14/08/2025
आलिताल गाउँपालिकामा केही दिनदेखि महेन्द्र पुन मगरज्यूको श्रमदान र शिवको मूर्ति राख्नेबारेमा बहस र मेरो Facebook Status मा पनि धेरै Comment देखिन पुग्यो।सर्बप्रथम त Comments मा सल्लाह सुझाव दिने साथीहरूलाई हार्दिक धन्यवाद।
म सबभन्दा पहिले श्रमदान र शिवको मूर्ति राख्नेबारेमा उहाँले गरेका र उहाँको भनाइबारे स्पस्ट पार्न चाहन्छु।आलिताल जस्तो पर्यटकीय क्षेत्रमा मूर्ति राख्दा त्यो धार्मिक आस्था बोकेको ताल भएको हुनाले त्यससँग सरोकार राख्ने सबैसित सल्लाह सुझाव माग्नुस् भनिएको थियो। जबकि उहाँले आलिताल गापा स्थानीय सरकारलाई समेत जानाकारी नगराई साउन २४ गते बिहान मात्र मलाई अरुबाट जानकारी प्राप्त भएको थियो।
मैले उहाँ र हरिलाल थापाज्यूलाई समेत बोलाएर पालिकामा छलफल गरेको थिएँ। त्यसै आनुसार उहाँहरूले स्थानीयसँग छलफल गरि त्यहीँअनुसार आगाडि बढ्नुभयो। अर्को कुरा उहाँले धेरै चोटि लाइभमा होस् वा लेखमा सधैं स्थानीय सरकारको तथ्यहीन विरोध गरेको पाइएको थियो र महेन्द्र पुनमगरले आलिताल गाउँपालिकाको बदनाम गराउने भ्रम फैलाउने काम बन्द गर्नुपर्छ भन्ने कुरामा स्वयंम महेन्द्र पुनमगर पनि सहमत भएर जानुभएको हो।
यदि केही कुरा उहाँलाई पालिकाको बारेमा बोल्नु छ लेख्नु छ भने पालिकासँग सूचना माग्ने र आफ्नो भनाइ राख्ने भनेर कुरा भएको हो। तर, भोलिपल्ट गएर फेरि मूर्ति राख्ने कुरामा ठूलो षड्यन्त्र हुँदैछ भनेर लेख्नु भयो। र, पालिकाले राख्न दिएन भनेर गलत प्रचार बाजी गर्नुपर्ने कुनै कारण थिएन।यस्तो कदापि होइन र यसमा कुनै सत्यता छैन। पालिकाको तर्फबाट स्थानीय सरोकारवालासँग समन्वय गर्नुहोस् भनिएको थियो। जुन कुरा हिजो २८ गतेको दिन उहाँहरू आलितालमा नै उपस्थित भएर छलफल पनि गरिसक्नु भएको छ। मेरो उहाँलाई सुझाव के थियो भने आलिताल गापाको तथ्यहीन विरोध गर्ने र सिंगो स्थानीय सरकारको बदनाम गराउने काम बन्द गर्नुपर्छ। तथ्यहीन र भ्रम फैलाउने काम आफैंमा निन्दनीय छ।
निस्वार्थ श्रम र आफ्नो कला देखाउने हो भने पालिकासहितको सहमतिमा कुन क्षेत्र पहिलो प्राथमिकतामा पर्छ त्यो कुरा ध्यानमा राख्नुपर्छ। आलितालमा पनि ढुङ्गा आवश्यक छ र एउटा पार्क निर्माण गर्नु पर्नेछ, त्यसको निम्ति पालिकासँग चालु आर्थिक वर्षमा ७० लाखको बजेट पनि छ। सँगै मिलेर काम गर्दा अझ प्रभावकारी हुन्छ। त्यसको निम्ति म महेन्द्र पुनमगरज्यूलाई अनुरोध पनि गर्न चाहान्छु। तर श्रम र मूर्तिको नाममा राजनीति कुरा पनि बोलिराख्ने भ्रम र कपटिपूर्ण तरिकाले बोल्ने यो कार्य आफैंमा घृणित हो।
उहाँ कालाको क्षेत्रमा दखल राख्ने मान्छे हो निस्वार्थ भावनाले काम गर्यो भने हामी उहाँको सीपको सम्मान गर्ने छौँ। जीवन कसरी जिउने भन्ने कुरा लोकतन्त्रमा सबैलाई छुट छ तर त्यसको अर्थ अराजकता फैलाउने, भ्रम फैलाउने, अरूको बदनाम गर्ने/गराउने कार्य कसैलाई पनि छुट हुन सक्दैन।
✍️ SherSingh Parki