KARKI Mobile Center

KARKI Mobile Center mobile repairing and sells

18/01/2021
MI MOBILE
18/01/2021

MI MOBILE

२०७७ माघी
14/01/2021

२०७७ माघी

31/10/2020

Nokia EDGE 2020 SUPER

bar phone
31/10/2020

bar phone

Bar phone
23/10/2020

Bar phone

Samsung
23/10/2020

Samsung

23/10/2020
Redmi
23/10/2020

Redmi

सामान्यतया टेलिकमको प्रिपेड सिमकार्ड खरिद गरेपछि सक्रिय गरेको १८० दिनसम्म प्रयोग गर्न सकिन्छ । त्यसपछि भने रिचार्ज गरेअन...
24/07/2020

सामान्यतया टेलिकमको प्रिपेड सिमकार्ड खरिद गरेपछि सक्रिय गरेको १८० दिनसम्म प्रयोग गर्न सकिन्छ । त्यसपछि भने रिचार्ज गरेअनुसार सिमकार्डको अवधि थपिँदै जान्छ ।

उदाहरणको लागि ५० रुपैयाँ टपअप गर्दा ३० दिन, १०० रुपैयाँको रिचार्जमा ६० दिन, ५०० को रिचार्जमा एक वर्ष र एक हजारको रिचार्जमा दुई वर्षका लागि सिम प्रयोग गर्न सकिने अवधि थपिन्छ । यदि तपाईंको सिममा न्यूनतम रकम अर्थात् एक पैसा पनि बाँकी छैन वा सिम प्रयोग गर्ने अवधि समाप्त भएको छ भने सेवा एकतर्फी हुनपुग्छ ।

यसको अर्थ तपाईंको मोबाइलमा कल त आउन सक्छ तर अरुलाई कल गर्न भने सक्नुहुन्न । यसरी सेवा एकतर्फी भएको ३० दिनभित्र सिमकार्ड टपअप अर्थात रिचार्ज गर्नुभएन भने चाहिँ आउने कल समेत बन्द हुनपुग्छ । दुईतर्फी रुपमा सेवा बन्द भएको ३० दिनभित्र रिचार्ज नभएमा सिम ‘फ्रोजन’ अवस्थामा पुग्छ ।

फ्रोजन अवस्थामा पुग्नु भनेको तपाईको सिममा रहेको सञ्चित रकम र सिम प्रयोग गर्ने अवधि दुवै शून्य हुनु हो । कुनै सिमकार्डमा सञ्चित रकम भए पनि सिम प्रयोग गर्न सकिने अवधि समाप्त भएको हुनसक्छ ।

यस्तो अवस्थामा समेत सिमकार्डको सेवा दुईतर्फी रुपमा बन्द हुन्छ । यसरी दुईतर्फीरुपमा सेवा बन्द भएको सिमकार्ड ३० दिनभित्र रिचार्ज गर्नुभयो भने पुरानो सञ्चित रकम जोडिएर आउँछ । तर सिम प्रयोग गर्न सकिने अवधि तपाईंले कति रुपैयाँको रिचार्ज गर्नु भयो त्यस अनुसार मात्रै कायम गरिन्छ ।

यदि तपाईंको सिम कार्ड फ्रोजनमा गएको छ भने कम्पनीले आवश्यकता अनुसार कुनैपनि समयमा रिसाईकल गरी नयाँ ग्राहकलाई बिक्री गर्न सक्छ । टेलिकमको पोस्टपेड मोबाइलमा भने नियम अलिक फरक छ ।

यसमा सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकम (ड्यू अमाउण्ट) क्रेडिट लिमिटभन्दा बढी भएमा सेवा एकतर्फी हुन पुग्छ । यस्तो एकतर्फी सेवा ९० दिनसम्म रहन सक्छ र सिम एकतर्फी भएको अर्को महिनादेखि बिल समेत जोडिँदैन ।

सेवा एकतर्फी भएको ९० दिनसम्म ड्यू अमाउण्ट भुक्तानी गर्नुभएन भने दुईतर्फी रुपमा नै सेवा बन्द हुन्छ र सिम फ्रोजनमा जान्छ । फ्रोजनमा गएको ९० दिनभित्र सेवा सुचारु गर्न बाँकी महशुल भुक्तानी गरी सेवा पुनः सुचारुका लागि नजिकको दुरसञ्चार कार्यालयमा गएर वा फोन तथा ईमेलमार्फत जानकारी गराउनु पर्छ ।

यदि तपाईंले सिम फ्रोजनमा गएको ९० दिनभित्र त्यस्तो रकम भुक्तानी गर्नुभएन भने सिम स्थायी रुपमा नै बन्द अर्थात टर्मिनेट हुन्छ । सिम टर्मिनेट अवस्थामा पुगेपछि १८० दिनभित्र ५६० रुपैयाँ रिकनेक्सन शूल्क भुक्तानी सोही सिम नम्बर प्रयोग गर्न सक्नुहुन्छ ।

तर सिम टर्मिनेट भएको १८० दिनपश्चात भने कम्पनीले सिम रिसाइकल गर्नसक्छ । यसको मतलव कम्पनीले अन्य साधारण सिम सरह उक्त सिम बिक्री÷वितरण गर्न सक्दछ ।

विदेशमा हुँदा के गर्ने ?
यदि तपाईं रोजगारी वा अध्ययनका लागि विदेशमा हुनुहुन्छ भने आफ्नो सिमकार्ड रिसाइकल हुनबाट जोगाउन चाहनुहुन्छ भने त्यसको पनि विकल्प छ । त्यसका लागि तपाईंले विदेश जाँदा आफैंसँग लगेको सिम (पोस्टपेड तथा प्रिपेड) मोबाइल वालेट, अनलाइन बैंकिङ आदि माध्यमबाट रिचार्ज गर्न सक्नुहुन्छ ।

यसरी अवधि थप गर्दै आफ्नो सिमलाई फ्रोजन वा टर्मिनेट हुने अवस्थाबाट जोगाइराख्न सक्नुहुन्छ । त्यसका लागि तपाईंले रिचार्ज वा टपअप गरेको रकम समेत मोबाइलमा ब्यालेन्सको रुपमा रहिरहन्छ । तर पोस्टपेड मोबाइलको हकमा भने मासिक रुपमा रेण्टल चार्ज काटिँदै जान्छ । हाल टेलिकमको पोस्टपेड मोबाइलको मासिक रेण्टल चार्ज तीन सय रुपैयाँ रहेको छ ।

Address

Sau. Pharastikar-1 , Rupandehi
Butwal

Telephone

71400127

Website

Alerts

Be the first to know and let us send you an email when KARKI Mobile Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KARKI Mobile Center:

Share