06/08/2023
ऋण त साथीका बा र मेरा बा दुबै जनाले लिनुभाथ्यो उबेला जग्गा बन्दकी राखेर। साथीले त्यो ऋणको पैसा बिदेश जान खर्च गर्यो अनि मैले सर्टिफिकेट जोड्न। अब त बर्षौ भैसक्यो, साथी अहिले हरेक कोठामा जेनेरेटर सहित एसि जोड्छु भन्दैछ अनि म चै कतिबेला बत्ती आउला र पसिना ओबाउलान भनेर घरी इन्डिकेटर त घरी फ्यान तिर हेर्दै बसेको छु।