Lalmani Pant

Lalmani Pant बरिष्ठ उपाध्यक्ष पदक उम्मेदवार
डडेल्धुरा उद्योग वाणिज्य संघ

अध्यक्ष :-डडेल्धुरा हार्डवेयर ब्यावसायी संघ
प्रबन्धक:- उग्रतारा सीत भण्डार उद्योग प्रा.लि
संस्थापक संचालक:- क्याम्प्रिज पब्लिक स्कूल
संचालक:- मलिकार्जुन हार्डवेयर प्रा. लि
पूर्व अध्यक्ष:- डडेल्धुरा जिसिज
संचालक:- फार- वेस्टर्न एग्रो जाइन्ट लिमिटेड
प्रोप्राइटर:-बन्दना हार्डवेयर एंड सप्लायर्स

दशैको अन्तिम दिन बोगटा आमा बुवा बाट टीका ग्रहण
28/10/2023

दशैको अन्तिम दिन बोगटा आमा बुवा बाट टीका ग्रहण

01/10/2022
डडेल्धुराका बौद्धिक क्षमतावान उधोगी ब्याबसायिहरुको माया सद्भाव र हौसला सहितको समर्थनका साथ आज चुनाव को अन्तिम सङ्घारमा छ...
10/09/2022

डडेल्धुराका बौद्धिक क्षमतावान उधोगी ब्याबसायिहरुको माया सद्भाव र हौसला सहितको समर्थनका साथ आज चुनाव को अन्तिम सङ्घारमा छु फेरिपनि सम्पुर्ण उधोग ब्याबसायी मित्रहरुमा आफ्नो अमुल्य भोट दिई बिजय गराइदिन हुन हार्दिक अनुरोध गर्दछु यदि मलाइ उक्त पदमा योग्य ठानी बिजय गराउनु भयो भने मैले पुर्व प्रतिबद्धता अनुरुप तपाइहरुको अमुल्य भोटको उचित कदर गर्दै मेरो कार्यकाल भरी आदरणीय ब्याबसायिको हकहितमा सधै एक कदम अगाडी रहदै हरेक ब्याबसायिहरु सङ्ग हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्दछु | अन्तमा सबै ब्याबसायि मित्रको हकहित लाई सुनिस्चित गर्दै डडेल्धुराको पहिचान सहितको ब्याबसाय लाई उच्च- स्थानमा पुर्याउनु मेरो नैतिक कर्तव्य नै रहने कुराको प्रतिबद्धता जनाउन चाहान्छु
लालमणी पन्त
बरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार
डडेल्धुरा उधोग वाणिज्य संघ

आदरणीय उधोगी व्याबसायी मित्रहरू यहि २५ गते हुने डडेल्धुरा उधोग वाणीज्य संघ को निर्वाचनमा मलाइ वरिष्ठ उपाध्यक्ष पदमा आफ्न...
07/09/2022

आदरणीय उधोगी व्याबसायी मित्रहरू यहि २५ गते हुने डडेल्धुरा उधोग वाणीज्य संघ को निर्वाचनमा मलाइ वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो अमूल्य मतदान गरी अत्याधिक मतले विजय गराइदिन हुन बिनम्र अनुरोध गर्दछु ।

उधोग बाणिज्य संघ  डडेलधुरामा मेरो उम्मेदवारी                     लालमणी पन्त         वरिष्ठ उपाध्यक्ष  पदको उम्मेदवार   ...
06/09/2022

उधोग बाणिज्य संघ डडेलधुरामा मेरो उम्मेदवारी
लालमणी पन्त
वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार

उधोगी व्याबसायिहरुको हकहितका कुरालाइ सुनिश्चित गर्दै ब्याबसायिका भैपरी आउने समस्याहरुको निराकरण तथा उद्ध्योग ब्याबसाय लाई दिर्घकालिनरुपमा टेवा पुर्याउने उदेश्यले उद्ध्योग बाणिज्य संघ को स्थापना भएको हो। स्थानिय उत्पादन रहनसहन रितिरिवाजको जगेर्ना गर्दै उक्त क्षेत्रमा नै लगानी गर्ने एवं डडेल्धुरा को मौलिक परम्परा,कला संस्कृतिलाई विस्तार एवं पर्वद्धन गरी यसै क्षेत्र को आर्थिक एवं सामाजिक विकासमा टेवा पुर्याउने लक्ष्य का साथ स्थापना भएको सस्था स्थापनाको ३४ वर्ष पुग्नलाग्दा १२औ अधिवेशन को सङ्घारमा छौ । सम्पुर्ण मेरा शुभचिन्तक एवं शुभेच्छुक ब्याबसायी मित्रहरू मा आउदो अधिवेशनमा मैले बरिस्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु। मलाई आशा छ, सम्पूर्ण ब्याबसायी सदस्यज्यूहरूले बिगतका दिनमा ब्याबसायी साथीहरू को हित र भलाईका पक्षमा गरेको सामाजिक योगदानलाई मूल्यांकन गरी उक्त पदमा मलाई विजयी गराउनु हुनेछ भन्ने आसा लिएको छु । मेरो उम्मेदवारी किन? भन्ने सन्दर्भमा आफ्ना धारणा/अभिमत समेत तल वमोजिम सार्वजनिक गर्न चाहन्छु।

१. आदरणीय ब्याबसायी दाजुभाइ को हक हितका लागि योजना सहित कामगर्दै उधोग बाणिज्य संघ को अवधारणा अनुरूप उद्देश्य प्राप्तिका लागि इमान्दार भएर क्रियाशील रहि काम गर्ने छु ।

२.संस्थामा पद्धति,पारदर्शिता,मितव्ययिता र जवाफदेहितामा जोड दिनेछु।

३.स्थानिय उत्पादन लाई उच्च मुल्यांकन गर्दै उचित बजारको ब्यबस्थापन गर्ने कुरामा स्थानीय सरकार सङ्ग समन्वय गरि स्थानीय उत्पादन लाई प्राबिधिक रुपमा अगाडी बढाउन जोड दिनेछु !

४. ब्याबसायि साथीहरूको समस्या न्युनीकरण गर्नका लागि स्थानिय सरकार, सम्पुर्ण राजनीतिक दल, सरकारी कार्यालय, सबै सामाजिक संघ संस्थाहरू एवं उपभोक्ताबर्ग सङ्ग समेत एकीकृत रूपमा समन्वय गरी बणिज्य संघ को भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्दछु।

५. व्याबसायिहरूका लागी आपतकालीन कोष निर्माण गर्न साझा अवधारणा बनाइ कार्यान्वयन गर्न पहल गर्ने।

६. नेपाल सरकार तथा कर कार्यलयले निर्धारण गरेका विभिन्न प्रकारका कर हरुको बारेमा ब्याबसायी साथिहरु लाई जानकारी गराइ उचित परामर्श को ब्याबस्था गर्नुका साथै कर शिक्षा को उचित ब्यबस्थापन गरिने कुरामा जोड दिनेछु।

७.यस क्षेत्रको पर्यटनको विकास, कला संस्कृति रिति रिवाज भेष भूषा को संरक्षण र स्थानिय उत्पादन, स्थानिय प्रतिभा, स्थानिय परिकार को प्रबर्दन का लागी प्रत्येक वर्ष महोत्सव को आयोजना गर्न पहल गर्ने ।

Address

Bagbazar
Dadeldhura
10300

Telephone

+9779858752800

Website

Alerts

Be the first to know and let us send you an email when Lalmani Pant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lalmani Pant:

Share