27/05/2025
एक-दुई मात्र सन्तान जन्माउन थालेपछि, समाजबाट हराउँदै गएका नाता–सम्बन्धहरू
आजभोलि धेरैले भन्छन्—"एक-दुई छोराछोरी काफी हो। धेरै पाल्न गाह्रो भयो, खर्च धेरै लाग्छ।" तर के हामीले सोच्यौं? एक-दुई मात्र सन्तान हुँदा हाम्रो समाजमा कतिवटा नाता हराउँदै जान थालेका छन्?
सोध्नुस् आजका बालबालिकालाई—
"तिम्रो काका छन्?"
"फुपु कहाँ हो?"
"मामा सँग कहिले भेट हुन्छ?"
धेरैले भन्छन्—"छैन, म त एक्लो बच्चा।"
सानो उदाहरण:
म सानो हुँदा मेरो घरमा –
ठुला काका
साना काका
दुई तिनवटा फुपु
मामा, माइजु
अनि काका, मामा, फुपुका छोराछोरीहरू (फुफे दाजु, मामे दिदी, आदि)
सबै जम्मा हुन्थ्यौं – दसौं जना दिदीभाइ, हाँसो रमाइलो, हुलमुल।
तर अब?
एक छोराछोरी, अनि उसँग न त दाजु छ, न बहिनी।
त्यसैले:
काका छैनन्
मामा छैनन्
फुपु पनि छैनन्
दाजु–भाइको छोरा–छोरी त झन् परैको कुरा
यसले के गुमाउँदैछ समाज?
सामाजिक सम्बन्ध
साझा हाँसो–रमाइलो
संकटमा साथ दिने आफन्तहरू
परम्परागत संस्कार र सम्बन्धको शिक्षा
धेरै बच्चा नै हुनुपर्छ भन्ने छैन तर कम्तिमा ४-५ वटा बच्चा पाल्न सक्दैनौ भने के गरि खान्छौ??
एक्लोपन बढ्दै छ, नातागोता घट्दै छ।
यहि त हो डिप्रेसन, एञ्जाईटिको कारण।
शायद केही कुरा फेरि सोच्ने बेला आएको छ।
कतै यो विदेशिको चाल त होईन?
कतै हामिलाई दास बनाउने यो पनि मिसन त होईन??
जागौं नेपाली जागौँ।। आफ्नो अस्तित्व आफै जोगाउने हो।।