20/08/2020
#हेडलाइनमा_सुदुर_कर्णाली ।।
पत्रीकामा बेला बेला कर्णाली र सुदुर पक्षीमका समाचार छापिन्छन । आंशिक पाठकले कि गरिबी कि महिला हिंसा कि त छाउपडीका कथा को सार दिमागमा बुन्छन । नबुनोस पनि किन बर्शौ देखिन पत्रीकाका हेड्लाइनमा यिनै कुराले प्राथमिकता पाएका छन ।म मेरो परिचय बारे भन्दा संगै ल्याउन पर्छ छाउपडीका कथा हरु । पत्रीकाले यसरी लेखेको हुन्छ मानौ यी दुई प्रदेशमा अरु कुरा नै केही छैन ।
समाचारमा कुनै दिन यी प्रसङ्ग सङै आएनन यता को भासा ,सस्कृतीका कुरा ,रहन सहनका कुरा , पर्यटकीय र धार्मिक स्थलका कुरा । इनै पत्रीकाका हेडलाइनले सयौ NGO\INGO लाई भित्रायो अनि फेरि अर्को हेड्लाइन बन्यो फलानो परियोजनाले हात धुन सिकायो ।तर यो परियोजना भित्रका अनिमियतता कुनै दिन आएनन ।
हेडलाइन मात्र नफेरिएको होइन आम मान्छे को रहन सहन नि फेरिएको छैन । काठमाडौबाट सल्किएको अनिमियता को आगो अब अब सुदुर कर्णाली तिर महामारी सरह फैलिदै छ । तेस्को हेक्का हेडलाईन वाला लाई छैन । बर्शौ देखिन सुदुरको अल्पत्र भुमी लिपुलेक हरु काठमाडौका हेड्लाइनमस बल्ल तल्ल छाउदै छन । अझै केही बर्श लाग्ला यता का देवलहरुले आफ्नो प्राचीन स्वोरुप मासेर मन्दिर को स्वरुप पाएको कुरा । अझै केही बर्श लाग्ला यता का छुपेर रहेका अबसर का कुरा ।
काठमाडौका महलका छाउपडीका कुरा भित्र गुनमान गरिन्छन र यताका वास्तविकतालाई 2-3 गुणा बडाएर भ्रम सृजना गरिन्छ ।यो भन्दै गर्दा सब ठिक भनेको होइन कुनै दिन तेहि हेडलाइनमा लेखेको देख्न मन छ छाउपडि गोठ भत्काएर छाउपडी बस्न का निमित सुबिधा सम्पन्न भवन निर्माण गरियो , प्रतेक कुरा को शैली फेरिन आवस्यक छ गोठ भतकाउदैमा मानसिकता भतिकिदैन अर्को विकल्प खोज्न पर्छ समय कुर्न पर्छ । कुनै दिन तिनै हेड्लाइनमा पड्न मन छ खप्तडमा लाखौ पर्यटकको घुइचो । कर्णालीले आफ्नै जडिबुटी प्रसोधन गरि बिश्वबजारमा खपत गर्दै । प्रचिन सब्यता वारे कर्णाली मा खोज अनुसन्धान हुँदै । कुनै दिन फेरि तेहि हेड्लाइनमा केही फरक कुरा पड्ने रहर छ । आस छ कुनै दिन त्यो फरक हेडलाइन सङै फेरिने छ फरक जिवन शैली ।