01/09/2022
श्री नवजागृति चण्डी माध्यमिक विद्यालयका सल्लाहकार, समाजसेवी, बुद्धिजीवी, एवं सफल व्यवसायी श्री गुम बहादुर मुड्भरिले आफ्ना पिता माताको स्मृतिमा २०६३ सालमा स्थापना गर्नुभएको रु ३०,००० को मुड्भरी स्मृती छात्रवृत्ति अक्षयकोषमा हिजो भाद्र १५ गतेका दिन वहाँका छोरा नेपाल सरकारका उपसचिव पदमा रहनुभएका ई. दिपक मुड्भरिले उक्त रकममा ७०,००० थप गरि रु. १,००,००० (एक लाख) को मुड्भरी स्मृती छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ । सो रकम बाट आउने व्याजबाट बिद्यालयका गरिब तथा जेहेन्दार छात्रछात्राहरुलाइ बितरण गर्ने कुरा बिद्यालयका प्रधानाध्यापकले जानकारी गराउनु भयो ।