04/01/2026
📘 The 5 AM Club
म पहिले बिहान उठ्नेबित्तिकै डरले भरिन्थेँ।
अलार्मले होइन—चिन्ताले ।
आँखा राम्ररी नखुलेकै बेला मोबाइल समाउँथेँ, इमेल, न्युज, फेसबुक, टिकटक स्क्रोल गर्न थाल्थेँ।
दिन सुरु हुनुअघि नै म हारिसकेको हुन्थेँ ।
एक साथि, जो सधैँ शान्त स्वभाब र बिना थकावट धेरै काम गर्न सक्ने, उनले एक दिन भनिन्—
“तिमीलाई थाहा छ ?
म सधै बिहान ५ बजे उठ्छु नि !”
मैले हास्दै जबाफ फर्काए:
“I'm not a morning Person”
उनी पनि मुस्कुराइन् र भनिन:
“म पनि पहिले यहि भन्थे !
अनि Robin Sharma को किताब पढेँ र आज तीन वर्ष भैसकेछ !”
म यति निराश अवस्थामा थिएँ कि जे भए पनि प्रयास गर्न तयार थिएँ।
मैले पनि The 5 AM Club किताब किनेँ— पढ्न भन्दा पनि मेरो लागि यसले काम गर्दैन भनेर उनीलाई गलत साबित गर्नु थियो ।
आज म खुसी छु, यसले साचिकै काम गर्यो ।
👉 म गलत भए, अनि उनि सहि ठहरिन !
💥 5 Life Changing Habits from 5 AM Club:
------------------------------------------
1️⃣ दिनको पहिलो घण्टाले पुरै दिनको दिशा तय गर्छ:
------------------------------------------
Robin Sharma को मुख्य सन्देश सरल छ— बिहानको समय शक्तिशाली हुन्छ।
धेरैजसो मानिस बिहान उठ्नेबित्तिकै मोबाइल हेर्छन्, इमेल चेक गर्छन्, अरूलाइ प्रतिक्रिया दिन थाल्छन्।
यसले सधैँ “पछि परिरहेको” अनुभूति दिन्छ।
👉 पुरै दिन जित्नुछ भने, बिहानको १ घण्टालाइ जित।
------------------------------------------
2️⃣ 20/20/20 सूत्र:
------------------------------------------
Victory 1 Hour लाई Sharma ले तीन भागमा बाँडेका छन्—
⏱️ २० मिनेट व्यायाम
🧘 २० मिनेट ध्यान वा प्राथना
📖 २० मिनेट पढाइ
👉 यो सुत्र मात्र होइन जिबन जिउने आधार पनि हो !
------------------------------------------
4️⃣ तपाईं थाक्नुभएको होइन, तपाईं प्रेरणाविहीन हुनुहुन्छ:
------------------------------------------
हामी थाकेका छौँ किनकि हामी उद्देश्यबिनै बाँचिरहेका छौँ।
५ बजे उठ्न, एउटा कारण चाहिन्छ—बिछानाबाट जुरुक्क उचाल्ने खालको जिबनको उद्देश्य चाहिन्छ ।
👉 ऊर्जा त उद्देश्यबाट आउँछ, निद्राबाट होइन।
------------------------------------------
4️⃣ पहिलो ६६ दिन गाह्रो हुन्छ:
------------------------------------------
⏳ पहिला २–३ हप्ता निकै गाह्रो हुन्छ।
🔁 २२ दिनमा—पुराना बानी तोडिन्छ।
🔧 २२–४४ दिनमा—नयाँ बानी बस्छ।
✅ ४४–६६ दिनमा—सबै स्वाभाविक हुन्छ।
👉 ६० दिनतिर, म अलार्मभन्दा अगाडि नै उठ्न थालेँ।
------------------------------------------
5️⃣ बिहानको समय जीवनजस्तै जोगाउनुहोस:
------------------------------------------
🚫 फोन छैन, इमेल छैन, समाचार छैन र सामजिक संजाल छैन !
⏰ यो समय पवित्र हो । मैले यो पनि सिकेँ—
सबैलाई सधैँ उपलब्ध हुनु, आफूलाई सधैँ बेवास्ता गर्नु रहेछ।
👉 माफ गर्नुस, बिहानको एक घण्टा मैले आफ्नै नाममा राखेँ।
------------------------------------------
यो किताब कसलाई चाहिन्छ ??
------------------------------------------
– जो सधैँ पछि परेको महसुस गर्छन !
– जो अरूको मागले चल्छन !
– जो दिनभर तनावमा र राति समय कहाँ गयो भनेर सोचिरहन्छन !
– जो “मसँग समय छैन” भन्दै व्यस्त देखाउछन !
र विशेष गरी—
म जस्तो व्यक्ति जसले “म बिहानको लागि जन्मेको नै होइन” भन्छ ।
👉 Welcome to the 5 AM Club — It's a Lifetime FREE !
Thank you 🙏