24/04/2020
महिला तथा सज्जन्बृन्ध ,आशा छ आज सम्म यहाँ र यहाँको परिवार सकुशल हुनुहुन्छ ।बिपद्को यस घडीमा कोरोना संक्रमण को भय र लकडाउन को असर तपाईं हामी सबै मा पर्नु स्वाभाविक र सर्वबिधितै छ ।अन्योल को यस घडी मा हामी हाम्रा पुराना र नयाँ बिरामी हरुमा पर्न गएको कठिनाइ मा दुखित छौ ।यस सनदर्भ मा हामी धुलिखेल अस्पताल इनडाेस्कोपी बिभागले कसरी सहज र छिटो तरिकाले यहाँहरु सँग सम्पर्क र परमर्श गर्न सकिएला भन्ने हेतुले यो फसेबूक पेज खोलेका छौ ।तसर्थ यो पेजलाई, यो संक्रमण काल र भबिस्य मा पनि यहाँहरुले उपयोग गरिदिनुहुनेछ भन्ने अपेक्ष्या राख्दछौ ।कृपया यो पेजमा कसैलाई ब्येक्तिगत आछेप्,समाज या राजनीति प्रती नकारात्मक पोस्ट (फोटो) अथवा अत्त्यन्तै व्यक्तिगत कुराहरु नराखिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
पुनस्च्य: यदी यहाँले आफ्नो गोप्यता राख्न चाहानुहुनु भएमा मेसेज बटन (इन्बक्स्) मार्फत सुचना पठाउनुहोला अथवा हाम्रो होटलाईन फोन -९८०१००२२७६ or 9861602457 मा सम्पर्क गर्नुहोला ।हामी तपाईंलाई सक्दो छिटो सम्पर्क गर्नेछौ ।
धन्यवाद्
धुलिखेल अस्पताल
ज्ञास्त्रो तथा इनडाेस्कपि बिभाग
Cover photo : Endoscopy staffs of Dhulikhel hospital (chinna sajilo ko lagi) taken much long before COVID 19 came into existance !