएछौ, यो भन्दा बढि श्रद्दा अरु के हुन सक्थ्यो र ? तिमी मलाई मात्रै हैन धेरै भुकम्प पिडितलाई धुरुक्कै रुवायौ ह्यारी ।

हाम्रा युवराज र नवयुवराजहरु आफ्नै देश लुट्न उद्दत छन तर तिमी त लुटिएको देशमा मलम पट्टि लगाउँदैमा ब्यस्त छौ । तिमी भत्किएका वस्तीमा पीडा सुन्दैछौ तर त्यहिंका भुकम्प पिडितका नाममा आएको जस्ता र त्रिपाल निलेर बसेका छन हाम्रा नव युवराजहरु ।

तिमीलाई चिट्ठी लेख्दा श्रद्दाका आँशु झरिरहेछन, तिमी ईशाई भएर टिका लगाईरहेछौ, मन्दिर धाईरहेछौ, होली खेलीरहेछौ तर यहाँ मान्छेहरु धर्म र स्वाभिमान बेचिरहेका छन, तिमी गल्ती गरेकोमा प्रायश्चित गर्छौ तर यहाँ घुस्याहाहरु घुस खाएकोमै गर्व गर्छन, पटक पटक गल्ती गर्छन तर कहिल्यै सुध्रदैनन । विडम्बना ह्यारी, बिडम्वना यहाँ त भ्रष्टाचारीहरु हाई हाई हुन्छन । सदाचारीहरु आत्महत्या गर्छन ।

ह्यारी तिमी गंगा जमुना संग नाच्यौ, तर यहाँ राजकुमार हरु भट्टीमा नाच्छन, नवयुवराजहरु रिसोर्टमा नाँच्छन तर जनताका भत्केका घरहरुमा पुग्न सक्दैनन । भन म के सुखद समाचार लेखूँ ?

मैले अचेल सबैलाई चिट्ठी लेखिरहेछु, आगो ओकल्ने गरि तर तिमीलाई लेख्दा माया र सद्भाव बाहेक केहि झरेन किनकी तिमी ह्यारी होईन हरि बनेर नेपाल आयौ, तिमी किन हरि बनेर नेपालमै जन्मिएनौँ ?

तिमी त संसारमै प्रिय राज कुमार, तिमी त जनताको ढुकढुकीमा बस्ने मान्छे ,प्लिज हाम्रा नेताहरुलाई पनि यो कसी सिकाईदेऊ न है ! यहाँ जनतालाई जाति, धर्म र क्षेत्रको नाममा लडाईएको छ, हार्दिकता र भाइचारा हराएको छ । जनताको मन फुटाएर यहाँ मस्ती गरिदै छ ।

तिमी भुकम्प पिडित मंगली तामांगको घरको मैलो ओछ्यानमा आराम गरिरहँदा हाम्रा नवयुवराजहरु पाँचतारेमा सुसारे सहित सुकिलो ओछ्यानमा कृडा गरिरहेछन ह्यारी ! भन म कसरी सुखद समाचार लेखुँ ? तिमी जनतासंग होली खेली रहँदा यहाँका भारदारहरु सोमरसको चुस्की लिएको खबर कति लेखिरहनु !

तिम्रो देशमा पाँच बर्ष सम्म बस्दा मैले देखेको बिकास र शालीनता संझेर म द्रबिभुत छु तर राजनीति र प्रकृति दुबै प्रत्युत्पादक भएपछि के गर्नु र ? आधा करोड नेपाली युवाहरु आज बिदेशिएका छन, देख्यौ होला नि हैन ? गाउँमा सुनसान भएको ! देँख्यौ होला नि एयरपोर्टमा युवाहरु बिदेशिन लाम लागेको ?

अन्त्यमा, तिम्रो आदर्शले हाम्रा नवयुवराजहरुको तन्द्रा भंग होस भन्ने कामना गर्दछु ।यसै गरि नेपाल र नेपालीको ढुकढुकीमा बसिरहनू है । यस जुनिलाई यस्तै भो अर्को जुनिमा ह्यारी होईन हरि भएर नेपालमै जन्मनू है ! तिमी हाम्रै प्यारो नेता भएको हेर्ने मन छ ।
तिम्रो डाईंग फ्यान | (फेसबूकबाट साभार) – लेखक सरगम भट्टराई कपिलवस्तु, Provided by Tek Chhetri via email

20/03/2016
19/03/2016

Address

MAHENDRA Highway
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Sajilo Solution- सजिलै छ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share