27/10/2025
🌸जय छठी मैया 🌸🙏 🌞 छठ पर्वको हार्दिक शुभकामना 🌞
तराई–मधेशमा मनाइने लोक आस्थाको महान पर्व छठको तेस्रो दिनको पावन अवसरमा सम्पूर्ण शुभेच्छुक महानुभाव, श्रद्धालु व्रतालु भक्तजन तथा सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
छठी मैयाको असीम कृपा सबै माथि रहोस्। सबैको जीवनमा सुख, शान्ति, समृद्धि, दिर्घायु, उत्तरोत्तर प्रगति र पारिवारिक एकता स्थापनाको लागि हार्दिक मंगलमय कामना गर्दछु।
सूर्य आराधनाको यो अनुपम पर्वले हामी सबैमा श्रद्धा, संयम, पवित्रता र आत्मबल जागृत गराओस्।