18/10/2023
नेपालमा आज सम्म राष्ट्रवादी शासक देखेको छैन । राजा, राणा र अचेलका नेतासम्म कोहि पनि देशभक्त पाएको छैन । त्यसैले नेपाल विस्वको दोस्रो गरिब मुलुक बनिसकेको छ र अहिले असफल उन्मुख बन्दै छ ।
नेपालको भूगोल र मौसम मात्रै राम्रो हो । शासकहरुको कारण देश र नागरिकको जीवन स्तर बिग्रेको छ । राम्रो हुन सकेको छैन । त्यसैले एयरपोर्टमा विदेशिने नेपालीको लाइन बढिरहेको छ । तैपनि केही पढेलेखेका भनाउदोहरु नेपालको शिक्षाको स्तर, रोजगार , आयस्रोत , आर्थिक विकास आदिमा अरु देश भन्दा कुनै कमि छैन भनी कुतर्क गर्दो रहेछ । तितो सत्य स्वीकार नगरी भ्रम छर्दो रहेछ ।
मेरो प्रश्न छ, नेपाल अहिलेसम्म तुलनात्मक रूपमा के के मा अरु भन्दा अगाडि वा सफल भएको छ ? 1,2,3,... गरेर बताउन सक्ने बुद्धिजीवी कोहि हुनुहुन्छ ? नेपाल अहिलेसम्म असफल मुलुक नै हो भन्दा अत्युक्ति नहोला । भविस्यमा सफल हुने वा बनाउने कुरा अलग हो । नेपाल राष्ट्र भैसकेको छ र ? हामी नागरिक बनिसकेको छ र ? वास्तवमा नेपालमा धेरै पटक व्यवस्था फेरिएको छ तर शासन शैली फेरेर सुशासन ल्याउने र जनताको अवस्था फेर्ने काम भएको छैन । अब त्यस तर्फ बहस चलाउनु जरुरी छ ।
राष्ट्र , राज्य , देश र मुलुकको परिभाषा एउटै हो कि अलग हो ? एउटा फेकल्टिको एक विषय पढेर सर्वबिग्या ठान्नेहरुलाई शिक्षित विद्धान भन्ने कि मुर्ख ? सकारात्मक , नकारात्मक , विकास स्तर , राष्ट्र , राज्य, देश, मुलुक , रैती, प्रजा, जनता र नागरिकको परिभाषा भन्न सक्छ ? नेपाल शिक्षा , रोजगार र विकास आदिमा अरु भन्दा कम छैन भन्ने बुद्धिजीवी भनाउदो पढेलेखेका मुर्खहरुलाई प्रतिप्रश्न छ, शिक्षा र बुद्धिमा नेपाल कम नभए के चीन, भारत, अमेरिका , रुस आदि देशको बैज्ञानिक , दक्ष नागरिक, रोजगार र आयस्रोतमा तुलना गरेर तपाईहरु जस्तो डिग्री होल्डरले तथ्यांक दिन सकिन्छ ? तितो सत्य स्विकार्दै सुधारको विकल्प खोज्ने कि भ्रम छर्ने झुठो बोल्ने हो ? कमजोरी र गल्ती स्वीकार गरि सच्चिने तर्फ लागौ । झुठो र तथ्यहिन कुतर्कमा जिद्दी गरेर कसैको पनि भलो हुदैनन् । युवा पलायनको कारण र समस्य समाधानका उपायहरु खोज्न सत्री तथ्य कमजोरी स्वीकार गर्न सिकौ ।