License Hetauda

License Hetauda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from License Hetauda, Consulting Agency, Hetauda.

23/09/2021
22/09/2021

काठमाडौं । यातायात व्यवस्था विभागले असोज १२ गतेदेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) का लागि अन...

03/09/2021
30/08/2021

हेटौंडा / बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा भदौ २० देखि सञ्चालन गर्ने भएको छ।

कार्यालयले गत वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षाबारे आज सूचना निकालेर आगामी भदौ २० गते आइतबारदेखि परिक्षा सञ्चालन गर्न लागेको हो।

कार्यालयले प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरू, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल)मा सहभागी हुने सम्पूर्ण परीक्षाहरू र कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीलाई सेवा लिन आउन अनुरोध गरेको छ।

18/08/2021

सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि लिइने परीक्षा थप खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागेको हो ।

परीक्षाको लिखित र प्रयोगात्मक दुवै परिवर्तन गरिएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताउनुभयो । लिखित परीक्षाका लागि विभागको वेबसाइटमा प्रश्न राखिएको छ । वेबसाइटमा राखिएका पाँच सय प्रश्न भित्रबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा भुषालले बताउनुभयो । कुन खण्डबाट कति प्रश्न सोधिन्छ भन्ने मापदण्डमा नै उल्लेख गरिएको छ । कार्यालयले त्यसैका आधारमा प्रश्न छापेर परीक्षा सञ्चालन गर्ने उहाँले बताउनुभयो । नयाँ मापदण्ड अनुसार परीक्षामा पास हुनका लागि चाहिने नम्बर पहिलेभन्दा लिखित परीक्षाका लागि बढाइएको छ भने प्रयोगात्मक परीक्षाका लागि कम गरिएको छ ।

पहिले प्रयोगात्मक परीक्षामा सहभागीले शतप्रतिशत अङ्क ल्याउनुपर्नेमा अहिले ७० ल्याए पुग्छ भने लिखित परीक्षामा पहिले ५० प्रतिशत उत्तीर्ण अङ्क थियो भने अहिले त्यसलाई बढाएर ६० बनाइएको छ । परीक्षार्थीलाई सजिलो बनाउनका लागि प्रयोगात्मक परीक्षामा पास गर्न चाहिने नम्बर कम गरिएको हो । नेपालमा सवारी चालककै कारणले दुर्घटना बढेको भन्दै परीक्षा प्रणाली थप कडा हुनुपर्ने विषय उठिरहँदा विभागले भने यसलाई खुकुलो बनाउन लागेको छ ।

चालकको व्यवहारका कारण दुर्घटना हुने र दुर्घटनाको परीक्षा प्रणालीमा सम्बन्ध नहुने विभागका प्रवक्ता डा भुषालले बताउनुभयो । परीक्षा प्रणाली कमजोर हुँदा दुर्घटना बढी हुन्छ भन्ने कुनै पनि अध्ययनले नदेखाएको उहाँले बताउनुभयो । दुर्घटना चालकले नजानेर वा हेलचेक्र्याइको कारणले हुने गरेको छ । चालकले मादक पदार्थ खाएर सवारीसाधन चलाएर दुर्घटना भएको पाइन्छ ।

उहाँले भन्नुभयो, “कुनै पनि चालकले आफू परिपक्व नभइ सडकमा जाँदैन, ज्यानको माया सबैलाई हुन्छ ।” विभागले मापदण्ड लागू गरिसकेको भए पनि अहिले यातायात कार्यालय बन्द भएकाले खुल्नासाथ परीक्षा नयाँ प्रणालीमा लिइनेछ । मापदण्ड जेठदेखि लागू गरिएकोमा साउनमा केही संशोधन गरिएको थियो ।

23/07/2021

मकवानपुर । बागमती प्रदेशभित्र सवारीसाधनहरुको राजस्व विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने यातायात व्यवस्था...

बुद्ध जयन्तिको मंगलमय शुभकामना..🙏🙏
26/05/2021

बुद्ध जयन्तिको मंगलमय शुभकामना..🙏🙏

Address

Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when License Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share